Author Archive

वैशाखदेखि आकस्मिक सेवा सुरु गर्दै पोखरा शिक्षण अस्पताल

पाेखरा, ९ चैत । पोखरा विश्वविद्यालयले संचालन गर्न लागेकाे पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले आगामी वैशाखदेखि आकस्मिक सेवा सुरु गर्ने भएको छ । विसं २०७९ भदौ २२ गतेदेखि ओपिडी सञ्चालन गर्दै आएकाेमा अस्पताललाई पूर्णरूपमा सञ्चालन गर्ने तयारी गर्दै आकस्मिक सेवा सञ्चालन गर्न लागिएको हो । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन डा अमर नागिलाले शिक्षण अस्पताल सञ्चालनको सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिएका छन । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिवको संयोजकत्वमा गठित वातावरणीय अध्ययन प्रतिवेदन जाँचबुझसम्बन्धी प्राविधिक समितिलाई… पुरा पढौ

गुणस्तर तथा नापतौलले गर्याे ९ सय ७३ व्यावसायिक फर्मलाई कारबाही,२ उद्योगमाथि मुद्दा दायर

काठमाडाैं ८ चैत । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा चितवन जिल्लामा सञ्चालनमा रहेका दुई उद्योगमाथि मुद्दा दायर गरेको जनाएको छ । नापतौल यन्त्रजाँचसम्बन्धी अनुमतिपत्र नलिई आफूखुसी नापतौल यन्त्रको प्रयोग गरेको पाइएपछि उक्त मुद्दा दायर गरिएको जनाइएको छ । कार्यालयका अनुसार चितवनमा रहेको खजुरी बिस्कुटको नेपाल प्रालि तथा याक विव्रिग कम्पनीमाथि सम्बन्धित जिल्लामा सो मुद्दा दायर गरिएको कार्यालय प्रमुख मनिषकुमार दासले जानकारी दिए । साथै सो कार्यालयले चालु आवको साउनदेखि फागुनसम्म नापतौल यन्त्रको नवीकरण नगराउने र अटेर गर्ने… पुरा पढौ

उद्योग क्षेत्रमा ६२ वर्षमा २८ खर्ब लगानी

काठमाडौं, ७ चैत । करिब ६२ वर्षको अवधिमा उद्योग क्षेत्रमा मात्रै करिब २८ खर्ब बराबरको लगानी भएको पाइएकोे छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ९विभिन्न क्षेत्रका उद्योगमा० २७ खर्ब ८२ अर्ब बराबरको लगानी प्रस्ताव भएको छ । आर्थिक वर्ष २०१७/१८ सालदेखि २०७९/८० सम्म ८ हजार ९ सय ७४ उद्योगका लागि उक्त लगानी प्रस्ताव भएको हो । उक्त तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगमम्ध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा रहेको छ । तथ्याङ्क… पुरा पढौ

प्रोग्रेसिभ फाइनान्सले सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम

पोखरा, ७ चैत । प्रोग्रेसिभ फाइनान्स लिमिटेडको शाखा कार्यालय पोखराले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयले आज कान्तिपुर टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज पोखरामा कक्षा ११ र १२ को विद्यार्थीहरुलाई लक्षित गरी उक्त कार्यक्रम सम्पन्न गरेको हो । नेपाल राष्ट्र बैंकका निर्देशक तथा गण्डकी प्रदेश प्रमुख आर्या जोशीको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको अध्यक्षता फाइनान्सका पोखरा शाखा प्रबन्धक टंक प्रसाद ढकालले गरेका थिए । कार्यक्रममा गुहेश्वरी मर्चेट बैंकिङ एण्ड फाइनान्सका शाखा प्रबन्धक बिज्ञान गौतम र कलेजका सहायक प्रध्यापक निश्चल… पुरा पढौ

सरकारलाई छिट्टै पूर्णता दिने प्रधानमन्त्री दाहालको भनाइ

गोरखा, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु भएको बताएका छन् । गोरखाको हर्मीमा पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति कार्यको आज शिलान्यास गर्दै उनले विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिन छलफल सुरु भइसकेको बताएका हुन् । प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिन नेपाली कांग्रेसलगायत अन्य दलसँग छलफल भइरहेको जानकारी दिए । “हिजोदेखि फेरि एउटा राजनीतिक वातावरण बनेको छ, लय पक्रिएको छ”, उनले भने, “सदनमा रहेका झन्डै ११ पार्टीको विश्वासको मतसहित अब छिट्टै हामी सरकारलाई पूर्णता दिने प्रक्रियामा… पुरा पढौ

