Author Archive

पोखरा

स्वर्गको टुक्रा हाम्रै आँखा अघि । नेपालकै प्रमुख पर्यटकीय सहर पोखराको पर्यायवाची मनोरम फेवाताल र पोखरा बजार । पुरा पढौ

लुम्बिनी

भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनी । इपू ६२३ मा शान्तिका अग्रदूत गौतम बुद्धको जन्म भएको लुम्बिनी नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो । विश्व सम्पदा सूचीकृत यहाँ पछिल्लो समयमा विभिन्न संरचना निर्माण गरिएको छ । पुरा पढौ

ऊ अर्थात् एक नेपाली

घर छोडेर कमाउन परदेश पुगेको ऊ धमाधम गाउँ फर्कंदैछ । ऊ दाम पाउने काम खोज्दै गाउँबाट पहिले बजार झरेको थियो । पछि अलिपरको सहर पसेको थियो । त्यसपछि परदेश पुगेको थियो ।अहिले परदेशबाट, सहरबाट र बजारबाट हुलका हुल उ जस्तै हजारौं हजार मानिस गाउँ फर्किएका छन् । यसरी फर्किनेहरुको त्यही हुलमा ऊ पनि सामेल छ । ऊ आफ्नो थाकथलो छोडेर सुखको आश, सुविधाको लोभ र अवसरको खोजीमा हिंड्नेहरुको एक प्रतिनिधि पात्र हो । विकट गाउँको गरिबीमा हातमुख जोड्नु उसको प्रमुख… पुरा पढौ

एसइई दिएका विद्यार्थीलाई सित्तैमा तालिम

माउन्ट अन्नपूर्ण क्याम्पस पोखरा ११, फूलबारीले एसइई दिएका विद्यार्थीलाई बेसिक वेब र ग्राफिक डिजाइनिङ ट्रेनिङ दिने भएको छ । आइतबारदेखि १५ दिनसम्म चल्ने तालिमका लागि कुनै शुल्क लाग्ने छैन । इन्जिनियर सन्तोष पन्थले जुमबाट दैनिक १ घन्टा सहजीकरण गर्ने छन् । एसइई दिएर बसेका विद्यार्थीलाई अहिलेको लकडाउनका बेला केही सीप सिकाउन र अन्योलमा पनि आशा सञ्चार गर्न तालिम आयोजना गरिएको कलेजका कोअर्डिनेटर इन्जिनियर भेषबहादुर थापाले बताए । तालिम सकिएपछि प्रमाणपत्रसमेत उपलब्ध गराइने उनले जानकारी दिए । माउन्ट अन्नपूर्ण क्याम्पसमा कक्षा… पुरा पढौ

कथा : पटके मृत्यु

बैठक कोठामा बसी रामचन्द्रले आफ्ना ७ वर्षे छोरी र ९ वर्षे छोरालाई नैतिक शिक्षा दिइरहेका थिए । उनी एउटा सरकारी अफिसका सुब्बा तहका कर्मचारी थिए । आफ्नै उमेरका ऋषिकेश नामका भाञ्जा पनि त्यसदिन सँगै थिए । ऋषिकेश पनि मामाकै तहका कर्मचारी थिए । उनी सदाचारी थिए । मामाको अकूत सम्पत्ति कमाइबारे उनलाई राम्ररी थाहा थियो । भाञ्जालाई समेत प्रभाव पार्ने मनसायले रामचन्द्रले सुनाउँदै गए । मानिस जन्मेपछि एकपटकमात्र मर्नु पर्दछ । धेरै मानिस धेरै पटक मर्दछन् । तिनीहरूको देखिने जीवन… पुरा पढौ

कोरोना कहर

मात्र ५/७ मिनेटको दूरीमा ४ जना निकट साथी छौँ । बसोबासका हिसाबले मात्र नभई हरेक दृष्टिले वर्षौंदेखि हाम्रो निकटता छ । अमेरिकाको बोस्टनमा हामी चारै परिवारबीच आत्मीय र मित्रवत् सम्बन्ध स्थापित छ ।  दिनै वा हप्तैपिच्छे व्यक्तिगत भेटघाट र पारिवारिक जमघट हाम्रा सामान्य नियमितता हुन् । सँगै कफी पिउन वा मःम खानको लागि जमघट गर्नुपरे हामीले क्यालेन्डर हेरेर दिन जुराउनु पर्दैन । तत्काल जमघट गर्न कुनै शनिबार वा आइतबार कुर्नु परेको छैन । नेपालमा लामो समय मूलधारको पत्रकारिता गरेका चारैजना प्रत्यक्ष/अप्रत्यक्ष रुपमा नेपाली… पुरा पढौ

