Author Archive

जसलाई नारी दिवसले छोएन

दाङ, २४ फागुन । दाङको बङलाचुली गाउँपालिका–३ का महिला जङ्गलबाट घाँसको भारी बोकेर घर फर्कँदै । 'आज त नारी दिवस हो नि !' भन्ने प्रसङ्गमा आफूलाई कुनै दिवसले नछोएको उनीहरु बताउँछन् । तस्बिर : रञ्जिता अधिकारी-रासस पुरा पढौ

सामाजिक सञ्जालमार्फत हिंसा बढ्दो: अध्ययन

काठमाडौं, २४ फागुन । पछिल्लो समय सामाजिक सञ्जालबाट पीडा भोग्नेहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ । गैरसरकारी संस्था महासङ्घ नेपालले मङ्गलबार आयोजना गरेको ‘सूचना प्रविधि र महिला अधिकारका सवाल’ विषयक अन्तरक्रियामा सञ्चारकर्मी बबिता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालबाट हिंसा हुने गरेको तथ्य सुनाइन् । उनका अनुसार फेसबुक म्यासेन्जरबाट सबैभन्दा बढी ६२ दशमलव ३ प्रतिशत हिंसामा पर्ने गरेको देखिएको छ । त्यस्तै, फेसबुकबाट ६१ दशमलव २ प्रतिशत हिंसा हुने गरेको छ । सामाजिक सञ्जाल ट्विटरबाट १५ दशमलव ३ प्रतिशत र ह्वाट्सएपमा… पुरा पढौ

पोखरा विमानस्थलमा बिहीबारदेखि रात्रिकालीन उडान हुने

पोखरा, २४ फागुन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि रात्रीकालिन उडान सुरु गरिने भएको छ । पूर्वाधार पर्याप्त भएका कारण रात्रिकालीन उडान पनि गर्न दिने तयारी भएको विमानस्थाल स्रोतले जनाएको छ । मौसमी अनुकुलताअनुसार बेलुकी हुने उडानका लागि नागरिक उड्डयन प्राधिकरण सकारात्मक भएपछि यो सम्भव हुने भएको हो । विमानस्थलका प्रमुख विक्रमराज गौतमका अनुसार इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली सुरु भएको विमानस्थलबाट आन्तरिक उडान गर्दै आएका विभिन्न वायुसेवाको तालिका बनाउन सुरु गरिएको छ । आइएफआर प्रणाली सुरु भइसकेको र ढिला भएको… पुरा पढौ

रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतबाट आयो फैसलाको पूर्णपाठ

काठमाडौं, २४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतबाट फैसलाको पूर्ण जारी भएको छ । सर्वोच्च अदालतले लामिछाने आगामी उपनिर्वाचनमा उम्मेदवार बन्न मिल्नेगरी फैसलाको पूर्णपाठ जारी गरेको हो । गत माघ १३ गते लामिछानेविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले सुनुवाई गर्दै फैसला सुनाएपछि तत्कालीन गृहमन्त्री लामिछानेको सांसद, मन्त्री र पार्टी सभापति पद समेत खारेज भएको थियो । सर्वोच्चले सोही फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो । लामिछानेले आफू पुन: गृहमन्त्री हुनुपर्ने माग राखेकामा प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल उक्त… पुरा पढौ

चिसो घटेपछि खुल्न थाले ढोरपाटनका विद्यालय

बागलुङ, फागुन २४ गते । अत्यधिक चिसो बढेपछि करिब १ महिना बन्द भएका बागलुङको ढोरपाटन नगरपालिका–९, ढोरपाटन उपत्यकाका विद्यालय पुनः सञ्चालनमा आएका छन् । जाडो छल्न बेँसी झरेका बालबालिका गर्मी मौसमको सुरुवातसँगै ढोरपाटन उक्लेपछि विद्यालय सञ्चालन गरिएको हो । गत पुस १८ गतेदेखि बन्द भएका विद्यालय फागुन पहिलो सातादेखि सञ्चालनमा आएका हुन् । चिसो बढेपछि ढोरपाटन उपत्यकाको विकास आधारभूत विद्यालय, सल्लाथान प्रावि, ढोरपाटन दुर्गम प्रावि, बालज्योति प्रावि, सिद्धथान प्राविको पठनपाठन बन्द गरिएको थियो । विद्यालय बन्द भएपछि चिसो छल्न विद्यार्थी… पुरा पढौ

