Author Archive

अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो, अन्यको कति ?

काठमाडौं, ९ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य केहि देशहरुको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ४५… पुरा पढौ

सिटिजन्स बैंकद्वारा ५ वर्ष पूरानाे लाभांश लिन सूचना जारी

काठमाडौं, ९ फागुन । सिटिजन्स बैंकले ५ वर्ष पूरानाे लाभांश वितरण गर्न सूचना जारी गरेकाे छ । बैंकले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७४/­७५ को नगद लाभांश लिन साे सूचना जारी गरेको हो । बैंकले आर्थिक वर्ष २०७४/­७५ को नगद लाभांश केहि सेयरधनीले लिन बाँकी रहेकाे जनाएकाे छ । बैंकले जनाए अनुसार लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा संचालन कार्यविधि २०७३ मा ५ वर्षसम्म सेयरधनीले लाभांश नलगेमा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ । बैंकले काेषमा जानु अघि आजकाे मितिबाट ३५ दिनभित्र… पुरा पढौ

बीमा सर्भेयर संघकाे अध्यक्षमा मोहनपुरुष ढकाल पुनः निर्वाचित

काठमाडौं, ९ फागुन । बीमा सर्भेयर संघ नेपाल (निसा)को १५औं वार्षिक साधारणसभा तथा ९औं अधिवेशनबाट मोहनपुरुष ढकाल पुनः अध्यक्षमा निर्वाचित भएका छन् । संघको हालै सम्पन्न १५औं वार्षिक साधारणसभा तथा ९औं अधिवेशनबाट निर्वाचित ढकालकाे नेतृत्वकाे समितिकेा कार्यकाल २ वर्षकाे रहनेछ । उपाध्यक्षमा घनश्याम लेखक, महासचिवमा विकास महर्जन, सचिवमा प्रवेश पौडेल र कोषाध्यक्षमा भानु कँडेल निर्वाचित भएका छन् । संघका सहस्यहरुमा राजेश घिमिरे, सरोज श्रेष्ठ र नविन भट्ट निर्वाचित भएका छन् । संघका नवनिर्वाचित अध्यक्ष ढकालले सर्भेयरहरुको साझा संस्था निसालाई अब्बल… पुरा पढौ

माटोमा शिल्प भरेर चलेको वीरपालको जीविका

कञ्चनपुर, ९ फागुन । माटोका भाँडाकुँडा बनाएर शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका वीरपाल कुमालका तीन पुस्ता बितेका छन् । भारतबाट बसाइँ सरेर वीरपालका बाजे भीमपाल माटोका भाँडाकुँडा बनाउन सात दशकअघि यता आएको हो । बाजेले गर्दै आएको काम उनका बुबा चिरौँजीलालले पनि निरन्तरता दिए । अहिले त्यही काम वीरपालले सम्हाल्दै आएको छ । वर्षौँदेखि यहाँ बस्दै आएका उनीसँग चार कठ्ठा चार धुर जग्गाको २०२५ मा उपलब्ध गराइएको जग्गाधनी प्रमाणपत्र पनि छ । त्यो जग्गा निकुञ्ज विस्तारित क्षेत्रमा पर्दा उनले सट्टाभर्ना पाउन भने… पुरा पढौ

माङसेवुङमा एकैपटक चारवटा सिँचाइ आयोजना थालिए

फिक्कल (इलाम), ९ फागुन । इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड ३३ लाख ६७ हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चारवटै योजनाको संयुक्तरूपमा मङ्गलबार अपराह्न शिलान्यास गरेका थिए । गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत तोभाङमा दुई, नाङरुङमा एक र खोलागाउँ टोलमा एक सिचाँइ योजनाको शिलान्यास भएको माङसेबुङ गाउँपालिका–१ का वडाध्यक्ष भूपाल योङहाङले जानकारी दिए। चौरानब्बे घरधुरी किसान प्रत्यक्ष लाभान्वित… पुरा पढौ

आँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित

सिन्धुपाल्चोक, ९ फागुन । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ र तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा एक हजार ५१ जनाले सेवा लिएका छन् । मेलम्ची, पाँचपोखरी थाङपाल, इन्द्रावती र हेलम्बुका सात स्थानमा हालै शिविर आयोजना गरिएको थियो । मेलम्ची नगरपालिका–४ पिप्लेमा भएको शिविरमा एक सय ९० जना, मेलम्ची–७ मा एक सय ५०, मेलम्ची ११ मा एक सय ६६, इन्द्रावती वडा नं १२ भीमटारका एक सय १६, हेलम्बु गाउँपालिका–२ किउलका ७३, पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्साका एक सय ८४… पुरा पढौ

साढे ६ अर्ब हिनामिना गरेका कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी पक्राउ

काठमाडौं, ९ फागुन । रूपैयाँ साढे ६ दुरूपयाेग गरेका अर्ब कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी पक्राउ परेका छन् । सहकारी ठगीको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । ठकुरीले व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेर बचतकर्ताहरुको रकम दुरूपयाेग गरेको भन्दै पीडितले प्रहरीमा उजुरी गरेपछि उनी गिरफ्तारीमा परेका हुन्। भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले फागुन ४ गते कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो । सहकारी विभागको नियमनमा पर्ने तपसिलमा उल्लेखित सहकारी संस्थाले… पुरा पढौ

बैङ्किङ क्षेत्रकाे दुष्प्रचार नगर्न राष्ट्र बैङ्ककाे आग्रह

काठमाडौं, ९ फागुन । नेपाल राष्ट्र बैङ्कले बैङ्किङजस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्ने गरी भइरहेको दुष्प्रचारको पछाडी नलाग्न सबैमा आग्रह गरेको छ । केन्द्रीय बैङ्कले सूचना प्रकाशित गरी लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैङ्किङ कारोबार गर्न अनुरोध गरेको हाे । “नेपाल राष्ट्र बङ्कबाट इजाजतपत्र प्राप्त गरी यस बैङ्कको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैङ्क तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति/समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति केन्द्रीय बैङ्कको गम्भीर ध्यानाकर्षण भएको छ”, सूचनामा… पुरा पढौ

धुलो दूधको माग घटेपछि ‘डेरी’ सञ्चालनमा समस्या

दमक, ९ फागुन । झापामा दूध तथा दुग्धजन्य सामग्री उत्पादन एवं बिक्री (डेरी सञ्चालन) गर्दै आएकाहरूले स्वदेशमा उत्पादन भएको धुलो दूधको माग घटेपछि व्यवसाय सञ्चालनमा समस्या भएको गुनासो गरेका छन् । स्थानीय किसानले उत्पादन गर्दै आएको गाई भैँसीको दूध सङ्कलन गरी बजारीकरण गर्दै आएका साना तथा मझौला डेरी व्यवसायीले किसानलाई भुक्तानी दिननसक्ने अवस्थामा आफूहरु पुगेको दुखेसो पनि गरेका छन् । विगत चार वर्ष अघिदेखि झापाको दमक–१० सेतुमारीमा डेरी सञ्चालन गर्दै आएका व्यवसायी विदुर भण्डारीले पछिल्ला केहि दिनयता डेरी व्यवसायीले स्थानीयस्तरमा… पुरा पढौ

सुदूरपश्चिम, कर्णाली र गण्डकीमा हिमपातको सम्भावना

काठमाडाैं, ९ फागुन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जनाएकाे छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षाकाे सम्भावना रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै… पुरा पढौ