Author Archive

सांग्रिला बैंक र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल बिच स्वास्थ्य सम्झौता

पोखरा, २३ पुष । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टर बिच बैंकका ग्राहक महानुभाव, बैंकका कर्मचारी तथा शेयरधनी महानुभावहरुलाई बिभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन । सम्झौता अनुसार गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरले बैंकका ग्राहक… पुरा पढौ

बुढीगण्डकी जलविद्युत आयोजना पीपीपी मोडलमा बनाउन चेम्बर अध्यक्ष मल्लको आग्रह

काठमाडौं, २० पौष। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनालाई सार्वजनिक निजी साझेदारीमा तत्काल अगाडी बढाउनुपर्ने बताए । गोरखा चेम्बर अफ कमर्सद्धारा गोरखामा आयोजित कृषि, पर्यटन तथा व्यपार प्रर्वद्धन मेलालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण प्रक्रिया सार्वजनिक निजी साझेदारीमा तत्काल शुरु गर्नुपर्नेमा जोड दिए । अध्यक्ष मल्लले भने नेपालबाट भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भएको छ, यसलाई कार्यान्व्यन गर्नका लागि पनि बढुगण्डकी जलविद्युत आयोजनालाई सार्वजनिक… पुरा पढौ

ग्लोबल आइएमई लघुवित्तले गर्यो भुकम्प पिडितलाई राहत वितरण

पोखरा, १९ मंसिर । पोखरा महानगरपालिका– २६, बिजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले जाजरकोट भुकम्प पिडितलाई रु. ११ लाख ७४ हजार नगद राहत वितरण गरेको छ । वित्तीय संस्थामा आवद्ध ग्राहक सदस्य तथा अभिभावकहरुको भुकम्पका कारण भएको क्षतीलाई मध्यनजर गर्दै संस्थाले उक्त रकम वितरण गरेको हो । वित्तीय संस्थाको राडीबजार, रागेचौर र दुल्लु शाखाका कुल २९९ जना सदस्य तथा अभिभावकहरुलाई राहत रकम वितरण गरिएको वित्तीय संस्थाले जनाएको छ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर मिति २०८० कार्तिक… पुरा पढौ

गरिमा विकास बैंकले १७ औं वार्षिकोत्सवमा गर्यो १७ वटा सामाजिक काम

काठमाडौं, ७ मङ्सिर । गरिमा विकास बैंक लिमिटेड आजबाट आफ्नो स्थापनाकालको १६औं बर्ष पूरा गरि १७औं बसन्तमा प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सवको अवसरमा देशको राजधानी काठमाडौंको पुतलीसडकमा १२३ औं शाखा विस्तार गरेको छ भने देशैभर एकैदिन १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको बताइएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा आयोजित रक्तदान कार्यक्रमबाट १०९ युनिट, क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदान कार्यक्रमबाट १५२ युनिट र क्षेत्रीय कार्यालय पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट १०५ युनिट गरि जम्मा ३६६… पुरा पढौ

गरिमा बैंकले जित्यो कामना सेवा फुटसल कप सिजन ३ को उपाधी

काठमाडाैं, १९ कात्तिक । कामना सेवा विकास बैंकले वार्षिकोत्सवको अवसरमा आयोजना गरेकाे तेस्रो अन्तर बैंक फुटसल कप २०८० को उपाधी गरिमा विकास बैंकले जितेको छ । पुरुष तर्फको खेलको फाइनल खेलमा गरिमा विकास बैंकले माछापुच्छ्रे बैंकलाई २–१ ले हराउदै उक्त उपाधी जितेको हो । उपाधी जित्ने क्रममा गरिमा विकास बैंकले सेमिफाईनल खेलमा प्रभु बैंकलाई पेनाल्टी सुटआउटमा ३–१ र फाईनल खेलमा बलियो प्रतिद्वन्द्वी माछापुच्छ्रे बैंकलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । यहि कात्तिक १७ र १८ गते काठमाण्डाैमा सम्पन्न प्रतियोगितामा… पुरा पढौ

