Author Archive

बाँदरबाट सुन्तला जोगाउन सास्ती

पाल्पा, ४ माघ । बोटमा पाकेर पहेँलपुर सुन्तलाका दाना जोगाउन किसानलाई सास्ती भएको छ । पाल्पामा यस वर्ष कम उत्पादन भएको सुन्तलाको दाना बाँदरबाट जोगाउन मुस्किल भएपछि किसान चिन्तित बनेका छन् । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङमा बाँदरले पाकेको सुन्तलालाई नोक्सानी गर्न थालेपछि बोटका दाना जोगाउन समस्या भएको हो । उचित मूल्य र सुरक्षाका लागि सुन्तला अझै टिपिएको त छैन तर बाँदरबाट सुरक्षित राख्न किसानलाई चुनौती भएको छ । सुन्तला बगानमा बाँदर पसेर नोक्सानी गरेपछि यहाँका किसान चिन्तित बनेका… पुरा पढौ

गरिमा विकास बैंकले बोलायो साधारणसभा, के छन् एजेण्डा ?

काठमाडौं, २ माघ । गरिमा विकास बैंकले ३० माघका लागि साधारणसभा बोलाएको छ । बैंकले होटल पोखरा ग्राण्ड, पोखरामा माघ ३० गते शुक्रबारका लागि साधारणसभा बोलाएको हो । बैंकको साधारणसभामा लाभांश पारितदेखि सहायक कम्पनी स्थापना गर्नेसम्मका एजेण्डा प्रस्तुत हुने भएका छन् । बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजी १३.५ प्रतिशत अर्थात ४३ करोड ७२ लाख २३ हजार ७२ रुपैयाँ बराबरको बोनस दिने प्रस्ताव साधारण सभामा प्रस्तुत हुँदैछ । बोनश शेयर वितरण गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित… पुरा पढौ

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो नयाँ सीईओ

काठमाडौं, १ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामकृष्ण खतिवडा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले खतिवडालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । उनी विद्युत नियमन आयोगका सदस्य भएर काम गरेको अनुभव छ। साथै लगानी बोर्डको परामर्शदाताका रूपमा पनि उनले काम गरेका छन्। सीईओ बन्नका लागि माछापुच्छ्रे बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, कुमारी बैंकका पूर्व कामु प्रमुख कार्यकारी अधिकृत राजिव गिरि, नबिल बैंकका पूर्व नायव महाप्रबन्धक रमेश लोहनी र नबिलकै कृष्ण… पुरा पढौ

विदेशी मुद्राको सञ्चिति १४ खर्ब ७४ अर्ब, साढे १४ महिनाको आयात धान्न पुग्ने

काठमाडौं, १ माघ । विदेशी विनिमय सञ्चिति सुधार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन रिपोर्ट अनुसार १४ खर्ब ७४ अर्ब ३४ करोड रुपैयाँ पुगेको हो । आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.४ महिनाको वस्तु आयात र १३.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.१ प्रतिशत, १०८.७ प्रतिशत र… पुरा पढौ

एनएमबि बैंकको २५ औं साधारण सभा सम्पन्न, १६.२ प्रतिशत लाभांश पारित

काठमाडौं, २९ पुस । एनएमबि बैंक लिमिटेडले आफ्नो २५औं वार्षिक साधारण सभा बुधबार कृष्ण टावर, नयाँ बानेश्वर, काठमाडौंमा संचालक समितिका अध्यक्ष पवन कुमार गोल्यानको अध्यक्षतामा सम्पन्न गरेको छ । कोभिड १९ का कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभा भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधि मार्फत संचालन गरी शेयरधनीहरुको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो । साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका… पुरा पढौ

ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्र ढकाल पुनः निर्वाचित

काठमाडौं, २९ पुस । ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्र ढकाल पुनः निर्वाचित भएका छन् । मंगलबार सम्पन्न बैंकको १४ औँ वार्षिक साधारणसभाले ढकाललाई सञ्चालक निर्वाचित गरेको हो । साधारणसभा पश्चात बसेको बैंक सञ्चालक समिति बेठकले ढकाललाई पुनः अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । बैंकको संस्थापकतर्फबाट सञ्चालक समितिमा क्याबिनेट श्रेष्ठ र रामबहादुर भण्डारी चुनिएका छन् भने सर्वसाधारण सेयरधनीबाट सुदर्शनकृष्ण श्रेष्ठ, कृष्णप्रसाद शर्मा र दीपक शर्मा पोखरेल चयन भएका छन् । बैंकको बार्षिक साधारणसभाले १६ प्रतिशत लाभांश पारित गरेको छ। यसमध्ये… पुरा पढौ

६ महिनामा भित्रियो ४ खर्ब १६ अर्ब रेमिट्यान्स

काठमाडौं, २९ पुस । चालु आर्थिक वर्षको ६ महिनामा ४१६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भएर ४ खर्ब १६ अर्ब ८१ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो । उता वैदेशिक… पुरा पढौ

सेयर बजारमा हरियाली, कारोबार रकम ६ अर्ब नजिक

काठमाडौं, २९ पुस । साताको अन्तिम कारोबार बुधबार शेयर बजारमा हरियाली देखिएको छ । भोलि बिहीबार माघे संक्रान्ति बिदा भएकाेले यो साताको अन्तिम कारोबार आज नै हो । साताको अन्तिम दिन शेयर बजार हरियाली भएर पुस महिनालाई बिदा गरेको छ । नेप्से परिसूचक १८ दशमलव ८१ अंकले बढेको छ । शेयर कारोबार रकम पनि ६ अर्ब नजिक पुगेको छ । दिनभर भएका ५० हजार ९ सय ५० कारोबारबाट ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार २ सय ६१ रुपैयाँको… पुरा पढौ

प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं, २८ पुस । प्रिमियर इन्स्योरेन्सले यस वर्ष ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको पुस २७ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७६/७७ को आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । पुरा पढौ

एनएमबि लघुवित्तको साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

पोखरा, २७ पुस । एनएमबि लघुवित्त वित्तीय संस्थाको आठौं वाषिक साधारण सभा सम्पन्न भएको छ । सोमबार संस्थाका सञ्चालक समिति अध्यक्ष सजिव सुब्वाको सभापतित्व तथा नेपाल राष्ट्र बैकका प्रदेश प्रमुख ईश्वरी प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । कम्पनी सचिव गोविन्द बाँस्तोलाले सञ्चालन गरेकाे सभामा एनएमबि बैंकको तर्फबाट प्रतिनिधित्व गरेका सञ्चालक गोविन्द घिमिरेलेसमेत शेयरधनि समक्ष आफ्नो धारणा राखेका थिए । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १ (एक) प्रतिशतका दरले हुन आउने रकम ४५… पुरा पढौ