Author Archive

कामना सेवा बैंकद्वारा श्रीकृष्ण प्रणामी मन्दिरलाई रेफ्रिजेरेटर हस्तान्तरण

काठमाण्डौ, २१ भाद्र । कामना सेवा विकास बैंक लिमिटेडले भाद्र २० गते बुधबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा रेफ्रिजेरेटर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यायल श्रृजनाचोक, पोखरा मार्फत पोखरा म.न.पा. वडा नं ८, रत्नचोक स्थित श्रीकृष्ण प्रणामी मन्दिरलाई उक्त रेफ्रिजेरेटर हस्तान्तरण गरेको हो । बैंकको सञ्चालक बलराम बरालले श्रीकृष्ण प्रणामी मन्दिर समिति नेपालका अध्यक्ष पुरुषोत्तम रेग्मीलाई उक्त रेफ्रिजेरेटर हस्तान्तरण गरेका थिए । बैंकले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा समितिद्वारा आयोजित श्रीकृष्ण प्राकट्य महा महोत्सव कार्यक्रमको बीच उक्त… पुरा पढौ

वात्सल्य आई.भी.एफ. क्लिनिक ७ औं वर्षमा प्रवेश

काठमाण्डाै, २० भाद्र । नेपालमा आधुनिक आई.भी.एफ. को जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आई. भी. एफ. ले ३ हजार भन्दा अधिक दम्पतीलाई आई. भी. एफ. विधि मार्फत् सन्तान प्राप्तिको खुसी दिंदै, आज श्री कृष्ण जन्माष्टमीको पावन दिनमा आफ्नो ७ औं वर्षमा प्रवेश गरेको छ। हरेक महिना करिब ६० देखि ७० प्रतिशत सम्मको आई. भी. एफ. सफलता दर निरन्तर हासिल गर्दै आएको यस क्लिनिकमा अहिलेसम्म ७ हजार भन्दा अधिक दम्पतीले सन्तान लाभ (३०००+ आई. भी. एफ., १८००+ आई. यू.… पुरा पढौ

गरिमा क्यापिटलले गर्यो “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता”आयोजना

काठमाण्डौं, १८ भदाै। नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको छ। क्यापिटलले तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि भाद्र १७ गतेदेखि आश्विन ०५ गतेसम्मका लागी “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता”आयोजना गरेको हो । सेल्फी प्रतियोगितामा भाग लिनको इच्छुक सहभागीहरुले परम्परागत पोशाकमा लिनुभएको आफ्नो फोटो गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेजको “Mentions” मा पोष्ट गर्नुपर्नेछ। फोटो पोष्ट गर्दा #GarimacapitalTeejSaareemaSelfie #GarimacapitalTeej #NepaliFestival #Garimacapitallimited ह्यासट्यागहरू समावेश… पुरा पढौ

साधना लघुवित्त र सबैको लघुवित्त बीच मर्जरमा जाने सम्झौता

काठमाण्डौं, १७ भाद्र । साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड बीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । दुवै संस्था बीच २०८० भाद्र १५ गते शुक्रबारका दिन मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मर्जरपछि बन्ने लघुवित्त वित्तीय संस्थाको नाम सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहने सहमति भएको छ । उक्त सम्झौता पत्रमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट अध्यक्ष कृष्ण बहादुर थापा र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको… पुरा पढौ

गरिमा बैंकबाट ११.९९ प्रतिशत निश्चित व्याजदरमा गरिमा सरल घर कर्जा र एसएमई आवधिक कर्जा पाइने

काठमाण्डाै, ३२ साउन । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको “आफ्नै घर–आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्य सहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ । कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म निश्चित (Fixed) ११.९९ प्रतिशत रहने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले सफल आवाजलाई बताएका छन । ११.९९ प्रतिशतको निश्चित तथा आर्कषक… पुरा पढौ

