Author Archive

नेपालीको इतिहास गर्व गर्न योग्य छ, अब अवस्था बदल्नै पर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको इतिहास गर्व गर्न लायकको रहेको बताएका छन् । इञ्जिनियर दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको इतिहास प्रशंसायोग्य भए पनि अहिलेको अवस्था भने त्यति राम्रो नभएको बताए । देशलाई बिग्रिएको अवस्थाबाट उज्यालोतर्फ लैजानु आजको आवश्यकता रहेको उनले बताए। प्रधानमन्त्री ओलीले वर्तमान सरकार देशमा देखिएका विद्यमान समस्या समाधान गर्न लागिपरेको स्पष्ट पारे । “आज सन्तोष मान्ने र खुसी हुने अवस्था छैन, यस अवस्थालाई हामीले बदल्नै पर्छ”, उनले… पुरा पढौ

नेप्से २४२४.३२ विन्दुमा उक्लियो, साढे १५ अर्बको कारोबार

काठमाडौं, ३ साउन । नयाँ गठबन्धनको सरकारका अर्थमन्त्री विष्णु पाैडेलले पदभार ग्रहण गरेपछि उकालो लागेको सेयर बजारको यात्रा यथावत रहेको छ । सूचकहरुका साथै कुल कारोबार रकम पनि बढीरहेको छ । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा ५९.६८ अंकको बृद्धि भएको छ । यसरी बढेको नेप्से परिसूचक २४२४.३२ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.५२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १६.३७ अंकले बढेर ४३६.१४ विन्दुमा पुगेको छ । १३ उपसमूहहरुमध्ये दुईवटामा मात्रै रातो लागेको छ । बाँकी… पुरा पढौ

गुल्मीमा राहदानीबाट रु ६ करोड भन्दाबढी राजस्व सङ्कलन

गुल्मी, ३ साउन । जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक वर्ष २०८०/ ८१ मा राहदानीबाट मात्र रु ६ करोडभन्दा बढीको राजस्व सङ्कलन गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सबैभन्दा बढी राजस्व राहदानीबाट सङ्कल भएको जानकारी दिए। १२ हजार चार सय ५० राहदानी वितरण गर्दा सो आवमा २०८०÷८१ मा ६ करोड ३३ लाख रुपैयाँ सङ्कल भएको हो । गत आवमा राहदानीबाट सात करोड भन्दा बढी रकम सङ्कलन भएको थियो । कार्यालयबाट आव २०८०/८१ मा पाँच हजार सात सय ३६ नागरिकताको… पुरा पढौ

मुसहर समुदायलाई बीमाको साथ

महोत्तरी, ३ साउन । मधेशमा मुसहर समुदायलाई ‘न राख्ने अन्न, न सञ्चय गर्ने धन’ आर्जका लागि उभ्याइन्छ । गुजाराको सहारा कृषि मजदुरी पेसाका मुसहर एक दिन बनी गर्न (मजदुरी गर्न) नजाने हो भने घरमा चुलोे बल्दैन । ‘कमाइ ल्यायो, भुटी खायो’ मुसहरको जीवन पद्दति नै बनेको छ । पराले झुप्रो र त्यसले ओगटेको जग्गाबाहेकको सम्पत्ति मुसहरसँग छैन । हातपाखरा चलुञ्जेल बनिबुतो गर्ने, पाखुरा चल्न छाडेपछि जीवनयापन कठिन हुन्छ । यस्तो परिवेशका मुसहरका लागि एकमुष्ट रु एक लाख ठूलो हो ।… पुरा पढौ

गण्डकी प्रदेशमा सरकार पुनः गठनमा सहमति खोजिँदै

गण्डकी, ३ साउन । प्रमुख दुई दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचमा नयाँ सत्तासमीकरणका लागि भएको सहमतिअनुसार सङ्घीय सरकार गठन भइसक्दा पनि गण्डकी प्रदेशमा नयाँ सरकार गठनबारे छलफल नै सुरु भएको छैन । कांग्रेसले गण्डकी प्रदेशको मुख्यमन्त्री पाउने शीर्ष तहमा सहमति भएको भनिए पनि प्रदेशमा सत्ता साझेदारीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा दुवै दलले कुराकानी गरेका छैनन् । एमाले गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले नयाँ सरकार गठनबारे कांग्रेससँग अब छलफल सुरु गरिने जानकारी दिए।… पुरा पढौ

