Author Archive

आजदेखि शेयर बजार खुला

काठमाडौं, १२ कात्तिक । दशैं बिदाको कारण बन्द भएको शेयर बजार आजदेखि खुलेकाे छ ।नेपालीकाे महान चाड बडादशैंको अवसरमा शुक्रबारदेखि शेयर बजार पाँच दिनका लागि बन्द भएको थियो । दशैं बिदा सकिएकोले शेयर बजार आजबाट खुलेकाे नेपाल स्टक एक्सचेञ्जले बताएको छ । शेयर बजारले गति लिन थालेकोले मंसिरमा काराेबार उच्च हुनसक्ने अर्थसंग सराेकार राख्ने जानकारहरु बताउँछन् । पुरा पढौ

वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना सङ्क्रमण

bishnu prasai
झापा, १२ कात्तिक । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाईवागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले पिसिआर परिक्षण रिपोर्ट पोजेटिभ आएको बताएका छन् । प्रसाई प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर गएका थिए । उनलाई विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको बताए । प्रसाई अहिले घरमै आइसोलेसनमा रहेका छन । उनका छोरा राजेशलाई पनि सङ्क्रमण पाेजेटिभ देखिएकाे छ । पुरा पढौ

नेपाल ट्रष्टको गोकर्ण राजनिकुञ्जको पर्खाल जीर्ण

काठमाडौं, १२ कात्तिक । नेपाल ट्रष्टको कार्यालय अन्तर्गत रहेको गोकर्ण राज निकुञ्जको उत्तरपूर्वी भेगको पर्खाल जीर्ण हुँदा त्यसमुनिको सडकबाट यात्रा गर्ने सवारी एवं स्थानीयवासी जोखिममा परेका छन् । निकुञ्जको करिब चार हजार रोपनी जग्गा घेरिएको आठ किमी पर्खालमध्ये धेरै भाग जीर्ण छ । उत्तरवाहिनीबाट दक्षिणढोकासम्मको पर्खालमुनि सडक छ । जहाँबाट दैनिक मोटरसाइकल, साइकल लगायत साना सवारी र स्थानीयवासी ओहोरदोहोर गर्छन् । जीर्ण पर्खाल ठाउँ ठाउँमा भत्किएको छ । भत्किएका केही स्थानमा काँडे तार लगाए पनि धेरै स्थानमा खुला छ ।… पुरा पढौ

भारतीय सेनाध्यक्ष कात्तिक १९ मा नेपाल आउँदै

काठमाडौं, १२ कात्तिक । भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीन दिवसीय भ्रमणका लागि यही कात्तिक १९ गते आउने भएका छन । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हन । राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई नेपाल भ्रमणमका क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशको सैनिक प्रमुृखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ । रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री… पुरा पढौ

घाइतेको उपचारमा जुट्यो रु ३ लाख

बेनी, १२ कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दी, रघुगंगा गाउँपालिका–३ पीप्लेका एक युवकको उपचारमा करीब रु तीन लाख सहयोग जुटेको छ । यही कात्तिक ५ गते रुखबाट खसेका २२ वर्षीय अवतार रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । मेरुदण्डमा चोट लागेकाले तल्लो भाग नचल्ने समस्या आएको र उपचारमा ठूलो खर्च लाग्ने भएपछि अर्थ संकलन अभियान शुरु गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी पीप्ले उपशाखा र सिवाइजी क्लबको अगुवाइमा सञ्चालन भएको सहयोग संकलन… पुरा पढौ

प्रम रोजगार कार्यक्रममा जुम्लाका १५ हजार सूचीकृत

जुम्ला, १२ कात्तिक । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जुम्लाका एक नगरपालिकासहित आठ स्थानीय तहमा १५ हजार २५१ बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष ०७७÷०७८ का लागि जुम्लाका आठ स्थानीय तहमा ती व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा सूचीकृत भएका हुन् । सरकारले गत साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास गर्ने स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो । तोकिएका समयावधिभित्र फाराम… पुरा पढौ

सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अगाडि बढ्छ:मन्त्री भट्ट

सिमकोट, १२ कात्तिक । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुख्खा बन्दरगाह निर्माणका लागि चाडै प्रक्रिया थालनि गरिने बताएका छन । मङ्गलवार महाकाली नगरपालिका १ मा सुख्खा बन्दगाह निर्माण स्थलको स्थलगत अनुगमन गर्दै उनले सरकारले प्राथमिकताका साथ बन्दगाह निर्माणको कामलाई अगाडि बढाउने बताए । वाणिज्य सचिवको नेतृत्वको टोलीले बस्तुस्थीति बुझेर प्रक्रिया शुरु गर्ने उनले बताए । मन्त्री भट्ट सँगै अनुगमनमा सांसद डा दिपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनार र मन्त्रालयको प्राविधिक टोलीको सहभागिता थियो । सुख्खा बन्दगाहका लागि… पुरा पढौ

झाँक्रीपानीमा पूर्वाधार बनेपछि पर्यटक आकर्षित

म्याग्दी, १२ कात्तिक । मङ्गला गाउँपालिका–३ स्थित झाँक्रीपानीलाई पर्यटकीय गन्तव्य बनाउन रु. ७० लाखभन्दा बढीको लागतमा पूर्वाधार निर्माण भएको छ । गाउँपालिका, प्रदेश सरकार र समुदायको सहकार्यमा उक्त पूर्वाधार तयार भएपछि पर्यटक आकर्षित हुन थालेका छन् । पूर्वाधार विकाससँगै सो स्थानमा २२ घरमा पाहुनालाई खानेबस्ने सुविधाका लागि घरबास (होमस्टे) सञ्चालन हुने भएको छ । घरबास सञ्चालन गर्न गण्डकी प्रदेश सरकारले रु. दश लाख र गाउँपालिकाले रु. एक लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । बन्दोबस्तीका सामान खरिद र खानेपानी… पुरा पढौ

कम्प्युटर प्रसेसर उत्पादक कम्पनीहरु एएमडी र झिलिङ्क्स एक हुने

सान जोसे, क्यालिफोर्निया, १२ कात्तिक । चिप्स उत्पादक कम्पनी एएमडीले झिलिङ्क्स नामको अर्को चिप्स उत्पादक कम्पनीलाई ३५ अर्ब डलरमा खरिद गर्ने निर्णय गरेको छ । यो खरिदसँगै अर्को विश्व प्रसिद्ध चिप्स उत्पादक कम्पनी इन्टेलसँगको प्रतिस्पर्धा अरु तिब्र हुने अनुमान गरिएको छ । झिलिङ्क्सलाई एएमडीमा गाभेसँगै यसको शेयर बजारको अनुपात पनि टुंगो लागेको छ । झिलिङ्क्सका शेयरधनीले अब प्रतिशेयर १.७२३४ प्राप्त गर्ने छन् । एएमडीको शेयर हिस्सा ७४ प्रतिशत रहनेछ भने झिलिङ्क्सको करिब २६ प्रतिशत हुनेछ । एएमडीले उत्पादन गरेका प्रसेसर… पुरा पढौ

मेचीनगर प्रमुख कोरोना उपचारका लागि भारत

झापा, ११ कात्तिक । मेचीनगरका प्रमुख विमल आचार्यलाई कोभिड–१९ को थप उपचारका लागि आज भारतको सिलिगुढी लगिएको छ । कोभिड–१९ बाट १६ दिनअघि संक्रमित भएपछि उनी केही दिन होम आइसोलशन र त्यसपछि लगातार विराटनगरको नोबेल हस्पिटलमा उपचाररत थिए । मधुमेहका बिरामी उनलाई स्वास्थ्य अवस्न्था कमजोर हुँदै गएपछि आज साँझ एम्बुलेन्समार्फत काँकडभिट्टा हुँदै सिलिगुढी लगिएको परिवारले जनाएको छ । पुरा पढौ