Author Archive

प्रहरीलाई मिर्मिरेको पिपिई तथा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

काभ्रे, ४ जेठ । कोभिडको समयमा फ्रन्टलाइन सेवाप्रदायक मध्ये प्रहरीहरु पनि बढि जोखिममा पर्ने समुदाय भित्र पर्दछन् । झन नाकामा खटिएका प्रहरीहरुले आवतजावत गर्ने मानिसहरु तथा यातायातका सवारीहरु चेक जाँच गर्नुपर्ने अवस्थामा त अझ बढि सुरक्षा र सतर्कता अपनाउनु पर्ने हुन्छ । भक्तपुर र काभ्रेको नाका साँगा भञ्ज्याङ प्रहरी चौकीमा खटिएका प्रहरीहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आज पिपिइ सेट, मास्क, पन्जा, फेस शिल्ड तथा सेनिटाइजर सहयोग प्रदान गरेको छ । संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत बिर्खबहादुर… पुरा पढौ

डिजिटल बैंकिङको शुरुवात गर्दै मिर्मिरे लघुवित्त, सदस्यले घरबाटै दुई दर्जन बढी सेवाहरु पाउने

राजेश श्रेष्ठ, काभ्रे, ४ जेठ । कोरोनाको दोश्रो लहर व्यापक बढिरहेको बेला बैंक तथा वित्तीय संस्थाहरुलाई पनि आफ्नो सेवा सुचारु गर्न गाह्रो भइरहेको अवस्था छ। झन सदस्यहरुको माझमा नै पुगेर सदस्यहरुसंग प्रत्यक्षिकरण गर्दै सेवा प्रदान गर्ने लघुवित्त वित्तीय संस्थाहरुलाई अझ बढि गाह्रो परिरहेको छ । निषेधाज्ञा भइरहेको सन्दर्भमा सदस्यहरुलाई पनि आफ्नो कारोवार गर्न नपाउँदा समस्या भइरहेको छ । यसै सन्दर्भमा काभ्रेको बनेपामा प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरुलाई डिजिटल बैंकिङ सेवा दिने भएको छ । कोभिडको यो… पुरा पढौ

मेटलाइफद्वारा कोभिड नियन्त्रणका लागि ५० हजार डलर सहयोग

काठमाडौं, ४ जेठ । मेटलाइफ फाउन्डेशनले अमेरिका नेपाल मेडिकल फाउन्डेशन (ए.एन.एम.एफ.) लाई नेपालमा बिग्रँदो कोभिड–१९ को संकटबाट प्रभावित असाह्य व्यक्तिहरुका लागि आवश्यक चिकित्सा सेवा प्रदान गर्न ५० हजार अमेरिकी डलर अनुदान दिने भएको छ । ए.एन.एम.एफ. सन् १९९७ देखि देशमा विशिष्ट स्वास्थ्य सेवालाई टेवा पु¥याउने दृष्टिकोणका साथ नेपाली चिकित्सकहरुद्वारा स्थापना गरिएको एक गैर–नाफामूलक संस्था हो । मेटलाइफ फाउन्डेशनको सो अनुदानले ए.एन.एम.एफ. लाई देशका विभिन्न स्थानमा संचालित आइसोलेशन केन्द्र तथा अस्पतालहरुमा उच्च बहावको अक्सिजन उपकरण तथा कन्सन्ट्रेटर लगायत अन्य आवश्यक स्वास्थ्य… पुरा पढौ

प्रभु सेलेक्ट फण्डकाे बिक्री खुल्ला भाेलिबाट, कस्ता छन कम्पनीका उदेश्य र रणनीति ?

काठमाडाैं, ४ जेठ । प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तरगत पहिलो योजना प्रभु सेलेक्ट फण्डको भाेली जेष्ठ ५ गतेबाट निष्काशन तथा बिक्री खुला हुने भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको कंपनीले जनाएकाे छ। यो योजनाको कोष प्रबर्धक प्रभु बैंक लिमिटेड रहेको छ । प्रभु क्यापिटल लिमिटेड रहेको यो योजना एक बन्दमूखी योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको… पुरा पढौ

बर्दिबासमा शुरू भयाे सैनिक फिल्ड अस्पताल

महोत्तरी, ४ जेठ। नेपाली सेनाको मध्यपूर्वी पृतनाले बर्दिबासमा सैनिक फिल्ड अस्पताल सञ्चालन गरेको छ । हाल निर्माणकै चरणमा रहेको बर्दिबास–६, ८, ९ र १३ नं वडा क्षेत्रमा पर्ने सेनाको मध्यपूर्वी पृतना सैनिक शिविर क्षेत्रमा सेनापति पूर्णचन्द्र थापाले सोमबार उद्घाटन गरेसँगै सैनिक फिल्ड अस्पताल सञ्चालनमा आएको हो । अस्पताल मध्यपूर्वी पृतना हेडक्र्वाटरको संयोजन र सैनिक कल्याणकारी कोषको लगानीमा अस्पताल निर्माण भई सञ्चालनमा आएको छ । नवनिर्मित २५ शय्याको यस अस्पतालमा नेपाली सेनाका बहालवाला तथा अवकासप्राप्त सैनिक र आश्रित परिवारलाई स्वास्थ्य सेवा… पुरा पढौ

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता

काठमाडौं, ३० वैशाख। दुई ठूला बैंकहरु हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आज मर्जर सम्झौता भएको छ । बिहीबार यी दुई बैंकहरुबीच मर्जरको प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मर्जरपछि बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक रहने साथै स्वाप रेसियो १ बराबर एक हुने प्रारम्भिक सहमति जुटेको छ । मर्जर पछि बन्ने बैंकको सीईओमा अशोक समसेर जबरा र डेपुटी सीईओमा ज्योति पाण्डे हुने भएका छन् । पुरा पढौ

प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्वीप जारी

काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन् । पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

पोखरा, २६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । उनको राजीनामा प्रदेश प्रमुखबाट स्वीकृत समेत भइसकेकाे छ । प्रदेश प्रमुख सीता कुमारी पाैडेलले हालसम्मकाे कार्यका लागी धन्यबाद दिदै ३ दिन भित्र नयाँ सरकार गठन गर्न आह्वान गर्नु भएकाे गण्डकी प्रदेश प्रमुख कार्यालयका प्रबक्ता चण्डी प्रसाद अर्यालले जानकारी दिए । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकारका लागि… पुरा पढौ

कोरोनाविरुद्वको खोप छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघलाई उपप्रधानमन्त्रीको आग्रह

काठमाडौं, २४ बैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधा अन्तर्गत पाउने कोभिड–१९ विरुद्वको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गरेका छन् । नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग आज भएको टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्तरगतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरे ।‘भाइरसको फैलावट रोक्ने एउटै मात्र उपाय भनेको खोप हो, त्यसकारण नेपालले कोभ्याक्स अन्तरगत प्राप्त गर्ने खोपमा संयुक्त राष्ट्रसंघको सहजीकरणको अपेक्षा गरेको छ,’ उपप्रधानमन्त्री… पुरा पढौ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

बुटवल, १९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेश प्रमुख कार्यालयका प्रवक्ताका अनुसार प्रदेश प्रमुखले पोखरेलले दिएको राजीनामा स्वीकृत गरेका छन् । विपक्षीको निवेदनको आधारमा आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो । यससँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ । दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बनेका थिए । उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका… पुरा पढौ