Author Archive

सुन्तला बेचेर कमलले कमाउनुभयो ४० लाख

दमौली (तनहुँ), ४ फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर रु ४० लाख आम्दानी गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहेका छन्। विसं २०६४ बाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तलाखेतीबाट सन्तुष्ट रहेको बताए। महतको सुन्तला बगैँचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यहाँ एक हजार पाँच सय सुन्तलाका बोट छन् । उनले भने, “रोजगारीका लागि विभिन्न देश पुगे, त्यहाँ आत्मसन्तुष्ट हुन सकिन, स्वदेशमै फर्किएर केही गर्छु भन्ने मानसिकता बनाएर… पुरा पढौ

मुक्तिनाथ केबलकारले पर्वत, बागलुङ र म्याग्दीको पर्यटनलाई असर नगर्ने कम्पनीकाे दावी

पर्वत, ४ फागुन । जिल्लाको मोदी गाउँपालिका–१ सेराबेंसीदेखि मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जोड्ने केबलकार निर्माण प्रक्रिया अघि बढेको छ । विश्वकै लामो बहुचर्चित मुक्तिनाथ केबलकारले पर्वत, बागलुङ र म्याग्दीको पर्यटन व्यवसायमा भने असर नगर्ने आयोजनाको दाबी छ । मुक्तिनाथ केबलकार प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले यो केबलकार निर्माणपछि यस क्षेत्रको पर्यटन व्यवसाय वृद्धि हुने बताए। मुक्तिनाथ जाने पर्यटक पर्वत र कास्कीको सिमानास्थित सेराबेंसीबाट चढे पनि कुश्मा, बागलुङ र म्याग्दी क्षेत्रले पनि भरपुर लाभ लिनसक्ने उनको दाबी छ । “मुक्तिनाथ जाने… पुरा पढौ

भारतमा चुनावअघि कर विभागद्वारा विपक्षी दलको रकम रोक्का

नयाँदिल्ली, ४ फागुन । प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेस पार्टीले राष्ट्रिय निर्वाचनको घोषणा हुनुभन्दा केही हप्ताअघि नै कर विभागले आफ्नो बैङ्क खाता रोक्का गरेको शुक्रबार जनाएको छ । काङ्ग्रेस प्रवक्ता अजय माकनले पत्रकार सम्मेलनमा भने, “हामीलाई हाम्रो दलको खाता रोक्का गरिएको जानकारी दिइएको छ । माकनका अनुसार भारतको आयकर विभागले आर्थिक वर्ष २०१८/०१९ का लागि आयकर दाखिला गरेको अनुसन्धानको क्रममा दुई अर्ब १० करोड भारु (दुई करोड ५३ लाख अमेरिकी डलर बराबर) को भुक्तानी माग गरेको थियो । पार्टीले त्यस्तो… पुरा पढौ

सुरक्षा सम्झौताका लागि जेलेन्स्की बर्लिन र पेरिस भ्रमणमा

बर्लिन, ४ फागुन । दुई युरोपेली महाशक्तिसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्न युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुक्रबार जर्मनीको राजधानी बर्लिन र फ्रान्सको राजधानी पेरिस पुग्ने भएका छन्। युक्रेनमा जारी युद्ध तेस्रो वर्षमा प्रवेश गर्न लागेका बेला जेलेन्स्कीले म्यूनिख सुरक्षा सम्मेलनमा आर्थिक सहयोग र हतियारमा निरन्तर सहयोगका लागि आफ्नो प्रस्ताव पनि प्रस्तुत गर्नेछन् । सम्मेलनमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलगायत नेताहरू भेला हुनेछन् । जेलेन्स्कीको युरोपेली मुलुकको भ्रमण युक्रेनी सैनिकहरूको लागि एक महत्वपूर्ण समयमा आएको छ, जसले गोलाबारुदको कमी र ताजा रूसी आक्रमणका… पुरा पढौ

देशभित्रै रोजगारी सृजना अहिलेको पेचिलो प्रश्न हो-राष्ट्रियसभा सदस्य शर्मा

नेपालगन्ज, ४ फागुन । संसदीय व्यवस्थाको सुन्दर पक्ष भनेको राजनीतिक स्वतन्त्रता र समानता नै हो । जनताले आफ्नो एक अमूल्य भोट हालेर सरकारको निर्माण गरेको हुन्छ । जनताप्रति उत्तरदायी हुने जुन प्रणाली छ, त्यो लोकतन्त्रको सुन्दर पक्ष हो । जनताप्रति उत्तरदायी हुने र जनताका समक्ष जवाफदेहिता वा पारदर्शिताको जुन प्रश्न छ, त्यसलाई संसदीय व्यवस्थाले सम्बोधन गरेको हुन्छ । राष्ट्रियसभाको एक सदस्यका हैसियतले मैले भन्नैपर्छ, प्रतिनिधिसभाको तुलनामा राष्ट्रियसभाले निकै बढी काम गरिरहेको छ, र बैठकमा यसका सदस्यहरुको उपस्थिति पनि बाक्लो हुने… पुरा पढौ

एनआईएमबी डिबेञ्चरमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं, ४ फागुन। नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। बैंकले फागुन १ गतेदेखि १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर भएको साे ऋणपत्र निष्काशन गरेकाे थियाे । प्रतिऋणपत्र १ हजार अंकित मूल्यमा ४ अर्ब ४ करोड बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र जारी गरिएकाे हाे। यसमा रुपैयाँ २ अर्ब ४२ करोड ४० लाख बराबरको २४ लाख २४ हजार कित्ता व्यक्तिगत बिक्री गरिने भएकाे छ । बाँकी रहने… पुरा पढौ

सुनको भाउमा रु ६ सयले बृद्धि, चाँदीको पनि बढ्यो

काठमाडौं, ४ फागुन । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ३५ ले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ६ सयले बढेर… पुरा पढौ

भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न महासङ्घकाे माग

काठमाडौं, ४ फागुन । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले विज्ञप्ति जारी गरी पछिल्लो समय दुर्घटना बढेकामा दुःख व्यक्त गर्दै भवितव्य दुर्घटनाका लागि राहत कोषको स्थापना गर्न सरकारसँग माग गरे। महासङ्घले बिहीबार बिहान महेन्द्रनगरबाट यात्रु लिएर काठमाडौँ आउँदै गरेको सुनौलो महाकाली यातायात प्रालिको रात्रि सेवामा सञ्चालित सुपप्र ०२–००१ ख ००९८ नंको यात्रुवाहक बस कपिलवस्तुको शिवराज नगरपालिका–१ मा दुर्घटना हुँदा १० जना… पुरा पढौ

अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो, अन्यको कति ?

काठमाडौं, ४ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य केहि देशहरुको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ५८… पुरा पढौ

ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा महिलाको मृत्यु

दमौली (तनहुँ), ४ फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ । छाब्दी देउराली भित्री सडक खण्डमा साँखेबाट दुलेगौडातर्फ आउँदै गरेको ग७प ६९२४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग१त ३९९४ नंको ट्र्याक्टर आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार शुक्लागण्डकी–१ थप्रेककी ४५ वर्षीया पीपलकौरी गुरुङको घटनास्थलमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले ट्र्याक्टर चालक र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको जानकारी दिए । पुरा पढौ