Author Archive

यस्तो छ राष्ट्रपति र उपराष्ट्रपतिको तलब तथा सुविधा

काठमाडौं, १ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल हालै नेपालको तेस्रो राष्ट्रपति बनेका छन् । उपराष्ट्रपतिको निर्वाचन पनि आगामी चैत ३ गतेका लागि तोकिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिमा संघीय सांसद र प्रदेश सांसदले मतदान गर्ने पाउने व्यवस्था रहेको छ । १ जना संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ हुन्छ । तिनै सांसदले नै मतदान गरेर मुलुकको चौथो उपराष्ट्रपति चुन्दैछन् । राष्ट्रपति र उपराष्ट्रपतिको तलब, सुविधा कति हुन्छ भन्ने आम मानिसको चासोको विषय हुन सक्छ… पुरा पढौ

भू-वर्गीकरण गर्न किन आलटाल गर्दैछन् काभ्रेका स्थानीय तह?

काभ्रेपलाञ्चोक, १ चैत । सरकारले भू–उपयोग नियमावली जारी गरी १० क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेअनुसार यहाँका आधाजसो स्थानीय तहले त्यसप्रति ध्यान दिइएको पाइँदैन । जग्गाको जथाभावी कित्ताकाट रोक्ने उद्देश्यले सरकारले गत जेठमा उक्त व्यवस्था गरेको थियो । यहाँका ६ स्थानीय तहले ६ महिना बितिसक्दासमेत जग्गा वर्गीकरण गरेका छैनन् । भू–उपयोग नियमावलीअनुसार कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्रमा जग्गाको अनिवार्य वर्गीकरण… पुरा पढौ

८ महिनामा बजेट घाटा डेढ खर्ब बढी, पुँजीगत खर्च २२ प्रतिशत

काठमाडौं, १ चैत। चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ८ महिनामा सरकारको बजेट घाटा १ खर्ब ५६ अर्ब ४४ करोड नाघेको पाइएको छ । फागुन मसान्तसम्म सरकारले ७ खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गरेको छ । राजस्व सङ्कलन जम्मा ६ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै रहेको छ । महालेखा नियन्त्रक कार्यालयले हालै सार्वजनिक गरेको चालु आवको फागुन मसान्तसम्मको राजस्व सङ्कलन र बजेट खर्च विवरणअनुसार सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको हो । यो अवधिमा सरकारी… पुरा पढौ

ग्लोबल आइएमई लघुवित्तले सम्पन्न गर्यो कर्जा व्यवस्थापन तालिम

काठमाडौं, १ चैत । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले जोखिम तथा कर्जा व्यवस्थापन तालिम सम्पन्न गरेको छ । लघुवित्तले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गत रहेका २७ वटा शाखाका फिल्ड सहायकहरुको अन्तरक्रियासहित उक्त तालिम सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन र समापन वित्तीय संस्थाका कर्जा विभाग प्रमुख पदम बहादुर घिमिरेले गरेका थिए । कार्यक्रममा कर्मचारीहरुले कार्य सञ्चालनका क्रममा भोगेका समस्या र चुनौती प्रस्तुत गर्दै केन्द्रीय कार्यालयको समन्वयमा शाखाको लक्ष्य अनुसारको प्रगति हासिल गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा कर्मचारीको असल… पुरा पढौ

पोखराको टेम्पल ट्री रिसोर्ट १३ औं वर्षमा प्रवेश

पोखरा, १ चैत । पोखराको लेकसाइडमा रहेको टेम्पल ट्री रिसोर्ट एण्ड स्पा सञ्चालनको १२ औं वर्ष पूरा गरी १३औं वर्षमा प्रवेश गरेको छ । टिपिकल पश्चिमी नेपालको ढाँचा झल्किने डिजाइनमा बनेको यो रिसोर्ट स्विमिङ पुल, हेल्थ क्लब, स्पा, सेमिनार हल, रेष्टुरेण्ट, बार तथा सुन्दर बगैंचाले सजिएको छ । विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल तथा वेब साइटहरुले यसलाई उत्कृष्ट रिसोर्टको सूचीमा राखेका छन् । यसबाहेक बुकिङ डट कमले पनि यो रिसोर्टलाई बर्सेनि उत्कृष्ट स्टार प्रदान गर्दै आएको सञ्चालकहरुको दावी छ । १३औं… पुरा पढौ

