Author Archive

आज सार्वजनिक बिदा, सेयर बजार, बैंक-वित्तीय संस्था बन्द हुने

काठमाडौं, ७ फागुन । आज सोमबार सेयर बजारकाे काराेबार नहुने भएकाे छ । आज फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको कारण काराेबार नहुने भएकाे हाे । आज सेयर बजारका साथसाथै बैंक तथा वित्तीय संस्थाहरू, सरकारी कार्यालयहरू पनि बन्द रहने भएका छन्। बिदाकाे कारण बन्द भएकाे अर्थ बजार मंगलबार खुल्नेछ । आइतबार नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.९२ विन्दुमा राेकिएकाे थियाे । पुरा पढौ

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, धेरै स्थानमा बदली

काठमाडाैं, ७ फागुन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणाली (Western Disturbance) को प्रभावका कारण सोमबार देखि शुक्रबार सम्म नेपालको धेरै स्थानहरूमा आंशिक देखि साधारणतया बदलीको सम्भावना रहेको छ । उक्त पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा यस प्रणालीको प्रभावका कारण सोमबार देखि बुधबार सम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानमा हल्का देखि… पुरा पढौ

हाम्राे लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै हाे : अध्यक्ष ओली

घोडाघोडी (कैलाली), ६ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाइने बताएका छन्। नेकपा (एमाले) कैलालीको नवौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले राजनीतिक परिवर्तनलाई मूर्त रुप दिई देशमा सुशासनको बाटोमार्फत समृद्ध नेपाल सुखी नेपाली बनाइने बताए। उनले भने, “राजनीतिक क्षेत्रमा बलिदान ग¥यौँ, अब विकासमार्फत देशलाई परिवर्तन गर्नुछ ।” अहिले मुलुक गम्भीर मोडमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, “राष्ट्रियता कमजोर भएको छ ।” आफ्नो पार्टीले हरेक पालिकामा अस्पताल बनाउने… पुरा पढौ

आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त

काठमाडौं, ६ फागुन । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्टलाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले भट्टलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन। सरकारका प्रवक्ता शर्माले भनिन्,“ सरकारले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरुको विद्युत् महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय भएको छ ।” त्यसैगरी सरकारले सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि, २०७४… पुरा पढौ

मेलम्ची आयोजनामा भ्रष्टाचार : पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, ६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिवहरूसहित १५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसीलाई काम नै नगरी भुक्तानी गरेको पाइएकाले परामर्शदाता तथा निर्माण कम्पनीमाथि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको पाइएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगले पूर्वसचिव सञ्जय शर्माविरुद्ध रु छ करोड ९७ लाख ८३ हजार एक सय ७८, सहसचिव मुकुन्दप्रसाद पौडेलविरुद्ध पनि समान बिगो दाबी गरेको छ । खानेपानी मन्त्रालयका… पुरा पढौ

पर्यटन गतिविधि बढाउँन पानी जहाज थप्दै श्रीलङ्का

कोलम्बो, ६ फागुन । पर्यटन गतिविधि बढाउँन श्रीलङ्काले पानी जहाज थप्ने तयारी गरेको छ । श्रीलङ्काको बन्दरगाहमा फेब्रुअरीदेखि अप्रिलसम्म पचासवटा क्रुज जहाजहरू बोलाइने तयारी रहेको सरकारी सञ्चारमाध्यमले आइतबार बीएचआरलाई उद्धृत गर्दै उल्लेख गरेको छ। श्रीलङ्का पर्यटन विकास प्राधिकरणका महानिर्देशक सारिफो दीनले दिएको जानकारी अनुसार अधिकांश क्रुज जहाजहरू कोलम्बो बन्दरगाहमा र केही हम्बनटोटा र त्रिन्कोमाली बन्दरगाहमा रहने छन् । सामान्यतया प्रत्येक क्रुज जहाजमा करिब १,००० यात्रु बोक्ने क्षमताका हुनेछन् र ती जहाजहरू श्रीलङ्काको बन्दरगाहमा करिब दुई दिनसम्म लङ्गर हुने अपेक्षा गरिएको… पुरा पढौ

मध्यस्थतासम्बन्धी पाँचदिने तालिम सञ्चालन

काठमाडौं, ६ फागुन । लामो अदालती प्रक्रिया र पीडित तथा पीडक पक्षलाई न्याय दिलाउने सहज माध्यमका रूपमा रहेको मध्यस्थता क्षेत्रलाई सशक्त बनाउने उद्देश्यका साथ काठमाडौंमा ‘सम्झौता व्यवस्थापन तथा विवाद समाधान’सम्बन्धी पाँचदिने तालिम सञ्चालन भइरहेको छ । फागुन ४ गतेदेखि जारी तालिममा ‘सम्झौता मस्यौदाको सिद्धान्त र कर्पोरेट मुद्दा’, ‘नेपालमा अदालतको हस्तक्षेप र मध्यस्थताको निर्णयको कार्यान्वयन’ जस्ता १० विषयमा कार्यपत्र प्रस्तुत तथा प्रशिक्षण भइरहेको छ । पहिलो दिन डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षता र नेपाल… पुरा पढौ

बैंङ्किङ कसूर तथा सजाय विधेयकमाथि छलफल

काठमाडौं, ६ फागुन । प्रतिनिधिसभाको आजको बैठकले ‘बैंङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आजको बैठकमा यस्तो प्रस्ताव पेश गर्नुभएको थियो । यो विधेयकमाथि संशोधन प्रस्ताव हाल्न चाहनुहुने सांसदलाई ७२ घण्टाभित्र प्रतिनिधिसभा विधेयक शाखामा संशोधन प्रस्ताव बुझाउन भनिएको छ । बैंकिङ तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने चेक अनादर जस्ता कसूरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो ऐन ल्याउन लागिएको हो ।… पुरा पढौ

नवलपुरका किसानलाई चैते धान रोप्न भ्याइनभ्याइ

मध्यविन्दु (नवलपरासी), ६ फागुन । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले चैते(हिउँदे) धान लगाउन व्यस्त छन्  । दुई बाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानलाई अहिले धान रोप्न भ्याइनभ्याइ छ । मकैभन्दा धान उत्पादन राम्रो हुने र दुई बाली धान लगाउँदा एक बालीको धान बिक्री गरेर आम्दानी गर्न सकिने भएकाले किसानहरू यसतर्फ आकर्षित भएका हुन् । विगत चार वर्षदेखि जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी, बुलिङटार, बौदीकाली… पुरा पढौ

आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश स्वीकृत

काठमाडौं, ६ फागुन । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० बहुमतले स्वीकृत गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव आजको बैठकमा राखे। आजको बैठकमा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० लाई अस्वीकार गरियोस् भनी राखेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । सांसद सुवालको उक्त प्रस्ताव भने बहुमतले अस्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत माघ ४ गते आर्थिक कार्यविधि तथा… पुरा पढौ