केशव पाठकलाई खेलकुद पत्रकारिता सम्मान

युवा तथा खेलकुद मन्त्रालयले पत्रकार केशव पाठकलाई खेलकुद पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । पाठक साढे २ दशकदेखि खेलकुद पत्रकारितामा क्रियाशील छन् । संघीय मन्त्रालय अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले आफूलाई पुरस्कार लागि योग्य ठह¥याएकोमा आफूलाई खुसी लागेको भन्दै यो उनले यो सम्मान समग्र पोखरा क्षेत्रको सम्मान भएको पाठकले बताए । काठमाडौंमा सोमबार दिउँसो सिहंदबारस्थित मन्त्रालयमा आयोजित समारोहमा पत्रकार पाठकसहित देशभरका ४ जना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम छ । उनीहरुलाई जनही ५० हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान… पुरा पढौ

प्राडा सरोज कोइराला क्याम्पस प्रमुख नियुक्त

प्राडा सरोज कोइराला पृथ्वीनारायण क्याम्पसको क्याम्पस प्रमुख नियुक्त भएका छन् ।त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषदले मंगलबार यो निर्णय गरेको हो । क्याम्पसको अंग्रेजी विभागमा २ दशकदेखि आबद्ध उनले बुधबारदेखि कार्यभार सम्हालेका छन् । पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालय बनाउन आफ्नो पहल रहने उनले प्रतिबद्धता व्यक्त गरे । पोखरा ५, मालेपाटन निवासी कोइराला सामाजिक सेवामा समेत उत्तिकै क्रियाशील छन् । बाराही स्कुल र सूर्यचन्द्र विकास केन्द्रमा उनले २ पटकसम्म अध्यक्षको कार्यभार सम्हालेका थिए। पुरा पढौ

कुमुदिनी होम्समा अनलाइन सिकाइलाई निरन्तरता

चीनबाट सुरु कोरोना भाइरसका कारण नेपालमा पनि संक्रमित जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन गरेको ४ महिना पुग्न लाग्यो । गत वर्ष चैत ११ देखि जारी लकडाउन चरणबद्ध रुपमा थपिँदै ७ साउनसम्म लम्बाइएको छ । लकडाउन खुकुलो भएपनि विद्यालय तथा कलेजहरु पूर्ण रुपमा बन्द छन् । त्यसको प्रत्यक्ष मार विद्यार्थी वर्गमा परेको छ । उनीहरुको नियमित पठनपाठन हुन सकेको छैन । यसै विषयलाई ध्यानमा राखी पोखराको प्रतिष्ठित कुमुदिनी होम्स् माविले अनलाइन कक्षाबाटै विद्यार्थी पढाउँदै आएको छ । नर्सरीदेखि कक्षा ९ सम्मका… पुरा पढौ

स्याङ्जामा आत्महत्या बढ्दो, ३ दिन अन्तरमा चापाकोटका २ पुरुषले ज्यान गुमाए

स्याङ्जामा एकपछि अर्को आत्महत्याका घटना दोहोरिन थालेका छन् । जिल्लाको चापाकोट नगरपालिकामा ३ दिन अवधिमा २ जना पु?षले आत्महत्या गरेका छन् । जिल्लामा असार महिनामा मात्रै ५ वटा केस आत्महत्याको रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले सफल आवाजलाई जानकारी दिए ।कोरोना महामारीसँगै जारी लकडाउनका कारण मानिसह? बढी नै मानसिक तनावमा हुने गरेकोले पनि यस्तो खालको आपराधिक क्रियाकलाप हुने गरेको डीएसपी अधिकारीको भनाइ छ । उनका अनुसार चापाकोट नगरपालिका वडा ९, निर्दिमका वर्ष ४१ का ढाकाराम पंगेनीले… पुरा पढौ