Author Archive

नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष पद पनि थपिने

काठमाडौं, १७ असोज । नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । तर समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेको थियो । समूहगत छलफलपछि जवाफ दिनेक्रममा पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद रहने बताए । अब एमालेमा पदाधिकारी संख्या १५ हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव रहने उनले बताए… पुरा पढौ

शेयर बजारका ‘भेट्रान’ अम्बिका हाथवेबाट किन बाहिरिए ?

काठमाडौं, १७ असोज। हाथवे इन्भेष्टमेन्ट लिमिटेडको नयाँ सञ्चालक समिति चयन भएको छ । हाथवे इन्भेष्टमेन्टको साधारणसभाले योगेश्वर शर्मा ढकाल, कुमार पौडेल, अम्बिका शर्मा लामिछाने, सुरज श्रेष्ठ र जयराम नेपाललाई सञ्चालकमा चयन गरेको छ । अम्बिका शर्मा लामिछाने र सुरज श्रेष्ठ बाहेक सबै जना हाथबेका नयाँ सञ्चालक हुन् । कम्पनीको पूर्व प्रबन्ध सञ्चालक रहेका अम्बिका पौडेल भने यस पटक सञ्चालक समितिमा समेटिएनन् । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य समेत रहेका पौडेल नेपाल यन्भेष्टर्स फोरमका पूर्व… पुरा पढौ

धमाधम लाभांश दिदै कम्पनीहरु, कुन–कुनले घोषणा गरे ?

काठमाडौं, १७ असोज । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश दिन थालेका छन् । लगानीकर्ताहरुलाई गत वर्षको मूनाफाबाट कम्पनीहरुले लाभांश दिन शुरु गरेका हुन् । हालसम्म ४ कम्पनीको लाभांश पारित भएसकेको छ भने अन्य कम्पनीहरुको पनि लाभांश घोषणा हुने क्रममा छ । नेप्सेमा सूचिकृत कम्पनीमा अरुण कावेली १७ प्रतिशत बोनस दिने निर्णय गरेको छ । अरुण कावेलीले भर्दा भदौ ११ गते साधारणसभा गरेको छ । यस्तै अपी पावर १०।५ प्रतिशत बोनस सेयर दिएको छ । अपी पावरले भदौ २५… पुरा पढौ

डिजिटल वालेटः एक वर्षमा ३० लाख प्रयोगकर्ता बढे, कत्तिको छ सुरक्षा ?

काठमाडौं, १५ असोज । विगत एक वर्षयता झन्डै ३० लाख प्रयोगकर्ताहरू थपिएर यतिखेर ९२ लाख जनाले डिजिटल वालेट प्रयोग गर्न थालेको बताइन्छ। यो अवस्थामा सुरक्षासम्बन्धी चुनौतीहरू टड्कारो रूपमा आएको अधिकारी तथा विज्ञहरूले औँल्याएका छन्। गतवर्ष साउन महिनामा क्यूआर कोडमार्फत् ५८ करोड रुपैयाँ जतिको कारोबार भएकोमा यो वर्षको साउनमा पाँच अर्ब रुपैयाँ नाघेको विवरण राष्ट्र ब्याङ्कले दिएको छ। राष्ट्र ब्याङ्कको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल भन्छन्, ूडिजिटल प्लेटफर्ममा हुने वित्तीय सेवाको सुरक्षाका लागि अन्तर्राष्ट्रिय मान्यताकै आधारमा सुरक्षा सुनिश्चितता गर्नुका… पुरा पढौ

म्याद गुज्रेका सामान बेच्ने ६ जना व्यापारीमाथि कारबाही

सिरहा, १५ असाेज । म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारबाही गरिएको छ । चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री वितरण गरेको, अनुज्ञापत्र नलिई सञ्चालन भएको पाइएपछि सप्तरीका पाँच र सिरहाका एक व्यापारीमाथि कारबाही गरिएको हो । अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रेका सामान बरामद गरिएको र मूल्यसूचीसमेत नराखिएको पाइएपछि सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित अमेश्वर किराना पसल,… पुरा पढौ