सिटिजन्स बैंक र दराज बिच छुट सम्झौता

काठमाण्डाै, १५ साउन । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र दराज क्यामू प्राइभेट लिमिटेड बिच सिटिजन्स बैंकका ग्राहकहरुलाई दराजमा सामान किन्दा विशेष छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सो सम्झौता पश्चात सिटिजन्स बैंकका कार्डवाहकहरुले हरेक विहिवार दराजमा अनलाइन मार्फत भुक्तानी गर्दा रु ५०० सम्म छुट पाउन सक्नेछन् । यसका साथै सिटिजन्स बैंकबाट यही अगस्ट १ तारिख पश्चात नयाँ कार्ड प्राप्त गरेका ग्राहकहरुले दराजमा प्रथम पटक कारोबार गर्दा समेत थप रु १५० सम्मको भौचर प्राप्त गर्न सक्नेछन् । दराज क्यामुको… पुरा पढौ

सिटिजन्स बैंक र अप्रिकस क्याफे प्रा.लि. तथा ठमेल मोमोतारू रेष्टुरेन्ट प्रा.लि.बीच सम्झौता

काठमाडौं, १० साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टङ्गाल, काठमाडौं स्थित अप्रिकस क्याफे तथा ठमेल, काठमाडौं स्थित ठमेल मोमोतारू रेस्टुरेन्ट बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले अप्रिकस क्याफेमा ५% र मोमोतारू रेस्टुरेन्टका ठमेल, सानेपा र लेकसाइड पोखरा आउटलेट मा १५% सम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुको साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल… पुरा पढौ

रिद्धि सिद्धि सिमेन्टकाे “मकवानपुर स्मार्ट स्टुडेण्ट अफ द इयर २०८०” छात्रवृत्ति कार्यक्रम

काठमाडौं, १० साउन । रिद्धि सिद्धि सिमेन्ट लि.ले यस वर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरि “ मकवानपूर स्मार्ट स्टुडेण्ट अफ द इएर २०८०” को छात्रवृत्ति कार्यक्रम ल्याएको छ । यस छात्रवृत्ति अन्तर्गत २०७९ मा एस.ई.ई. परिक्षा दिएका र २०८० सालमा नतिजा प्राप्त गरि उत्तिर्ण भएर ३.६ जि.पि.ए. देखि ४ जि.पि.ए. ल्याएका मकवानपुर जिल्लाका विद्यार्थीहरु यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिने छन् । यो छात्रवृत्ति कार्यक्रम सम्पूर्ण मकवानपुर जिल्लाबाट एस.ई.ई. परिक्षा उत्तिर्ण गरेका विद्यार्थीहरुलाई लक्षित गरि ल्याइएको बताइएको… पुरा पढौ

कामना सेवा बैंकद्वारा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ट्राफिक कोन हस्तान्तरण

काठमाण्डाै, ५ साउन । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ट्राफिक कोन र सोमा जडान हुने रड हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले ट्राफिक प्रहरी कार्यालयका नायव प्रहरी महानिरिक्षक पोषराज पोखरेललाई २०० थान ट्राफिक कोन र १०० थान सोमा जडान हुने रड हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा वोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समाज… पुरा पढौ

सिर्जनाचोकमा खुल्यो ‘पोखरा फुटवेयर बिजनेस सेन्टर’

पोखरा, ५ साउन । नेपालका चर्चित विभिन्न १० कम्पनीका करिब २ दर्जन ब्रान्डका जुत्ता, चप्पलको साझा बिक्री कक्ष शुक्रबारदेखि पोखरामा ‘पोखरा फुटवेयर बिजनेस सेन्टर’ सञ्चालनमा आएको छ । १० कम्पनीले साझा रुपमा खोलेको साझा शोरुमको उद्घाटन गण्डकी प्रदेशका कृषि, भूमिव्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले गरेका हुन् । १० कम्पनीको संयुक्त शोरुममा शिखर, सु–ल्यान्ड, पिजी सुज, वन वल्र्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज, हिमानी कलेक्सन कम्पनीका हजारौं उत्पादन एकै छानामुनि खरिद गर्न सकिने सेन्टरले जनाएको छ । सेन्टर करिब… पुरा पढौ