Author Archive

चीन र श्रीलङ्कासँग डिजिटल कारोबार सम्झौताको अन्तिम तयारी हुँदैछ : गभर्नर अधिकारी

काठमाडौं, २६ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चीन र श्रीलङ्कासँग डिजिटल भुक्तानी कारोबारसम्बन्धी सम्झौता अन्तिम चरणमा पुगेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिसम्बन्धी अन्तरक्रियामा बोल्दै गभर्नर अधिकारीले चीनको ‘अलि पे’ र श्रीलङकाको ‘लंका पे’सँग डिजिटल भुक्तानी कारोबारका लागि निकट भविष्यमै सम्झौता हुने बताए । भारतसँग डिजिटल कारोबार सुरु भएसँगै कारोबार बढेकोसमेत उल्लेख गरे। नेपालमा भारतीय रुपैयाँ २५ हजारसम्म मात्र नगद बोक्न मिल्ने प्रावधान पाँच सयभन्दा ठूला दरका नोटका… पुरा पढौ

पोखरामा पहिरोमा घर पुरिँदा मृत्यु

कास्की, २६ असार । पोखरामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको घर आज बिहान पहिरो पुरिँदा उहाँका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले घटनास्थलबाट ५० वर्षीय कमला थापालाई सकुशल उद्धार गरेको जानकारी दिए। इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले घटनास्थलमा खोज तथा उद्धार गरेका थिए । उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल २४ नं गण… पुरा पढौ

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं, २६ असार । तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो । पुरा पढौ

इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर निर्माण

भरतपुर, २६ असार । चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको रु एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन् । मङ्गलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित कार्याक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गरे। सो अवसरमा उनले गाउँपालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको बताए । “पालिकाले चेपाङ समुदायको घर निर्माणको योजना बनाएर सरकारलाई… पुरा पढौ

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बलेवा (बागलुङ), २६ असार । मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । गलकोट नगरपालिका–१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । भिरालो जमिनमा पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । उनले प्रहरी र स्थानीयले पहिरो पन्छाउने प्रयास गरिरहेका बताए। लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङ र छिमेकी जिल्ला रुकुमबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन दुदिलाभाटीमा रोकिएका छन्… पुरा पढौ

पुनःनिर्माणपछि आकर्षक बन्दैछ पाल्पा दरबार सङ्ग्रहालय

रामपुर (पाल्पा), २५ असार । ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने ध्येयले पुराना जीर्ण संरचनाको पुनःनिर्माण थालिएको थियो । लुम्बिनी प्रदेश सरकार , पुरातत्व विभाग र तानसेन नगरपालिकाको सहकार्यमा दरबार क्षेत्र परिसरमा ढुङ्गा छाप्ने, पर्खाल बनाउने र जीर्ण भएको मूलढोका पुनःनिर्माण जारी छ । दरबारको सुरक्षार्थ बनाइएको पर्खाल र यसभित्रको संरचनामा ढुङ्गा बिछ्याउने काम यस आर्थिक वर्षभित्रै सक्नेगरी धमाधम भइरहेको छ । पुन ः निर्माणक लागि… पुरा पढौ

काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट पारित

काठमाडौं, २६ असार । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । राष्ट्रियसभा गृहमा आज बसेको १५औँ नगरसभाको पाँचौँ बैठकबाट महानगरको नीति तथा कार्यक्रम र बजेट पारित गरिएको हो । बैठकमा नगरप्रमुख बालेन्द्र साहले पेस गरे संशोधित नीति तथा कार्यक्रम र बजेटलाई नगरसभा सदस्यले सर्वसम्मत पारित गरेका हुन् । बैठकमा नगरसदस्यले बजेटमाथि आ–आफ्नो धारणा राखे। नगरप्रमुख साहले नगरसदस्यले उठाएको विषय र सुझावलाई यथासम्भव समावेश हुने गरी बजेट र नीति तथा कार्यक्रम… पुरा पढौ

७८ वर्षयताकै सर्वाधिक वर्षा कञ्चनपुरमा ६२४.० मिलिमिटर

काठमाडौं, २६ असार । नेपालमा वर्षा मापन भएको ७८ वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सर्वाधिक पानी परेको छ । यही असार २३ र २४ गते कञ्चनपुरको दोधारामा २००३ सालयताकै सर्वाधिक वर्षा भएको पाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरको दोधारा, हनुमान नगर र सुन्दरपुरमा २००३ सालयताकै बढी वर्षा भएको छ । यही असार २४ गते बिहान ०८ः४५ बजे मापन गरिएको प्रारम्भिक तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा दोधारामा ६२४.० मिलिमिटर, हनुमान नगरमा ५७३.६ मिलिमिटर… पुरा पढौ

भरतपुर महानगरले वितरण गर्यो १ करोड अनुदानको कृषि उपकरण

चितवन, २५ असार । भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उप–प्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषकलाई उपकरणका चाबी हस्तान्तरण गरे। महानरपालिकाले ५० प्रतिशत अनुदानमा रु २ करोडको उपकरण वितरण गरेकोे कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिए। उपकरण हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरले कृषि उत्पादनलाई जोड दिएकाले वर्षेनी यस्ता यन्त्र उपकरण हस्तान्तरण गर्ने गरेको… पुरा पढौ

नेप्से २१५२.१४ विन्दुमा उक्लियो, साढे ५ अर्बको कारोबार

काठमाडौं, २५ असार । सेयर बजारमा करेक्सन भएको भोलिपल्टै आज नेप्से उकालोको यात्रामा गएको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारले उकालोको यात्रा तय गरेपछि लगानीकर्ताहरुको मनोबल बढेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नयाँ मौद्रिक नीति आएपछि आशाका नयाँ चरणहरु शुरु हुने र बजारमैत्री नीतिको कारण सुधारका संकेतहरु देखिएको बताएका छन् । राष्ट्र बैंकको लचिलो नीतिको कारण बजारको माहोल सकारात्मक बन्ने अपेक्षामा रहेका लगानीकर्ताहरुको चहलपहल हुनुले मंगलबार नेप्सेमा १५.७९ अंकको बृद्धि भएको… पुरा पढौ