Author Archive

शिवराज नगरपालिकालाई अशोक लेलैण्डको बारुणयन्त्र हस्तान्तरण

काठमाडौं,२ असार । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवर्धित अशोक लेलैण्डले कपिलबस्तुस्थित शिवराज नगरपालिकालाई सुबिधा सम्पन बारुणयन्त्र (दमकल) हस्तान्तरण गरेको छ । उक्त बारुणयन्त्र (दमकल) नेशनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त प्रयासमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो । शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीलाई सो बारुणयन्त्र (दमकल) आइएमई मोटर्स प्रा.लिका कर्पाेरेट सेल्स हेड सुशिल राणा थापाले हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले ‘ सुबिधासम्पन्न बारुणयन्त्र (दमकल) आफ्नो नगरपालिकामा पहिलो पटक खरिद गर्न पाउँदा अत्यन्त खुशी… पुरा पढौ

किन्निहो डटकम इ–कमर्श अनलाइनकाे सुभारम्भ

काठमाडौ,२ असार । दैनिक प्रयोग हुने सम्पूर्ण सामानहरू भरपर्दो र विश्वासिलो माध्यमबाट एकै ठाउबाट उपलब्ध गराउने उद्देश्यले नयाँ इकमर्श वेवसाइट किन्निहो डटकम सुरु भएको छ ।कोरोना महामारीबीच बढ्दै गएको इ–कमर्श व्यवसायमा सबै किसिमका ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि नयाँ इकमर्श वेवसाइट सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो वेवसाइटबाट सबै प्रकारका ल्यापटप, मोबाइल लगायतका इलेक्ट्रोनिक्स, स्टेशनरी र अफिस सप्लाई, सौन्दर्य, खेल तथा मनोरंजन सम्बन्धी सामग्रीहरु उपलब्ध गराउनेछ भने आफ्नै मार्ट पनि सुचारु गरेको जनाएकाे छ । कीन्निहोले… पुरा पढौ

ग्लोबल आइएमई लघुवित्तले ग्राहकलाई ब्याजमा १० प्रतिशत छुट दिने

पोखरा, १ आषाढ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै आफ्ना ग्राहक सदस्यहरुलाई छुट दिने भएको छ । वित्तीय संस्थालाई २०७८ असार मसान्त भित्र बुझाउनु पर्ने सम्पुर्ण साँवा ब्याज बुझाएमा सो अवधिसम्म पाकेको ब्याजमा १० प्रतिशतका दरले हुन आउने रकम छुट प्रदान गर्ने निर्णय गरेको बताएको छ । सो अवधिसम्म ग्राहक सदस्यहरुबाट कुनै किसिमको हर्जाना तथा अतिरिक्त शुल्क नलिने समेत जनाएको छ । वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुको कारोबारको सूचना मोबाइलमा… पुरा पढौ

बैदेशिक रोजगार ब्यवस्थित गर्न स्थानिय तहलाई जिम्मा

पोखरा, १ आषाढ । बैदेशिक रोजगारीबारे सचेतना गर्ने जिम्मा स्थानियतहको नै भएको एक कार्यक्रममा बक्ताहरुले बताएका छन् । उनिहरुले मुलुक संघिय सम्रचनामा गए पछि स्थानिय स्तरमा हुने समस्याहरुको समाधान प्रत्येक गाउपालिका महानगरपालिका र नगरपालिकाका वडाहरुले नै गर्नुपर्ने बताए । पिपुलपोरमले आयोजना गरेको राष्ट्रिय स्तरको जुम अन्तरक्रिया कार्यक्रममा सो कुरा ब्यक्त गरेका हुन् । पिपुल पोरमका पूर्व सल्लाहकार अधिबक्ता सोम लुईटेलले बैदेशिक रोजगारीमा जानेहरुको समसया बिकराल बन्दै गएको कारण समस्याको समाधान स्थानिय तहबाटै खोजिहुनुपर्ने बताए । उनले सरकारले सुरक्षित आप्रवासनका लागि… पुरा पढौ

गण्डकीको नीति तथा कार्यक्रम सार्वजनिक, कोरोना रोकथाम र उपचार प्राथमिकतामा

पोखरा, ३१ जेठ । गण्डकी प्रदेश सरकारले कोभिड–१९ रोकथाम तथा उपचारमा महत्व दिँदै नीति तथा कार्यक्रम ल्याएको छ । सोमबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै प्रदेशको समृद्धि र विकासका लागि अघि बढ्ने बताइन् । कोभिड–१९ विरुद्ध खोपको व्यवस्थापन गर्नुका साथै महामारीबाट बच्न सावधानीका लागि सचेतना, संक्रमण परीक्षण, संघ र स्थानीय तहबाट गरिने कार्यक्रममा सबलीकरण, समन्वय र सहयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । कोभिडका कारण पर्यटन र कृषिमा… पुरा पढौ

