Author Archive

लक्ष्य भन्दा दोब्बर बढी राजश्व उठाउँछौँ : अर्थमन्त्री

सिन्धुपाल्चोक, २३ कात्तिक । अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताए । सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा यस्तो बताएका हुन् ।मन्त्री शर्माले विभिन्न चुनौतीकाबीच राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको बताएका हुन् । ‘तोकिएको लक्ष्यभन्दा दुई सय गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु’, उनले भने, ‘बाहिर तोकिएकोले मात्र पुग्दैन । राजस्व बढाउनका लागि कडाइसमेत गरिएको छ ।’ यद्यपि पछिल्लो समय बेमौसमी वर्षाका कारण… पुरा पढौ

बैंकहरुलाई राष्ट्र बैंकले किन दियो यस्तो निर्देशन ?

काठमाडौं, ३ कात्तिक। बैंकहरुले अस्वभाविक रुपमा ब्याजदर बढाउन थालेपछि नेपाल राष्ट्र बैंकले ब्याज घटाउन नयाँ निर्देशन जारी गरेको छ । विभिन्न बैंकहरुले निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्‍याएपछि राष्ट्र बैंकले नियमनकारी एकीकृत निर्देशन जारी गरेको हो । यसले बैंकको ब्याजदरलाई अपेक्षित सीमामा राख्न मद्धत गर्ने राष्ट्र बैंकको विश्वास छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्ने बताएको छ… पुरा पढौ

सिटिजन्सको साधारणसभा आह्वान : सञ्चालक चयनदेखि लाभांश पारितसम्मका एजेण्डा

काठमाडौं, ३१ असोज । सिटिजन्स बैंक इन्टरनेसनले साधारणसभा आह्वान गरेको छ । बैंकले कात्तिक १६ गते ४ बजेका लागि साधारणसभा आह्वान गरेको हो । साधारणसभामा बैंकले गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने भनेको लाभांशलाई प्रस्तावको रुपमा लैजादैछ । यस अघि बैंकको सञ्चालक समिति बैठकले गत वर्षको मूनाफाबाट करिब १३ प्रतिशत लाभाशं घोषणा गरेको थियो । उक्त प्रस्ताव साधारणसभामा लैजान लागिएको हो । यसका अलवा बैंकले सर्वसाधारणबाट प्रतिनिधित्व गर्ने शेयरधनीहरुका तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन समेत गर्नेछ । पुरा पढौ

दशैं बिदा पछि बैंकिङ क्षेत्रसँगै शेयर बजार पनि खुल्यो

काठमाडौं, ३१ असोज । दशैं बिदा पछि आइतबारदेखि शेयर बजार पनि खुला भएको छ । नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि कारोबार खुला गरेको हो । दशैं बिदा पछि खुलेको बशेयर बजार पहिलो दिन खुला हुना साथ सकारात्मक देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरु खुला भएका छन् । आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाहरु खुला भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । उनका अनुसार आजदेखि सबै बैंकहरुमा नियमित कारोबार हुनेछ । काठमाडौं उपत्यकासहित देशभर फुलपातिदेखि बैंकहरु बन्द थिए… पुरा पढौ

सांग्रिला डेभलपमेन्ट बैंकको सञ्चालकमा गुप्ता

काठमाडौं, ३१ असोज । सांग्रिला डेभलपमेन्ट बैंकको सञ्चालकमा नितिश गुप्ता मनोनित भएका छन् । बैंकको गत २५ गते बसेको सञ्चालक समिति बैठकले गुप्तालाई सर्वसाधारण समूहतर्फबाट सञ्चालकमा मनोनित गर्ने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेठले जानकारी दिए । बैंकमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने एक सञ्चालक पद रिक्त थियो । रित्तः ठाउँमा सञ्चालक समितिले गुप्तालाई मनोनित गरेको हो । पुरा पढौ

सानिमा बैंकको ब्याजदर घट्यो, के तरतलता सहज भएको हो ?

काठमाडौं, ३१ असोज । तरलताको ात्रस बढीरहेका बेला सानिमा बैंकले ब्याजदर घटाएको छ । दशैं बिदा लगत्तै आइतबार बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्दै घटेको जानकारी दिएको छ । बैंकका अनुसार मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ८ दशमलव ५१ प्रतिशत तोकिएको छ । यस अघि बैंकले मुद्दति निक्षेपमा ९।५१ प्रतिशत तोकेको थियो । मुद्दति निक्षेपमा ब्याजदर घटेसँगै ऋणको समेत ब्याजदर घट्ने भएकाले ऋण लिनेलाई राम्रै हुनेछ । सानिमा बैंकको अहिले ६।५३ प्रतिशतमात्रै बेस रेट रहेको छ । बेस रेटमा केही प्रतिशत प्रिमियम… पुरा पढौ

साफ च्याम्पियनसिप उपाधि चुम्न चुक्यो नेपाल, भारतसँग ३–० ले पराजित

काठमाडौं, ३० असोज । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिफको भारतले जितेको छ । मालेस्थित नेशनल स्टेडिएयमा शनिबार भएको खेलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको छ । पहिलो हाफमा बराबरीमा रोकिएको खेल दोस्रो हाफमा भारतले लगातार २ गोल गरेको थियो । खेलको ८९औं मिनेटमा भारतले पुनः गोल गरेर अग्रतालाई ३–० बनायो । यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो । पुरा पढौ

उद्योग मन्त्री हमालले दिए पदबाट राजीनामा, प्रधानमन्त्रीले गरे तत्कालै स्वीकृत

काठमाडौं, २४ असोज । सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका थिए । ‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें, किन विवादमा परुँ म । किन राजीनामा दिने भनेर नेताहरुले पनि भनेका थिए तर आज राजीनामा दिए,’ उनले भने । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् । बालुवाटार श्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालै… पुरा पढौ

शिवम् सिमेन्टले बोलायो साधारणसभा, २९ प्रतिशत लाभांश दिने

२४ असोज, काठमाडौं । शिवम सिमेन्टले कात्तिक १६ गतेका लागि साधारणसभा आह्वान गरेको छ । गत आर्थिक वर्षका लागि घोषणा गरेको लाभांश पारित गर्न कम्पनीले काठमाडौंको होटल सोल्टीमा छैठौं साधारणसभा बोलाएको हो । गत आर्थिक वर्षको मूनाफाबाट कम्पनीले हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत अर्थात एक अर्ब २७ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुरा पढौ

गरिमा जनरल इन्स्यारेन्स कम्पनी खोल्ने तयारी, बैंकले पनि लगानी गर्ने

काठमाडौं, १८ असोज । गरिमा जनरल इन्स्यारेन्स कम्पनी खोल्न गृहकार्य शुरु भएको छ । गरिमा विकास बैंकका संस्थापकहरुले नै लगानी गर्ने गरी उक्त कम्पनी खोल्न गृहकार्य गरिएको हो । नयाँ बिमा कम्पनी खोल्नका लागि बैंकका संस्थापक अध्यक्ष जलेश्वर पाण्डे, निवर्तमान अध्यक्ष चन्द्रकान्त बराल लगायतले लगानी गर्ने भएका छन् । बिमा समितिले केही बिमा कम्पनीहरु थप्ने योजना बनाएपछि गरिमाको टिमले बिमा क्षेत्रमा पनि लगानी गर्ने योजना बनाएको हो । श्रोतका अनुसार अहिले कागजात तयार पार्ने काम भइरहेको छ । केही दिनमा… पुरा पढौ