Author Archive

लक्ष्मी क्यापिटल र सनराइज क्यापिटल बीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सम्झौता

काठमाण्डौं, १९ असोज । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेड बीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी यहि असोज १८ गते औपाचारिक सम्झौता सम्पन्न भएको छ । समझदारी पत्रमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका छन् । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको मुख्य संस्था लक्ष्मी बैंक लिमिटेड मिति २०८० साल आषाढ २८ गतेबाट सनराइज बैंक लिमिटेडसँग गाभिएर लक्ष्मी सनराइज बैंक लिमिटेड भई एकिकृत कारोबार प्रारम्भ भएपछि लक्ष्मी सनराइज… पुरा पढौ

गरिमा विकास बैंकले सुरु गर्याे क्रेडिट कार्डमा ईएमआई सेवा

काठमाण्डौं, १९ असोज । गरिमा विकास बैंकले विकास बैंकहरुमा पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवा सुरु गरेको छ ।“आज किन्नुहोस् र पछि तिर्नुहोस्” सिद्धान्तमा आधारित रहने क्रेडिट कार्ड सुविधा बैंकले आफ्ना ग्राहक महानुभावहरुका लागि सुरुवात गरिसकेको छ । यसलाई थप ग्राहकमैत्री बनाउने उद्देश्यका साथ बैंकले क्रेडिट कार्डमा ईएमआई सेवा अर्थात किस्ताबन्दीको सुरुवात गरेको हो । यस अन्तर्गत, बैंकले सम्झौता गरेको विक्रेताहरुसँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकै पटक नभई जिरो प्रतिशत ब्याजदरमा… पुरा पढौ

गरिमा बैंकको मोबाईल बैकिङको पहुँच अब विदेशमा पनि

काठमाण्डौं, ११ असोज । गरिमा विकास बैंकले आफ्ना विदेशमा रहेका ग्राहकहरुको पहुँच हुनेगरी मोबाईल बैकिङ सेवालाई स्तरोन्नती गरेको छ । हाल रोजगारी, अध्ययन एवं विभिन्न सिलसिलामा विदेशमा रहेका नेपालीहरुको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । अल्पसङ्ख्यक नेपालीहरु विदेशमा रहँदै गर्दा नेपालस्थित आफ्नो बैंक खातासम्मको पहुँच जस्तै कारोबार विवरण हेर्न एवं स–साना कारोबार गर्न समेत असहज परिस्थिती रहेको अवस्थामा गरिमा विकास बैंकले विदेशमा रहेका ग्राहकलाई सहज होस भनेर मोबाईल बैकिङ सेवालाई स्तरोन्नती गरेको हो । अब विदेशमा बसि गरिमा विकास बैंक… पुरा पढौ

सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरी बिच छुट सम्झौता

काठमाण्डौं, ९ असोज । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) बिच सम्झौता भएको छ । बैंकका ग्राहकहरु, बैंकका कर्मचारी तथा शेयरधनी महानुभावहरुलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले आज सम्झौता भएको हाे । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङ्घले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी)ले बैंकका ग्राहक महानुभाव, बैंकका कर्मचारी… पुरा पढौ

प्रोग्रेशिभ फाइनान्स र स्टार हस्पिटलबीच सम्झौता

काठमाण्डौं, ४ असोज । प्रोग्रेशिभ फाइनान्स लिमिटेड र सानेपाको स्टार हस्पिटल बीच स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात प्रोग्रेशिभ फाइनान्सका कर्मचारी तथा ग्राहकहरुले स्टार हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य उपचार सेवामा २० प्रतिशतसम्मको छुट पाउने बताइएको छ । सम्झौतामा प्रोग्रेशिभ फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ तथा स्टार हस्पिटल प्रा.लि.का तर्फबाट प्रमुख सञ्चालन अधिकृत सन्देश जीसीले हस्ताक्षर गरेका थिए । उक्त अवसरमा प्रोग्रेशिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले… पुरा पढौ

सिभिल क्यापिटलको विशेष साधारण सभा सम्पन्न

काठमाडौं, २७ भाद्र । सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा आज भाद्र २७ गते सम्पन्न भएको छ ।सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्टको अध्यक्षतामा सिटिसी मल, सुन्धारा, काठमाडौंमा विशेष साधारण सभा सम्पन्न भएको हो । यस सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने/प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान अनुपात १००:३१ को आधारमा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाइ प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको बताइएकाे छ । पुरा पढौ

सांग्रिला बैंक र हिमाल डेन्टल हस्पिटल बिच सम्झौता

काठमाण्डौ, २६ भाद्र । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटल बिच सम्झौता भएको छ । बैंकका ग्राहक महानुभाव तथा बैंकका कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा भाद्र २५ गते हस्ताक्षर भएको हो । सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलको तर्फबाट निर्देशक डा.राजेन्द्र भट्टले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक महानुभाव, तथा कर्मचारीहरुलाई विभिन्न किसिमका ओ.पि.डि, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धीत सम्पूर्ण उपचारमा… पुरा पढौ

सिन्धु विकास बैंकको १४औं वार्षिकोत्सव सम्पन्न

काठमाण्डौं, २५ भाद्र । सिन्धु विकास बैंक लिमिटेडले भाद्र २४ गते आफ्नो १४औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाएको छ । बैंकको बार्षिकोत्सवको उपलक्ष्यमा बैंकले बिभिन्न कार्यक्रमहरु मध्ये जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपालाई ट्राफिक उपरकारण तथा सुरक्षा सामाग्री हस्तान्तरण, बिभिन्न बिद्यालयहरुमा शैक्षिक सामाग्रीहरु बितरण लगायत खेलकुद प्रतियोगीता गर्नुका साथै बैंकको कर्पोरेट कार्यालय बनेपा तथा क्षेत्रीय कार्यालय नारायणगढको पाङ्गगणमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा बनेपा बजार तथा नारायणगढ बजार आसपासका स्थानिय वासिन्दा, नेपाल प्रहरी, जिल्ला रेडक्रस सोसाईटी तथा… पुरा पढौ

गरिमा बैंककाे हरितालिका तीज विशेष गीत र टिकटक प्रतियोगिता

काठमाण्डौं, २५ भदाै । गरिमा विकास बैंकले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरि तीज विशेष गीत सार्वजनिक गरेको छ । करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक एवं संगितकार घनश्याम रिजालको शब्द र गायिका समिक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारीक युटुव च्यानल र टिकटकबाट उक्त गित हेर्न र सुन्न सकिने बैंकले जनाएको छ । हरितालिका तीजलाई अझ विशेष बनाउन बैंकले तीज विशेष टिकटक प्रतियोगिता “गरिमा तीज” पनि सार्वजनिक गरेको छ । यस विकास बैकले… पुरा पढौ

सांग्रिला बैंककाे वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रम

काठमाण्डौ, २५ भाद्र । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वित्तीय साक्षरता जागरणका लागि भैरहवामा प्रभातफेरी सहितको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले २०८० भाद्र २२ गते भैरहवा क्षेत्रको बुद्वचोक हुदै देवकोटाचोक, बैंक रोड, जिल्ला प्रशासन टोल, नारायण टोल र पुन बुद्वचोकमा पुगेर सो प्रभातफेरी सहितको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा उच्च व्यवस्थापनका कर्मचारी, विभागीय प्रमुखहरु, क्लष्टर प्रमुखहरु र देशभरका सम्पूर्ण शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । उक्त वित्तिय साक्षरता सम्बन्धी कार्यक्रमले सो क्षेत्रका… पुरा पढौ