कास्कीमा असार ७ सम्म निषेधाज्ञा थपियो

पोखरा, ३० जेठ । कास्कीमा एक सातासम्म निषेधाज्ञा अवधि बढाइएको छ । डिसिसिएमसीको निर्णयका आधारमा कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले असार ७ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम रहने आदेश जारी गरेका हुन् । नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना सुरु भएपछि जिल्लामा गत वैशाख १५ देखि निषेधाज्ञा जारी छ । निषेधाज्ञा जेठ ३१ गते राति १२ बजे सकिँदै थियो । आइतबार जारी आदेशमा असार १ देखि लागु हुने गरी दैनिक उपभोग्य खाद्यन्न सामग्री बेच्न पसल, तरकारी, फलफूल, दुध तथा… पुरा पढौ

एभरेष्ट बैंकद्वारा नागरिक केयर सेन्टरलाई ५ लाख रकम सहयोग

काठमाडौं, ३० जेठ । नागरिक केयर सेन्टर, विराटनगरलाई एभरेष्ट बैंक लिमिटेडले ५ लाख सहयोग गरेको छ । कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजिकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अनुरुप उक्त रकम सहयोग स्वरुप उपलब्ध गराएको बैंकका क्षेत्रीय प्रबन्धक पूर्ण बहादुर श्रेष्ठले जानकारी दिए । नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेश कुमार जाजू मार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो । चेक हस्तान्तरण कार्यक्रममा नागरिक केयर… पुरा पढौ

औषधी व्यवसायी संघ गण्डकी प्रदेशद्धारा पत्रकार महासंघलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

पोखरा,३० जेठ । औषधी व्यवसायी संघ गण्डकी प्रदेश समितिले फ्रन्टलाइनमा खटिने संचारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । पत्रकार महासंघ गण्डकी प्रदेशको सभाहलमा उपस्थित पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, सचिव यदुनाथ बञ्जारा र महासंघ कास्की शाखा अध्यक्ष विमला भण्डारीलाई संयुक्त रुपमा औषधी व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद पाण्डे, महासचिव केशरी तिवारी, जिल्ला अध्यक्ष विक्रम पन्तले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका थिए । औषधी व्यवसायी संघले सर्जिकल मास्क, सेनिटाइज, भिटामिन ट्याव्लेट, सिटामोल, जिंक चक्की उपलव्ध गराएका छन्… पुरा पढौ

निषेधाज्ञाले हाेटल तथा मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिक मर्कामा

काठमाडौं, २८ जेठ । कोरोनाका कारण जारी निषेधाज्ञाले हाेटल तथा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरू आर्थिक समस्यामा परेको पाइएको छ । मनोरञ्जन क्षेत्र (होटेल,रेष्टुरेन्ट,क्लब,दोहोरी साँझ लगायत)मा काम गर्ने श्रमिकहरुको हकहितका लागि कार्यरत संस्था विश्वास नेपालद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा कारोना महामारीको दोस्रो चरणमा उक्त क्षेत्रमा काम गर्ने महिलालाई आर्थिक समस्या भएको सहभागीले बताए। संस्थाको तथ्याङ्कअनुसार निषेधाज्ञामा २५ श्रमिकले रोजगारी गुमाएर खाने, बस्ने, स्वास्थ्य तथा मानसिक समस्याका कारण आत्महत्या गरेको उल्लेख छ । यस क्षेत्रमा ८ लाखले रोजगारी गर्छन् । कोरोनाको पहिलो… पुरा पढौ

मनाङ्गेले दिए युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा

पोखरा, २७ जेठ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार रातिदेखि लागु हुने गरी पदबाट राजीनामा दिएको विज्ञप्तिमार्फत जनाएका हुन् ।विहीबार मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिँदा उनी अनुपस्थित थिए । उनले आफू अनुपस्थित हुनुपरेको कारण खुलाएका छन् ।मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको प्रष्ट पारेका छन् ।संसदबाट मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेपछि बिहीबारदेखि नै पदमुक्त भएका छन् ।गण्डकीमा अब संविधानको… पुरा पढौ