Author Archive

नेप्सेमा झिनो अंकको गिरावट, ३ अर्ब बढीको कारोबार

काठमाडौं, ८ फागुन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार नकारात्मक लयमा देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा झरेको छ । नेप्सेमा ०.०८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.८८ अंकले घटेर ३६४.३२ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ५ वटामा हरियो लागेको छ । बाँकी रहेका ८ वटा उपसमूहहरुमा हरियो लागेको छ । यसदिन कुल ३१४ कम्पनीहरुको सेयर खरिद बिक्री भएको छ । उनीहरुको ९३ लाख ४२ हजार… पुरा पढौ

१९ मुलुकका १ हजार १२५ सैनिकको बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास’ आजदेखि सुरु

काठमाडौं, ८ फागुन । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वशान्ति कार्यमा खटिएका १९ मुलुकका एक हजार एक सय २५ सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सैनिक मुख्यालय टुँडिखेलमा आयोजित विशेष समारोहमा उक्त तालिमको उद्घाटन गरे। शान्ति स्थापना मिसनमा सहभागी हुने फौजको पेसागत दक्षता, आपसी समन्वयात्मक क्षमता अभिवृद्धि सुनिश्चित गर्ने उद्देश्यले आयोजित तालिम काभ्रेस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सञ्चालन हुनेछ । संयुक्त राज्य अमेरिका ग्लोबल पिस अपरेसन इनिसिएटिभको सहयोग एवं नेपाली… पुरा पढौ

कोरियन भाषा परीक्षा पुस २ गते सकिने

काठमाडौं, ८ फागुन । इपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ । सोमबार पहिलो चरणअन्तर्गत सुरु भएको उक्त परीक्षामा ४७ हजार पाँच सय १९ जना सहभागी हुने उक्त परीक्षा आउँदो चैत २४ गते सकिने इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन् । उनका अनुसार दोस्रो चरणमा ७९ हजार नौ सय ३७ जनाको परीक्षा लिइने भएको र उक्त परीक्षा आउँदो २०८१ को वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सञ्चालन हुने छ… पुरा पढौ

सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित

सोलुखुम्बु, ८ फागुन । पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ । गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो । यसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि नाम्चे र खुम्जुङ क्षेत्र पुग्ने स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका छन् । खुम्बुमा याम सुरु भएकाले अहिले दैनिक एक सय हाराहारीमा विदेशी पर्यटक खुम्बु पुग्ने गरेको पर्यटक प्रहरी कार्यालय नाम्चेको तथ्याङ्क छ । अहिले… पुरा पढौ

एमएम कप राष्ट्रिय क्रिकेट : मधेस प्रदेश दोस्रोपटक ‘च्याम्पियन’

कास्की, ८ फागुन । मधेस प्रदेश दोस्रो पटक मनमोहन मेमोरियल (एमएम) कप राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको तेस्रो संस्करणको प्रतियोगिताको सम्पन्न फाइनल प्रतिस्पर्धामा सुदूरपश्चिम प्रदेशमाथि पाँच विकेटको सानदार जित निकाल्दै मधेस दोस्रोपटक च्याम्पियन बन्न सफल भयो । यसअघि मधेसले पहिलो संस्करणको उपाधि जितेको थियो । च्याम्पियन बनेको मधेशले रु एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको सुदूरले रु ५० हजार र… पुरा पढौ

जन्ती जीप दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो

दमौली (तनहुँ), ८ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरस्थित भित्री सडकमा सोमबार भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या तीन पुगेको छ । जन्ती बोकेर छापस्वाँरा जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । घाइतेमध्ये आँबुखैरेनी गाउँपालिका-६ का ५६ वर्षीय शेरबहादुर गुरुङको सोमबार राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। दुर्घटनामा परी सोही ठाउँ बस्ने ७२ वर्षीय आसपुर गुरुङ र व्यास नगरपालिका-९ गजौडे बस्ने… पुरा पढौ

इराकी राष्ट्रपतिद्वारा सद्रवादी कार्यकर्ता हत्याको निन्दा

बग्दाद, ८ फागुन । इराकी राष्ट्रपति अब्दुल लतिफ रशिदले शिया धर्मगुरु मुक्तादा अल-सद्रप्रति वफादार एक जना प्रमुख कार्यकर्ताको अपहरण र हत्याको निन्दा गरेका छन् । उनले यस घटनालाई सुरक्षा, स्थिरता र शान्तिपूर्ण सहअस्तित्वका लागि खतरा भएको बताए। रशिदले विज्ञप्ति जारी गर्दै प्रसिद्ध ब्लगर आयसेर अल-खाफाजीको हत्या कानूनको उल्लङ्घन हो भन्दै सुरक्षा बलहरूलाई नागरिकको सुरक्षाका लागि सुरक्षा उपायहरू कडा पार्न निर्देशन दिए । उहाँले उक्त घटनाको छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन पनि उनले सम्बन्धित पक्षलाई आग्रह गरे। अल-खाफाजी सोमबार बिहान… पुरा पढौ

जनवरीमा ६०० भन्दा बढी श्रीलङ्कालीहरू कृषिका लागि इजरायल प्रस्थान

कोलम्बो, ८ फागुन । जनवरी महिनामा ६०० भन्दा बढी श्रीलङ्कालीहरू कृषि क्षेत्रको कामका लागि इजरायल गएको श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले सोमबार सञ्चारमाध्यमलाई बताएका छन्। उहाँले गत जनवरीमा ६०२ जना श्रीलङ्काली कृषि कार्यका लागि श्रीलङ्ला गएको बताए । मन्त्रीले छिट्टै इजरायली कृषि मन्त्रीलाई भेटेर त्यहाँ कृषि मजदुर पठाउने औपचारिक सम्झौतामा हस्ताक्षर गर्ने जानकारी दिए । नानायक्काराले गत वर्ष १ हजार ७० श्रीलङ्कालीहरू हेरचाहकर्ताको रूपमा इजरायलमा रोजगारीका लागि गएको पनि जानकारी दिए । इजरायल आधुनिक प्रविधियुक्त कृषि प्रणालीका लागि… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा ०.०३ अंककाे गिरावट

काठमाडौं, ८ फागुन । साताकाे सेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेपाली सेयर बजारमा नकारात्मक लय देखिएकाे छ । यसदिन नेप्सेकाे प्रि ओपन सेसनमा नेप्से पिरसूचक ०.०३ अंकले घटेको छ । यसरी घटेकाे नेप्से परिसूचक २०३४.७८ विन्दुमा झरेको छ । याे अवधिमा रूपैयाँ ५ लाख १० हजार रुपैयाँ बढीको कारोबार भएको छ । ३१ कम्पनीको ९ सय ५७ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएकाे छ ।  नेप्सेका अनुसार यस सेसनमा ४५ वटा कम्पनीहरूकाे सेयर कारोबार भएको छ। उनीहरूमा १३ वटा… पुरा पढौ

मंगलबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

काठमाडौं, ८ फागुन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुन तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख १७ हजार ४ सय ५०… पुरा पढौ