स्टार्टअपले अब ३ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण पाउने

काठमाडौं, ७ चैत । अब स्टार्टअपले ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण पाउने भएका छन् । उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले 'स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि २०७९' स्वीकृत गरेर कार्यान्वयनमा ल्याएसँगै यो सुविधा उपलब्‍ध हुने भएको हो । उक्त कार्यविधि अनुसार सरकारले तोकेको मापदण्डमा परेका स्टार्टअपहरु अधिकतम ७ वर्षसम्मका लागि ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म बिना धितो कर्जा पाउन योग्य हुनेछन् । यो कार्यविधि कार्यान्वयनका लागि सरकारले १४ प्रकारका क्षेत्रमा गरिने उद्यमलाई 'स्टार्टअप' शीर्षकमा सूचीबद्ध गरेको छ । यसरी… पुरा पढौ

अन्नपूर्ण क्षेत्रका पदमार्गमा किन घट्यो आकर्षण?

गलेश्वर, ७ चैत । विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले जस्तो चहलपहल छैन । मोटरबाटोले दूरी बढाउँदै जाँदा यस क्षेत्रका पदमार्गमा हिँड्नेहरु घट्दै गएका छन् । हरियाली जङ्गलबीच चराचुरुङ्गीको चिरबिरसँगै गोरेटो बाटो पछ्याउँदै गरिने पदयात्राको रोमाञ्चकता अचेल कम हुँदै जान थालेको छ । पिठ्यूँमा झोला बोकी लौरीको सहारामा उकालो-ओरालो गर्नेहरुको सङ्ख्या पनि पातलिँदै जान थालेको हो । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने प्रायः सबै भित्री गाउँमा सडक सञ्जाल पुगिसकेको छ । जसले सवारी साधनको सङ्ख्या र… पुरा पढौ

रामपुर अस्पतालको सेवा विस्तार हुँदै

रामपुर, ७ चैत । सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि पछिल्लो समय रामपुर अस्पतालमै जानेक्रम बाक्लिँदो छ । अस्पतालले बिरामीको स्वास्थ्योपचारलाई मध्यनजर गर्दै सेवा क्षेत्र थप गरिरहेको छ । यस क्षेत्रका नागरिकलाई आफ्नै गाउँमै सहज सेवा दिलाउन कम साधन स्रोत, जनशक्ति अभावका बीच सेवालाई फराकिलो बनाउँदै गएको छ । सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा रहेको यस अस्पतालमा हाल प्रसूति, एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिललगायतको शल्यक्रियामार्फत उपचार हुन थालेपछि स्थानीयवासीलाई ठूलो राहत पुगेको निस्दी गाउँपालिका–१… पुरा पढौ

सम्बन्ध विस्तारका लागि काठमाडौं विश्वविद्यालयले स्थानीय तहसँग समन्वय गर्ने

काभ्रे, ७ चैत । काठमाडौं विश्वविद्यालयले काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहसँग समन्वय गर्ने भएको छ । समुदायसँग सम्बन्ध बिस्तार गर्ने उद्देश्यले विश्वविद्यालयले स्थलगत भ्रमण तथा अवलोकन पनि सुरु गरेको छ । समुदायका समस्या र आवश्यकता पूरा गर्न विश्वविद्यालयमा भएका प्राज्ञिक जनशक्तिमार्फत समाधान गरी समुदायको स्तरोन्नति गर्ने उद्देश्यले अभियान सुरु गरिइएको बताइएको छ । यसअन्तर्गत हालसम्म अधिकांश स्थानीय तहको भ्रमण सम्पन्न भइसकेको विश्वविद्यालय सामुदायिक सम्बन्ध विस्तार महाशाखाका निर्देशक किशोर खनालले जानकारी दिए । समाज र विश्वविश्वद्यालयको संयुक्त पहलमार्फत स्थानीय तहका… पुरा पढौ

कागबेनीमा पिण्डदान गर्नेको घुइँचो

मुस्ताङ, ७ चैत । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित कागबेनीमा औँसी तिथि पारेर मङ्गलबार बिहान दिवंगत आफन्तहरुको नाममा पिण्डदान गर्न लागेका भक्तजनहरुको घुइँचो । मृत्यु तिथि नखुलेका आफन्तको नाममा कागबेनीमा चैत कृष्ण औँसी र सोह्र श्राद्धको समयमा पिण्ड दान गरेमा उनिहरुले मुक्ती पाउने हिन्दु धर्मावलम्बीहरुको विश्वास छ । तस्बिरः सन्तोष गौतमररासस पुरा पढौ