कालीगण्डकी प्रसारण लाइनको ३ वर्षदेखिको अवरोध हटाइँदै

पर्वत, २४ फागुन । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण करिडोरअन्तर्गत कुश्मा–बुटवल खण्डको फलेवासमा भइरहेको अवरोध हट्ने भएको छ । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा ३ वर्षदेखि फलेवास नगरपालिका–६ मा स्थानीयले अवरोध गरेपछि काम ठप्प बनेको थियो । फलेवास–६ देवीस्थानस्थित विद्यालय र रङ्गशालामा क्षति पुग्ने भन्दै स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गर्दै निर्माणमा अवरोध गरेका थिए । स्थानीयको अवरोधका कारण फलेवासमा प्रसारण लाइनका ४ वटा टावर निर्माण हुन सकेका छैनन् । लामो समयसम्म काम अघि बढ्न नसकेपछि… पुरा पढौ

मैवाखोलामा गाउँमै गर्भवतीको स्वास्थ्य जाँच

ताप्लेजुङ, २४ फागुन । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले भिडियो एक्स–रे मार्फत गाउँमै गर्भवतीको स्वास्थ्य जाँचको व्यवस्था गरेको छ । गर्भवती  र गर्भमा रहेको शिशुको अवस्थाबारे जानकारी दिन गाउँपालिकाले उक्त सेवा सञ्चालन गरेको हो । गाउँपालिकाभित्रका सबै गर्भवतीको स्वास्थ्य जाँच गर्न समय तालिका बनाएर विभिन्न स्वास्थ्यचौकीमार्फत सेवा दिइरहेको गाउँपालिकाका अध्यक्ष विजय किराँतले जानकारी दिए । प्रत्येक महिनाको ८, १६ र २४ गते गर्भवतीको जाँच गर्ने तालिका बनाएर सेवा दिन थालिएको छ । हरेक महिनाको ८ गते मैवाखोला–३ र ४ का गर्भवतीले साँघु… पुरा पढौ

प्रभु इन्स्योरेन्सद्वारा ७.०५ प्रतिशत लाभांश पारित

काठमाडौं, २४ फागुन । प्रभु इन्स्योरेन्स लिमिटेडको २७ औँ वार्षिक साधारण सभा फाल्गुण मंगलबार सम्पन्न भएको छ । तीनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा सम्पन्न वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८-०७९ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ६.७० प्रतिशत बोनश सेयर तथा बोनस सुेयरमा लाग्ने कर बापत ०.३५ प्रतिशत नगद लाभांश गरी जम्मा ७.०५ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको छ । वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष कुसुम लामाले कम्पनीले व्यवसाय वृद्धिसँगै… पुरा पढौ

७ महिनामा भित्रियो ७ अर्बभन्दा बढीको मोटरसाइकल र स्कुटर

काठमाडौं, २४ फागुन । चालु आर्थिक वर्षको शुरुवाती ७ महिनामा नेपालमा ७ अर्बभन्दा बढीको मोटरसाइलक तथा स्कुटर भित्रिएको छ । यो आँकडा अघिल्लो आर्थिक वर्षको तुलनामा ६३ प्रतिशत हाराहारीले कम हो । हालै भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको वैदेशिक व्यापारको वित्तीय विवरण अनुसार यो अवधिमा गत वर्षको सोही अवधिको तुलनामा मोटरसाइकल तथा स्कुटर आयातमा ६२.४९ प्रतिशतले कमी आएको पाइएको छ । सार्वजनिक भएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा ७ अर्ब ३३ करोड ६० लाख रुपैयाँ बराबरको मोटरसाइल… पुरा पढौ

हजारौंलाई संसार देखाउने डा. रुइत जब जन्मभूमि फर्किए…

ताप्लेजुङ, २३ फागुन । आफू जन्मे–हुर्केको गाउँको माया सबैलाई हुन्छ । त्यही भूगोलसँग बलियो भावनात्मक सम्बन्ध हुन्छ । जहाँ उनीहरूले परिचित र सान्त्वनाको महसुस गर्छन् । गृहनगरको प्रेम शक्तिशाली र स्थायी हुन्छ भन्ने कुरा आफ्नो जन्मिएको, हुर्किएको गाउँमा फर्किएकाहरूले प्रष्टै झल्काउँछन् । “आफू जन्मे–हुर्केको ठाउँको माया सबैलाई लाग्छ, मलाई पनि त्यो मायाले तानेर बेला–बेलामा जन्मेहुर्केको आफ्नो गाउँमा ल्याउँछ”, गृहजिल्ला ताप्लेजुङ आएका डा सन्दुक रुइतले भने । जन्मगाउँ ओलाङ्चुङगोला प्रस्थान गर्नुअघि फक्ताङलुङ गाउँपालिकाको तापेथोकमा आयोजित आँखा शिविरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जन्मभूमिप्रति… पुरा पढौ