Author Archive

इन्टरपोलको १०० ग्लोबल भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

काठमाडौं, १३ मङ्सिर। अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)द्वारा आयोजित इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेष्ट फर योङ पुलिस लिडर्स प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । यही मङ्सिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औँ महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका एक सय ९५ सदस्य राष्ट्रमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो । नेपालको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठद्वारा निर्माण गरिएको ‘लेट्स सेभ द प्लानेट–इन्टरपोल १००’ विषयक सूचनामूलक छोटो भिडियो सर्वोत्कृष्ट घोषणा भएको… पुरा पढौ

अब ऋणको जमानतदातालाई कालोसूचीमा राख्ने म्याद ९० दिन

काठमाडौ‌, १३ मङ्सिर । नेपाल राष्ट्र बैंकले ऋणको जमानत बस्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्नका लागि दिइने समय ३५ दिनबाट बढाएर ९० पुर्याएको छ । राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो । “कर्जा सुविधा उपलब्ध गराउनका लागि जमानत दिने व्यक्ति, फर्म, कम्पनी वा सङ्गठित संस्थाले जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व ऋणीले सुरक्षणस्वरुप राखेको धितो लिलाम गरी असुली गर्नुपर्नेछ”, संशोधित एकीकृत निर्देशनमा भनिएको छ, “यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त… पुरा पढौ

बङ्गलादेश र एडिबीबीच एक अर्ब अमेरिकी डलरको ऋण सम्झौता

ढाका, १३ मङ्सिर । बङ्गलादेश सरकार र एसियाली विकास बैङ्क (एडिबी) बीच एक अर्ब अमेरिकी डलरभन्दा बढीको ऋण सम्झौतामा मङ्गलबार हस्ताक्षर भएको छ । उक्त ऋणले बङ्गलादेशलाई ऊर्जा दक्षता अभिवृद्धि गर्न, खोप आपूर्ति सुरक्षा सुनिश्चित गर्न, स्वच्छ खानेपानी र सूचना प्रविधि (आइटी) सम्बन्धी पूर्वाधार र प्रणालीहरू विकास गर्न तथा व्यापार करिडोर स्तरवृद्धि गर्न सहयोग गर्नेछ । स्मार्ट मिटरिङ ऊर्जा दक्षता सुधार परियोजनाले आवासीय ग्राहकहरूका लागि छ लाख पचास हजार स्मार्ट प्रिपेड ग्यास मिटर स्थापना गरेर घाटा कम गर्न सरकारको प्रयासलाई… पुरा पढौ

स्तनपान कक्षले महिला कर्मचारीलाई सहज

रामपुर (पाल्पा), १३ मङ्सिर । रामपुर नगरपालिकाभित्र रहेको स्तनपान कक्ष प्रभावकारी बनेको छ । यहाँका महिला कर्मचारी र सेवाग्राहीको सहजताका लागि कार्यालयभित्र स्तनपान कक्ष राखिएको छ । स्तनपान कक्षको सुविधा भएसँगै बच्चालाई कार्यालयमा नै ल्याएर स्तनपान गराउन धेरै सजिलो भएको पञ्जीकरण शाखाका फिल्ड सहायक सिम्पल रानाले बताइन। “कार्यालयभित्र स्तनपान कक्षको व्यवस्था भएपछि बच्चालाई साथमा ल्याउने गरेको छु”, उनले भनिन्, “काममा व्यस्त हुँदा स्तनपान कक्षमा सुताउन मिल्छ । बच्चालाई खेल्ने वातावरण मिलेको छ । समयसमयमा स्तनपान गराउन पाइएको छ ।” सानो… पुरा पढौ

सरकारी दस्तखत कीर्ते गरेको कसुरमा नायब सुब्बा पक्राउ

उदयपुर, १३ मङ्सिर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवं प्रमुख नायब सुब्बालाई सरकारी दस्तखत कीर्ते गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने नायब सुब्बा नगरपालिकाका राजस्व शाखा प्रमुख ४७ वर्षीय गुरुप्रसाद ढकाल रहेका छन् । उनलाई खोजी गर्ने क्रममा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए । उनका अनुसार नगरपालिकामा कार्यरत रहँदा ढकालले जनप्रतिनिधि र अन्य कर्मचारीको कीर्ते हस्तारक्षर गरेर आर्थिक कार्यका गतिविधि… पुरा पढौ