एनएमबि बैंकको मर्चेन्ट क्युआरमा १ हजार रूपैयाँ बोनस पाइने

काठमाडौं, १ चैत । एनएमबि बैंकले आफ्ना मर्चेन्टका लागि क्युआरमा १ हजार रूपैयाँ बोनस अफर ल्याएको छ । बैंकमा खाता खोलिसकेका मर्चेन्टहरु तथा नयाँ मर्चेन्टहरुले १ रूपैयाँभन्दा माथिको क्युआर मर्फत पहिलो भुक्तानी लिँदा १ हजार रूपैयाँको बोनस जित्ने मौका पाइने बैंकले जनाएको छ । यो योजना फागुन १५ देखि सुरु भएको र सो योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा करेन्ट अकाउन्ट हुन जरुरी रहेको बैंकको भनाइ छ । एनएमबि बैंक विगत २६ वर्ष देखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान… पुरा पढौ

यसकारण बढ्दैछ विद्युतीय चुलोप्रति मधेसवासीको आकर्षण

धनुषा, १ चैत । केही वर्षअघिसम्म घरका भित्ता र सडकमा समेत गाईवस्तुका गोबरलाई गुइँठा बनाएर खाना पकाउने इन्धनको रूपमा प्रयोग गर्ने मधेस प्रदेशका ग्रामीण क्षेत्रका बासिन्दा आजभोलि विद्युतीय चुलोतिर आकर्षित भएका छन् । गाउँ–गाउँसम्म केन्द्रीय प्रसारणको विद्युत् लाइन विस्तार भएसँगै भान्छामा स्वच्छ ऊर्जाको प्रयोग गर्नुपर्छ भन्ने जनचेतनाका कारण विद्युतीय चुलोको प्रयोग बढ्न थालेको हो । यहाँका अधिकांश युवा वैदेशिक रोजगारमा जाने गरेको र कतिपय व्यक्तिहरूले स्वदेशमै विभिन्न व्यवसायमा संलग्न भएसँगै परिवारको आर्थिक स्थितिमा सुधार आउँदा पक्की घरको निर्माण गर्ने, भान्छामा… पुरा पढौ

प्रतिभा उच्च माविमा मनिपालले आयोजना गर्यो निःशुल्क स्वास्थ्य शिविर

पोखरा, १ चैत । पोखराको पालिखे चोकमा रहेको प्रतिभा उच्च माध्यमिक विद्यालयमा दन्त शिविर सम्पन्न भएको छ । मनिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको निःशुल्क दन्त शिविरमा विद्यालयका ४ सय १५ जना विद्यार्थीहरुले दन्त परीक्षण गराएका छन् । शिविरमा विद्यालयका कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्रछात्राहरुले दाँतको परीक्षण गराएका थिए । परीक्षणमा जटिल समस्या देखिएकाहरुलाई अस्पताल रिफर गरिएको छ । मंगलबार भएको कार्यक्रममा स्वास्थ्य परीक्षण गर्ने आउने बिरामीलाई निःशुल्क आवश्यक औषधि समेत वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा… पुरा पढौ

बुधबारको प्रि-ओपन सेसनमा १ अंकले बढ्यो नेप्से

काठमाडौं, १ चैत । आज बुधबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा करिब १ अंकको बढोत्तरी भएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो मंगलबार यो परिसूचक १.८५ अंक बढेर १९५३.०६ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने नेप्से ०.८९ अंक बढेर १९५३.९६ विन्दुमा पुगेको छ । सोही सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.३५ अंकले वृद्धि भएको छ। आज बुधबारको प्रि-ओपन सेसनमा ११ वटा स्टकको १ लाख ४८ हजार ६३७ रुपैयाँ बराबरको ४१९ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ७… पुरा पढौ

पोखराको नयाँ बजारमा सडकमै पार्किङ

पोखरा, १ चैत । पोखराको नयाँ बजारमा सडकमै पार्किङ गरिएका मोटरसाइकल । अव्यवस्थित पार्किङले ट्राफिक व्यवस्थापनमा चुनौती थपेको छ । तस्बिर : रामबहादुर थापा-रासस पुरा पढौ