तालिवानले भारतलाई भन्यो– हवाई उडान सुचारु गरिदिनोस्

काठमाडौं, १४ असोज । अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ । तालिबान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरु सुचारु गरिदिन आग्रह गरेका हुन् । यसअघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो । तर अफगानिस्तानको सरकार अपदस्थ गरेर तालिबानले सत्ता हत्याएपछि गएको अगष्ट १५ पछि भारतले ती सबै उडानहरु बन्द गरेको थियो । तालिबानहरुले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अरु देशहरुले पनि यसरी हवाई… पुरा पढौ

चाडपर्व नजिकएसँगै बजार अनुगमनलाई तीव्रता

झापा , १४ असोज । गुणस्तर तथा नापतौल कार्यालय झापाले चाडपर्व नजिकएसँगै बजार अनुगमनलाई तीव्रता दिएको छ । कार्यालयले यही असोज १ गतेदेखि १३ सम्ममा २० फार्म, पाँच पेट्रोलपम्प, सिमेन्ट उद्योग, हार्डवेयर पसल, किराना पसल र मिठाइ पसलमा अनुगमन गरेको जनाएको छ । कार्यालयका प्रमुख मुकुन्द चौहानले अनुगमनका क्रममा नवीकरण म्याद सकिएका फार्मलाई तत्काल नवीकरण गर्न निर्देशन दिएको बताए । उनले कपियय पसलले अनुमति नलिई प्रयोग गरेका डिजिटल तराजु नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइएको समेत जानकारी दिए । पुरा पढौ

राष्ट्रसङ्घीय महासभामा भाग लिएर परराष्ट्रमन्त्री स्वदेश फिर्ता

काठमाडौं, १४ असोज । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा नेपालसँगै वर्तमान विश्वका चासोका मुद्दा, द्विपक्षीय तथा बहुपक्षीय हितका विषयमा नेपालको राष्ट्रिय अभिमत प्रस्तुत गरेर परराष्ट्रमन्त्री डा नारायण खड्का आज अमेरिकाबाट स्वदेश फर्किएका छन् । महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ८ गते न्युयोर्क पुग्नुभएका उनले सभालाई सम्बोधन गर्दै समकालीन विश्वका प्रमुख मुद्दाहरूमा नेपालको धारणा, कोभिड–१९ महामारीले सिर्जना गरेको सङ्कट र यसको निदानका लागि खोपमा सहज पहुँच, स्वास्थ्य सामग्रीको सहज उपलब्धता, जलवायु परिवर्तन, हिमाली राष्ट्रका समस्या र दिगो विकासका… पुरा पढौ

काठमाडौंमा सभा–सम्मेलन गर्न प्रशासनले लगायो रोक

काठमाडौं, १४ असोज। जिल्ला प्रसाशन कार्यालय काठमाडौंले आज मध्यराति १२ बजेदेखि लागु हुने गरी अनावश्यक भिडभाड, सभा–सम्मेलन, जुलुस, जात्रा, महोत्सव गर्न रोक लगाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा यस्तो आदेश जारी गरिएको हो । “कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले अनावश्क रूपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा, जुलुस गर्ने, जात्रा, महोत्सव, भोज आदि नगर्नेरनगराउने” प्रशासनद्वारा जारी आदेशमा भनिएको छ । पुरा पढौ

विदेशी मुद्राको व्यवस्थापन गर्न राष्ट्र बैंकलाई तनाब, सटहीमा कडाइ गर्न निर्देशन

काठमाडौं, १४ असोज । विदेशी मुद्रा सञ्चिती व्यवस्थापन गर्न समस्या देखिएको छ । बढ्दो आयातका कारण मुद्राको सञ्चिति घटेपछि राष्ट्र बैंकलाई तनाब भएको छ । ‘अहिले साच्चिकै तनाबमा छौं, निर्यात राम्रो हुन सकेको छैन’ राष्ट्र बैंकका एक अधिकारी भन्छन्, ‘त्यहीँ भएर हामीले अमेरिकी डलर सटहीमा कडाइ गर्न बैंकहरुलाई भनेका छौं ।’ विदेशबाट सामान आयात हुने क्रम बढेको र यसले विदेशी मुद्राको सञ्चिती ह्वात्तै घटाएका कारण केन्द्रीय बैंकले डलर सटहीमा कडाइ गर्न बुधबार बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले अधिकतम… पुरा पढौ