Author Archive

झापाका तीन विद्यालय पुनः बन्द

झापा, १४ असोज । बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय पुनः बन्द भएका छन् । विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय खुलेको एक हप्ताभित्रमा बन्द गरिएका हुन् । बन्द भएका सामुदायिक विद्यालय बुद्धआदर्श मावि, राष्ट्रिय विजय मावि र श्री बर्ने मावि रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमलप्रसाद निरौलाले जानकारी दिए । पुरा पढौ

सर्वदलीय बैठक सुरु

काठमाडौँ, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बाहेक सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्षनेता सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधामन्त्री एवं पार्टी सभापति देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक… पुरा पढौ

लक्ष्यभन्दा ५८ करोड बढी राजस्व सङ्कलन

विराटनगर, १४ असोज । आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७/७८ मा कूल रु दुई अर्ब ८७ करोड ५२ लाख राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ । सो अवधिमा कार्यालयले कूल रु दुई अर्ब २८ करोड ८६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु ५८ करोड ६६ लाख राजस्व बढी सङ्कलन भएको कार्यालय प्रमुख तीर्थराज बरालले जानकारी दिए । सङ्कलित राजस्वमा आयकर रु ९७ करोड २८ लाख, मूल्यअभिवृद्धि कर रु ९२ करोड ८८ लाख र अन्तःशुल्क… पुरा पढौ

कर्जा लगानीमा बैंकहरु आक्रमक, जटिल बन्दै तरलता समस्या

काठमाडौं, १३ असोज । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकमको अभाव देखिएको छ । कर्जा लगानीमा बैंकहरु आक्रामक देखिएको तर निक्षेप संकलन भने अत्यन्तै कममात्रै हुँदा तरलता समस्या देखिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । प्रवक्ता ढकालका अनुसार सोमबारसम्म वित्त बजारमा २२ अर्ब रुपैयाँमात्रै तरलता रहेको छ । दशैं नजिकिएका कारण तरलता समस्या थप जटिल हुन सक्ने देखिएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको तथ्यांकअनुसार असोज पहिलो सातामा बैंकहरुले ३१… पुरा पढौ

ठुलाे दुर्घटनाबाट जोगियो बुद्ध एयरको जहाज, काठमाडौं बिमानस्थलमा सहज अवतरण

काठमाडौं, ११ असोज । बुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको जहाज अन्तत: काठमाडौं बिमानस्थलमा सहज अवतरण भएको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको थियो । जहाज काठमाडौंकै आकाशमा लामो समय होल्डपछि अन्तत सहज अवतरण भएको हो । जहाजमा समस्या भएपछि सम्भाबित दुर्घटनाबाट जाेगाउन बिमानस्थलमा सबै प्रकारका सुरक्षाकाे प्रबन्ध गरिएकाे थियाे । जसका कारण करिब १ घण्टा काठमाडौंअन्तराष्टीय बिमानस्थल क्लाेज गरिएकाे थियाे । पुरा पढौ

बुद्ध एयरको जहाज अवतरण हुन सकेन, सम्भावित दुर्घटनाबाट जोगाउन उच्च सतर्कता

काठमाडौं, ११ असोज । बुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको हो । अहिले जहाज काठमाडौंकै आँकाशमा होल्ड भएको छ ।काठमाडौं सुविधा सम्पन्न विमानस्थल भएका कारण आकस्मिक अवतरण काठमाडौंमै गर्ने गरी जहाज फर्किएको हो । सम्भावित दुर्घटनाबाट जोगाउन विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ । पुरा पढौ

खस क्षेत्रीका दुई संगठनबीच एकिकरण हुने

काठमाडौं, १३ भदौ । क्षेत्री समाज नेपाल र संयुक्त खस क्षेत्री नेपालबीच एकीकरण हुने भएको छ । संविधान सभाको दोस्रो निर्वाचन पछि संविधान मा ब्राह्मण क्षत्री दशनामि ठकुरी लगायत जातिलाई अन्य को सुचिमा राख्दै यी जातिलाई खश आर्य को दर्जा दिएको थियो तेहि बेला देखि आन्दोलन गर्दै आएका यी संगठनहरू एक हुने भएका हुन् । दुई संस्थाबीच एकीकरण गर्न वार्ता समिति तयार भएको छ । वार्ता समितिमा क्षेत्री समाजका तर्फबाट डा. चन्द्रबहादुर थापा संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन भएको… पुरा पढौ

सिटिजन्स बैंकको नाफा बढ्यो, निस्कृय कर्जा भने बढ्यो

काठमाडौं, १५ साउन । सिटिजन्स बैंक इन्टरनेसनलको खुद नाफामा वृद्धि भएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार १ अर्ब ५९ करोड ८७ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३३ दशमलव ४० प्रतिशतले बढी हो । यस अवधिमा बैंकको वितरण योग्य मूनाफा पनि धेरै बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ८२ करोड ४० लाख रुपैयाँ वितरण योग्य मूनाफा रहेकोमा गत असार मसान्तसम्म ९१ दशमलव ५७… पुरा पढौ

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड भोलि, अधिकांश आवेदकले नपाउने

काठमाडौं, २७ असार । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ भोलि सोमबार बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले प्रिअलटमेन्ट सकिएको र आगामी सोमबार आईपीओ बाँडफाँट हुने जानकारी दिए । कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा ७३ गुणा अर्थात २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता आईपीओका लागि आवेदन परेको छ । यो लघुवित्तले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख… पुरा पढौ

सामाजिक सुरक्षा कोष विरुद्ध बैंकका कर्मचारीले आजदेखि बिरोध प्रदर्शन गर्ने

काठमाडौं, २७ असार । सामाजिक सुरक्षा कोष विरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको संगठन वित्तीय क्षेत्र कर्मचारी संघ (फियन) ले आन्दोलन कार्यक्रमहरु घोषणा गरेको छ । संघले आजदेखि कालो ब्यानर देखाउने तथा हातमा कालोपट्टि बाधेर बिरोध प्रदर्शन गर्ने भएको हो । खाइपाइ आएको सेवा सुविधा समेत कटौति हुने गरी कोषमा आफूहरुलाई आवद्ध गराउन लागिएको भन्दै फियनले आन्दोलनको घोषणा गरेको हो । शनिबार फियनको तर्फबाट अध्यक्ष पदमराज रेग्मी र महासचिव हरिराज खरेलले प्रेस विज्ञप्ति जारी गर्दै भोलि आइतबारदेखि ३० गतेसम्मका लागि… पुरा पढौ