Author Archive

काभ्रेमा विपद्प्रतिकार्यका लागि जनशक्ति तयार

काभ्रेपलाञ्चोक, २० असार । मनसुनका बेला जिल्लामा प्राकृतिक प्रकोप तथा हुनसक्ने विपद्जन्य घटना–अवस्थाको व्यवस्थापन गर्न जिल्लास्थित स्थानीय तह तथा सुरक्षाकर्मीद्वारा आपत्कालीन–विपद् प्रतिकार्यको तयारी थालेका छन् । बुधबारसम्म तीन दिन तालिम दिएर रोशी गाउँपालिकाले विपद् प्रतिकार्य गर्न ५२ जना जनशक्ति तयार गरेको छ । रोशीका सबै वडाका ५२ लाई तीन दिनसम्म तालिम दिएर विपद् प्रतिकार्यको लागि जनशक्ति तयार गरेको गाउँपालिकाले जनाएको हो । उनीहरुलाई भकुण्डेबेँसीस्थित नेपाली सेनाको भद्रदल गणका सहसेनानी समिर अधिकारी, इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीलगायत… पुरा पढौ

वलेफी हाइड्रोपावरकाे एसजिएम आज हुँदै, कस्ता छन् एजेण्डा ?

काठमाडौं, २० असार । वलेफी हाइड्रोपावरको विशेष साधारण सभा आज बस्दैछ । कम्पनीकाे साधारण सभा रोयल एलिनाज रेष्टुरेन्सट प्रालि, मदन भण्डारी रोड, नयाँ बानेश्वर, काठमाडौंमा पूर्वान्ह ११ बजे डाकिएकाे छ । सभामा कम्पनीका सञ्चालकहरुकाे नियुक्ति गरिने विशेष प्रस्ताव पेश गरिने भएकाे छ । यस्तै कर्जाकाे सुविधा स्वीकृतिका बारेमा छलफल गरिने भएकाे छ ।  कम्पनीले साधारण सभाकाे प्रयोजनार्थ असार ११ गते बुक क्लोज गरेकाे थियाे । सभामा भाग लिनका लागि सेयरधनीहरुले असार १० गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । पुरा पढौ

आज अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, २० असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । साथै युरो लयागत अन्यको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ३६ पैसा… पुरा पढौ

तनहुँमा सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ परीक्षा पुनः सञ्चालन हुँदै

दमौली (तनहुँ), २० असार । यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा पुनःसञ्चालनमा ल्याउने भएको छ । गत चैत १ गतेदेखि कार्यालयले परीक्षा स्थगन गरेको थियो । सवारी चालक अनुमतिपत्रका लागि फारम भरेका सेवाग्राहीको ‘बायोमेट्रिक’ सुरु गरिने कार्यालयका निमित्त प्रमुख कमला द्वारेले जानकारी दिनुभयो । तीन महिनासम्म दुई पाङ्ग्रे, चार पाङ्ग्रे, अटोरिक्सा र ट्र्याक्टरको सवारी चालक अनुमतिपत्रका लिखित तथा प्रयोगात्मक परीक्षासम्बन्धी सम्पूर्ण कार्य बन्द थियो । सार्वजनिक जग्गा मिचेर ‘ट्रायल सेन्टर’… पुरा पढौ

रास्वपा महामन्त्री डा ढकाल १ हप्ताका लागि निलम्वनमा

काठमाडौं, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुलुक ढकाललाई एक हप्ताका लागि निलम्वन गरेको छ । पार्टीको अनुशासन आयोगको सिफारिसमा उनलाई पार्टीको केन्द्रीय समितिले निलम्वन गरेको हो । बुधबार राति अबेरसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले डा ढकाललाई बैठकमा अमर्यादित र अनुशासनहीन काम व्यवहार गरेको भन्दै कारबाहीका लागि निर्णय गरेको थियो । “केन्द्रीय समितिको बैठकमा उनले पार्टीको अनुशासन विपरीत अभद्र, अमर्यादित व्यवहार प्रस्तुत गर्नुका साथै पार्टीको छवि प्रतिकूल पार्ने अभिव्यक्ति दिँदै हिँडेकाेले उहनलाई निलम्वन… पुरा पढौ

सशस्त्रद्वारा रु ११ करोड बढीकाे विल नभएका सामान बरामद

भद्रपुर (झापा), २० असार । सशस्त्र प्रहरी बल नेपालले झापामा भन्सार छली गरी भारतबाट भित्र्याइएको रु ११ करोड १० लाख ८४ हजार बढीको विल विजक नभएका सामान बरामद गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि यही असार १८ गतेसम्म सशस्त्र प्रहरी बल नेपाल २ नं गण तथा मातहतका युनिटबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिए। उनका अनुसार रु एक करोड चार लाख दुई हजार मूल्य बराबरको १२ वटा सवारी, रु… पुरा पढौ

पहिराले बेनी–जोमसोम सडकमा यातायातसेवा प्रभावित

म्याग्दी, २० असार । म्याग्दीको रघुुगङ्गा र अन्नपूूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा बर्षात्सँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ । सडकमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुन थालेको हो । सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटक घन्टौँसम्म जाममा पर्ने गरेका अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए। “रघुुगङ्गा गाउँपालिकाको बैसरी, सिरुवारी र अन्नपूर्णको… पुरा पढौ

आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष उप्रेती पक्राउ

काठमाडौं, २० असार । आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले बालाजुबाट पक्राउ गरेको छ । उप्रेतीलाई पक्राउ गरी प्रहरी वृत्त महाराजगञ्जमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “अध्यक्ष उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ, यस विषयमा विस्तृत रूपमा पछि भन्न सकिन्छ ।” सहकारी संस्थाको बचत रकम हिनामिना गरेको जाहेरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पुरा पढौ

मानिस पक्राउ गर्न प्रहरी खटिगएको भन्ने समाचार आधारहीन: सिआइबी

काठमाडौं, २० असार । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मानिस पक्राउ गर्न प्रहरी टोली खटाइएको भनेर केही मिडियामा आएको समाचारका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिआइबीले आज एक विज्ञप्ति जारीगरी विभिन्न व्यक्तिहरुको नामसमेत तोकी पक्राउ गर्न प्रहरी खटिगएको भनी आएका समाचार सामग्रीको खण्डन गरेको हो । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “ब्युरो प्रमुख तथा ब्युरोका सूचना अधिकारीसँग प्रहरी अनुसन्धान तथा कारबाही सम्बन्धमा भएका सत्यता परीक्षण नगरी आफूखुसी आमजनमानसमा भ्रम सिर्जना गरी अराजकता फैलाउने… पुरा पढौ

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडाैं, २० असार । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी,  बागमती, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। असार २० गते (बिहीबार) दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभर केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।… पुरा पढौ