अष्ट्रेलियाको बेरोजगारी जून महिनामा बढेर ४.१ प्रतिशत पुग्याे

क्यानबेरा(अष्ट्रेलिया),३ साउन । अष्ट्रेलियाको बेरोजगारी दर जून महिनामा बढेर ४.१ प्रतिशत पुगेको छ । यस अघि मे महिनामा बेरोजगारी दर ४.० प्रतिशत रहेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम बलको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार गत मे – जुन महिनाको बिचमा कार्यरत अस्ट्रेलियालीको सङ्ख्या ५० हजार २०० ले बढेको थियो । सोही अवधिमा बेरोजगार अस्ट्रेलियालीको सङ्ख्या पनि नौ हजार ७०० ले बढ्दा बेरोजगारीदर वृद्वि भएको हो । सहभागिता दरले काम गर्ने उमेरका अष्ट्रेलियालीको अनुपात… पुरा पढौ

भाग्यलाई चुनौती दिन सकिन्न, अपरिहार्य छ : भारतीय प्रवचक

नयाँ दिल्ली, ३ साउन । भारतमा आयोजित एक धार्मिक भेलामा भएको घातक भागदौडमा एक सय २० भन्दा बढी मानिसहरुको ज्यान गएको घटनाको समिक्षा गर्दै एक भारतीय प्रवचकले भाग्यलाई चुनौती दिन नसकिने र मृत्यु अपरिहार्य रहेको बताएका छन् । उत्तरी सहर हाथरसमा आयोजित हिन्दु धार्मिक सभामा जुलाई २ मा भएको भागदौडमा एक सय २१ जनाको मृत्यु भएपछी पहिलो पटक सञ्चारमाध्यमसमक्ष प्रस्तुत भएका प्रवचक भोलेबाबाले आफू यो त्रासदीबाट दुखी भएको बताए । “जे भयो त्यसबाट म धेरै दुखी छु, तर भाग्यलाई कसले चुनौती… पुरा पढौ

यस्ता छन माैद्रिक नीतिका लागि नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका सुझाव

काठमाडौं, ३ साउन । मुलुकभरका हजारौं गहना व्यवसायीहरुको मुख्य कच्चा पदार्थको रुपमा रहेको सुन, चाँदी आदि वहुमूल्य वस्तुको आपूर्तिलाई सहज, पारदर्शी, बैज्ञानिक किसिमले व्यवस्थापन गर्ने कार्य सधैं नै पेचिलो विषय बन्दै आएको महासंघले जनाएको छ । यस विषयलाई महासंघले अत्यन्तै गहनतापूर्वक लिई सो बारे राज्यका सरोकारवाला निकायहरुमा सुझावहरु प्रस्तुत गर्दै आएको पनि बताएको छ । यस विषयलाई आगामी मौद्रिक नीति मार्फत संवोधन गर्न नेपाल राष्ट्र बैंक समक्ष महासंघले अनुरोध गरेको छ । सांस्कृतिक महत्वको वस्तुबाट विकासित हुँदै वर्तमान सम्म आइपुग्दा… पुरा पढौ

‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ नेपाललाई

काठमाडौं, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ मुलुकलाई प्राप्त भएकाेमा सम्पूर्ण नेपालीलाई बधाई दिएका छन् । इन्टरनेसनल क्रिकेट काउन्सिलले यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । “यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ, बधाई नेपाली”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् । नेपालले राम्रो क्रिकेट मात्र खेलेको नभई त्यति नै मात्रामा खेललाई पनि साथ दिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । “हामी राम्रो क्रिकेट खेलिरहेका… पुरा पढौ

बिहिबार घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३ साउन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबकारका लागि छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ ३५ ले घटेको जानकारी गराएको छ । छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल तोलाको १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ३ सयले घटेर… पुरा पढौ