नेप्सेमा १७.९३ अंकको गिरावट, १ अर्ब बढीको कारोबार

काठमाडौं, १३ मंसिर । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ । अन्य उपसमूह बाहेक सबै १२ वटैमा रातोका लागेको छ । सेयर नकारात्मक लयमा जाँदा लगानीकर्ताहरुको मनोबल घटेको छ नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.९३ अंकले घटेर १८७६.६० विन्दुमा झरेको छ । नेप्सेमा ०.९४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.९६ अंकले घटेर ३५८.८९ विन्दुमा रहेको छ । यसदिन नेप्सेमा १३ उपसमूहरुमध्ये अन्य उपसमूहमा मात्रै हरियो लागेको छ । बाँकी १२ वटैमा… पुरा पढौ

सेमेष्टर प्रणाली अनुसार सर्वोकृष्ट विद्यार्थी छुट्याउन नसक्दा त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौं, १३ मङ्सिर । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ । प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको उक्त पदक यसवर्षदेखि वितरण नगर्ने भएको हो । त्रिविका परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सेमेष्टर प्रणाली अनुसार सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थी छुट्याउन नसकिएकाले कुलपति पदक वितरण नगर्ने जानकारी दिए। “स्नातकोत्तर तहको नौ सङ्कायमा सबैभन्दा बढी अङ्क ल्याउने एक जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिँदै आइरहेका थियौँ”, उनले भने, “सेमेष्टर प्रणालीमा ग्रेडिङका आधारमा नतिजा प्रकाशन… पुरा पढौ

शेयर बजारको आम्दानीबाट कलेजको शुल्क तिर्दै विद्यार्थी

नेपालगञ्ज, १३ मङ्सिर । बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खासगरी कलेजको व्यस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरू बताउँछन् । “हामीले प्राथमिक बजार (आइपिओ) मा लगानी गर्न सिकेर दोस्रो (सेकेन्डरी) बजारमा पनि लगानी गरेका छौँ,” नेपालगञ्जको अल्पाइन व्यवस्थापन कलेजका स्नातक तहका विद्यार्थी पारश तिमिल्सिनाले भने। उनले साथीहरू र गुरुको माध्यमबाट शेयर बजारको अध्ययन गरेर बजारको प्राथमिक र सेकेन्डरी बजारमा प्रवेश गरेको उल्लेख गर्दै आफू… पुरा पढौ

पति-पत्नीको झगडाले बैङ्कक जाँदै गरेको विमान दिल्ली डाइभर्ट

नयाँदिल्ली, १३ मङ्सिर । यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार दिल्लीतर्फ डाइभर्ट गरिएको छ । “विशेषरूपमा पती–पत्नीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले यस्तो निर्णय गरेको हो”, स्रोतले बताएको छ । दिल्ली विमानस्थलको उड्डयन सुुरक्षाले भनेको छ, “पति–पत्नीबीचको झगडाको कारण अहिलेसम्म थाहा भएको छैन तर उनीहरूको झगडाका कारण विमानलाई डाइभर्ट गर्नुपर्यो ।” विमानले सुरुमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो तर अज्ञात कारणले त्यो अनुरोधलाई पूरा गरिएन । त्यसपछि… पुरा पढौ

सुरुङमा फसेको १७ दिनपछि जीवितै उद्धार गरिए भारतीय कामदार

सिल्कयारा सुरुङ (भारत), १३ मङ्सिर । आफूहरूले निर्माण गरिरहेको सुरुङ भत्किएर सुरुङभित्रै १७ दिनसम्म फसेपछि जीवितै उद्धार गरिएका भारतीय कामदारहरूले कठिन परीक्षाको त्रास, आशा र प्रार्थनाले उनीहरूलाई बलियो बनाएको बताएका छन् । “हामी साँच्चै डराएका थियौँ, प्रत्येक समय मृत्यु अगाडि उभिरहेको महसुस हुन्थ्यो”, सुरुङबाट जीवित उद्धार गरिएका कर्मचारी दीपक कुमारले बुधबार भने, “बाँच्छौ वा बाँच्दैनौँ भन्ने हामीलाई थाहा थिएन ।” म्याराथुन इन्जिनियरिङ अभियानबाट मङ्गलबार राति विशेषरूपले पाङ्ग्राले सुसज्जित स्ट्रेचरमा ५७ मिटर (एक सय ८७ फिट) लामो स्टिल पाइपको माध्यपबाट तानिएपछि… पुरा पढौ