Author Archive

राष्ट्रियसभाकाे साताैं अधिवेशन आजदेखि शुरु हुँदै (कार्यसूची)

काठमाडौं, १७ पुस । राष्ट्रियसभाको साताैं अधिवेशन आज अपरान्ह ४.०० देखि । शुरु हुन लागेकाे छ । हिउँदे अधिवेशनमा प्रतिनिधिसभा विघटन भएको घटनादेखि समसामयिक राजनीति र जनसरोकारका जल्दाबल्दा विषय उठ्ने भएको छ । जनता समाजवादी पार्टी (जसपा) बाट उक्त सभामा प्रतिनिधित्व गर्ने प्रमिला कुमारीले प्रतिनिधिसभा विघटन, उखु किसानका समस्या र नागरिकतालगायत जनसरोकारका मुद्दालाई यो अधिवेशनमा प्राथमिकताका साथ उठाइने बताइन । उनले भनिन, “हामी प्रतिनिधिसभा विघटनको विरोधमा आवाज उठाउँछौं, किसानले उखु बिक्री गरेको पैसा लिन ज्यानै गुमाउनुपरेको तथा शिक्षा क्षेत्रमा देखिएको… पुरा पढौ

एक महिनाभित्र उखु किसानलाई भुक्तानी दिनूःसर्वोच्च अदालत

काठमाडौं, १७ पुस । सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र क्रेता वा उद्योगबाट भुक्तानी दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई तिर्नुपर्ने रकम क्रेता वा उद्योगबाट दिनू भनी अन्तरिम आदेश जारी गरेको हो । “आफूले बेचेको समानको मूल्य पाउने कुरा बजारको सामान्य र सर्वस्वीकार्य सिद्धान्त तथा नियमभित्र पर्ने विषयसमेत उखु उत्पादन गर्ने कृषकले प्रत्येक वर्ष आफ्नो जिल्ला सदरमुकाम हुँदै देशको राजधानी काठमाडौंसम्म भुक्तानी प्राप्तिका लागि वर्षैपिच्छे हारगुहार र धर्ना… पुरा पढौ

पेट्रोलियम पाइपलाइनबाट निगमले गर्याे साढे एक अर्ब बचत

काठमाडौं, १६ पुस । नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट रु साढे एक अर्ब बचत गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६-७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको रु एक अर्ब ४७ करोड बचत भएको हो । उक्त प्रतिवेदनअनुसार प्रति महिना पाइपलाइनमार्फत इन्धन ढुवानी हुँदा रु १४ करोड ७० लाख बचत हुँदै आएको छ । गत वर्षको भदौ २४ गतेबाट मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो । इन्डियन… पुरा पढौ

शासक बन्न ओलीले संसद भंग गरे : कांग्रेस वरिष्ठ नेता पौडेल

पोखरा, १६ पुुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शासक बन्नका लागि संसद भंग गरेको आरोप लगाएका छन् । ‘ओलीको चुनाव गराउने मनसाय पनि छैन, सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढाएका छन्,’ उनले भने । ४५ औं राष्ट्रिय मेलमिलाप दिवस अवसरमा पोखरामा बिहीबार आयोजित कार्यक्रमा बोल्दै कांग्रेस वरिष्ठ नेता पौडेलले संसद भंग गरेर अन्तर्राष्ट्रिय खिचतानीको भुमरीमा देशलाई पार्न खोजेको आरोप लगाए । उनले जनताको थलो भंग गरेर देशलाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको अखडा बनाई अफ्गानिस्तानजस्तो बनाउन… पुरा पढौ

अहिलेकाे अवस्थामा जनता जिम्मेवार हुनुपर्छ : पूर्वराष्ट्रपति डा यादव

काठमाडौ, १६ पुस । पूर्वराष्ट्रपति डा रामवरण यादवले सबै मिलेमा अहिलेको समस्याको समाधान सम्भव हुने बताएका छन् । यसका लागि उनले जनताकाे पनि कर्तव्य र भूमिका हुने भएकाेले अहिलेकाे अवस्थामा जनता जिम्मेवार हुनुपर्नेमा जाेड दिए । विसं २०७२ मा स्थापित तेज–तीर्थ ट्रष्टले आज आयोजना गरेको सम्मान कार्यक्रममा पू्र्वराष्ट्रपति यादवले सबैले आआफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए । सबैले आआफ्नो जिम्मेवारी बोध गरे देशको भलो हुने उनको भनाइ थियो । “अहिलेको संरचना कायम राख्न जनताको काँधमा जिम्मेवारी आएको छ भन्दै उनले… पुरा पढौ

जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको लक्ष्य होः देउवा

काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको लक्ष्य रहेकाे बताएका छन् । साथै उनले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संवर्धन गर्नु कांग्रेसको प्रमुख जिम्मेवारी रहेको बताए । राष्ट्रिय एकता तथा मेलमिलापको दिवसका अवसरमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले आज आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले विभिन्न समुदाय र हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान नै भएको उनकाे भनाइ थियाे । सभापति देउवाले बिपी कोइरालाले २०३३ सालमा राष्ट्रिय एकता र… पुरा पढौ

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख ६६ हजारभन्दा बढी

नयाँ दिल्ली, १६ पुस । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड दुई लाख ६६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २१ हजार ८२२ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख ६६ हजार ६७४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २९९ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४८ हजार ७३८ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा… पुरा पढौ

चीन सरकारले दियो सिनोफार्मको खोपलाई अनुमति

बेइजिङ, १६ पुस चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई “सःशर्त” अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ । सिनोफार्मको खोपलाई अनुमति दिएसँगै एसियामा फैलिएको कोरोनाभाइरसको प्रभाव घटाउन यो खोप महत्वपूर्ण पाइला हुने चिनियाँ अधिकारीहरुले बताएका छन् । यसअघि नै सिनोफार्मद्वारा तयार पारिएको कोभिड विरुद्धको खोप आपतकालीन प्रयोग अन्तर्गत ४५ लाख चिनियाँ नागरिकलाई दिइसकिएको छ । खोप दिइएकाहरुमा खासगरी स्वास्थ्यकर्मी र विदेशमा काम गर्न जाने चिनियाँ नागरिक रहेका चिनियाँ स्वास्थ्य अधिकारीहरुले… पुरा पढौ

काठमाडौंको तापक्रम शून्य डिग्रीतिर

काठमाडाैं, १६ पुस । काठमाडौंको न्यूनतम तापक्रम आज शून्य दशमलव ८ डिग्रीमा झरेको छ । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौँसहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ । काठमाडौं उपत्यकाको तापक्रम अबकाे केही दिन निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । “उपत्यकाको तापक्रम माइनसमा पुग्ने सम्भावना भने कमै छ”, मौसमविद् प्रधानाङ्गले भने । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम… पुरा पढौ

आज सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट

काठमाडाैं, १६ पुस । आज सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट देखिएकाे छ । छापावाला सुन प्रतितोला रु १०० ले घटेर रू ९४ हजार १०० मा कारोवार भएकाे छ । वुधबार सुनकाे मूल्य प्रतिताेला ९४ हजार २०० मा काराेबार भएकाे थियाे । नेपाल सुनचाँदी व्यवसायी महहासंघका अनुसार तेजाबी सुन आज प्रतितोला रु ९३ हजार ६०० मा कारोवार भएकाे छ । बुधबार प्रतितोला रु ९३ हजार ७०० रूपैयाँमा कारोवार भएको थियाे । चाँदीको मूल्यमा आज ५ रूपैयाँ घटेकाे छ । चाँदी आज प्रतिताेला… पुरा पढौ