सबैको लघुवित्तले दियो दालमोठ, भुजिया, पापड बनाउने तालिम

काठमाडाैं, १ कार्तिक । तनहुँ जिल्ला बन्दिपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले दालमोठ, भुजिया, पापड बनाउने तालिम सम्पन्न गरेको छ । संस्थाले आफ्ना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा यहि आश्विन २५ गते चन्द्रनिगाहपुर–८, रौतहटमा उक्त तालिम सम्पन्न गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले जानकारी दिए । प्रशिक्षक अनिता कुमारी दनुवार, रोहित कुमार श्रेष्ठ, राधे कृष्ण दत्तले सहभागिहरुलाई तालिम दिएका थिए । दालमोठ, भुजिया, पापड बनाउने विधिका बारेमा, संस्थाका सेवाहरुको बारेमा साथै वित्तीय साक्षरता सम्बन्धी… पुरा पढौ

आरविवि मर्चेन्ट बैंकिङ्गको आठौं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डाैं, ३० असाेज । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी रहेको आरविवि मर्चेन्ट बैंकिङ्गको यहि असोज २९ गते आठौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । सञ्चालक समितिका अध्यक्ष देवेन्द्र रमण खनालको अध्यक्षतामा सम्पन्न साधारण सभाले आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु, आ.व. २०७९/०८० को नाफाबाट कम्पनीको चुक्ता पुँजीको १३.१६ प्रतिशत नगद लाभाशं(कर सहित) र आ.व. २०८०/८१ को बाह्रय लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताबहरु पारित गरेको छ । पुरा पढौ

एन आई सी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुको प्रतिफल घोषणा

काठमा‌ण्डाै‌, २९ असाेज । एन आई सी एशिया क्यापिटल लिमिटेडद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुको प्रतिफल घोषणा गरेको छ । यहि आश्विन २७ गते शनिबार क्यापिटलको कार्यालय थापाथली, काठमाण्डौमा बसेको संचालक समितिको १३१औं बैठकले आर्थिक वर्ष २०७९/०८० का लागि एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरु मध्ये एन आई सी एशिया ग्रोथ फण्डले इकाईधनीहरुलाई १०.५० प्रतिशत (कर सहित) का दरले हुन आउने रकम ८ करोड ७६ लाख ९६ हजार र एन आई सी एशिया ब्यालेन्सड् फण्डले इकाईधनीहरुलाई… पुरा पढौ

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी नियुक्त

काठमाडौं, २२ असाेज । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा बैंकर तोयाराज अधिकारी नियुक्त भएका छन् । फाइनान्सको सञ्चालक समितिको आइतबार बसेको २५६ बैठकले उनलाई सीईओ नियुक्त गरेको हो । २० वर्ष भन्दा बढीको बैंकिङ अनुभव बटुलेका अधिकारीले यसअघि बेस्ट फाइनान्स कंपनी लि, साबिक कामना विकास बैंक, साबिक कास्की फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन । हाल ४ वर्षे कार्यकालका लागि गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडमा नियुक्त भएका उनले आजै बाट जिम्मेवारी समेत… पुरा पढौ

दशैँको अवसरमा काठमाडौंमा एक दिने माईपे मेला हुने

काठमाडौं, १९ असाेज । माईपे इभेन्टस्को आयोजनामा दशैँको अवसरमा एक दिने माईपे मेला कार्यक्रम गर्ने भएको छ । असोज २६ गते शुक्रबार दरबारमार्ग स्थित होटल अन्नपूर्णमा माईपे इभेन्टस्को आयोजनामा उक्त मेला हुन लागेको हो । मेलामा नेपालका चर्चित गायक सुगम पेखरेल, द इलिमेन्टस्, कबवेब, सनुप पौडेल, अनिल रिजाल लगायतका गायकहरुको प्रस्तुती रहने छ । केहि दिन अघि मात्रै माईपे इभेन्टस्ले बलिउडका चर्चित गायक कैलाश खेरलाई नेपाल ल्याएर पहिलो संगितिक कार्यक्रम गरेको थियो । त्यस लगत्तै उसले दोस्रो संगितिक कार्यक्रम स्वरुप… पुरा पढौ