Author Archive

आगामी २४ घण्टा मुलुकभर नै वर्षा

मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ । विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी र्दिए । उहाँका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी २४ घण्टा भारी वर्षाकोसमेत सम्भावना छ । त्यस क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी… पुरा पढौ

अरनिको यातायात समितिका गाडी सञ्चालनमा

सिन्धुपाल्चोक । बन्दाबन्दीपछि सिन्धुपाल्चोक जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालनमा आएको छ । सरकारी निर्णयानुसार जिल्लाभित्र चल्ने गरी सवारी साधन सञ्चालनमा आएका हुन् । चैत ११ गते लागू भएको लकडाउनपछि सवारी साधन सञ्चालन गर्न थालिएको यातायात व्यवसायीले बताएका छन् । कोरोनाको सङ्क्रमणको त्रासले समस्या उत्पन्न भए पनि सर्वसाधारणको समस्यालाई केन्द्रित गरेर सवारी सञ्चालनमा ल्याउन लागिएको अरनिको यातायात समिति जलविरेका कर्मचारी खगेन्द्र थापाले जानकारी दिए । जिल्लाभर छोटा दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सामाजिक दूरी कायम राखी मास्क, सेनिटाइजरलगायत सुरक्षा विधि अपनाएर… पुरा पढौ

आगामी २४ घण्टा मुलुकभर नै वर्षा

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी २४ घण्टा भारी वर्षाकोसमेत सम्भावना छ । त्यस क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने,… पुरा पढौ

गाडी चलाउन व्यवसायी मञ्जुर, ग्यारेज थन्किएका गाडी ४ महिनापछि सडकमा

काठमाडौं, ५ साउन । नेपालमा कोभिड–१९ संक्रमण जोखिम रोक्न जारी लकडाउनका कारण ४ महिनादेखि सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्किएपछि सडक प्रायः सुनसान रहे । निजी सवारीसाधन केही सातादेखि आवश्यक मापदण्डबीच चलाइए पनि सार्वजनिक यातायातका साधन भने छोटो तथा लामो दूरीमा पूर्ण रुपमा चल्न सकेका छैनन् । तर सोमबारदेखि नै नेपालमा आंशिक रुपमा भए पनि सार्वजनिक यातायातका साधन चलाउन केही व्यवसायी सहमत भएका छन् । सरकारले गत असार २६ मा सार्वजनिक सवारी संचालन गर्ने निर्णय गरेपछि यसबीचमा विभिन्न माग राख्दै आफ्नो… पुरा पढौ

नेकपाको आन्तरिक कलहः ‘सेफ ल्याण्डिङ’ को उपाय खोज्दै प्रधानमन्त्री

काठमाडौं । नेकपाभित्रको आन्तरिक कलह निकै गहिरिएको छ । सचिवालय समिति हुँदै स्थायी समितिमा शुरु भएको चर्काचर्कीले केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्न निकै दबाब परेको थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसमेत प्रधानमन्त्री ओलीको विपक्षमा उभिएपछि नेकपाको अबको बाटो कस्तो हुने हो भने आमकार्यकर्तामा पनि अन्योलता छाएको थियो । यद्यपि, शनिबार साँझपछि भने नेकपाको विवाद केही साम्य भएको छ । शनिबार प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका… पुरा पढौ