Author Archive

कोरोना प्रभाव: पर्यटन क्षेत्र चलायमान बनाउन माग

पोखरा, २४ असार । कोरोना भाइरस (कोभिड–१९) का कारण थला परेको पर्यटन क्षेत्र उकास्न पोखराका पर्यटन व्यवसायीले सरकारले विभिन्न माग गरेका छन् । पोखरा पर्यटन परिषद्ले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीले नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा पर्यटनलाई प्राथमिकता प्राप्त क्षेत्रको रुपमा सम्बोधन गर्न माग गरे । साथै हरेक बैंकले कम्तीमा निश्चित प्रतिशत ऋण सहुलियत व्याजदरमा पर्यटनमा अनिवार्य लगानी गर्ने गरी व्यवस्था मिलाउन राष्ट्र बैंकसँग अनुरोध गरेका छन् । पोखराको पर्यटन क्षेत्रमा करिब ७५ अर्ब रुपैयाँ बराबरको बैंक तथा… पुरा पढौ

पोखरामा एकैदिन १३ कोरोना संक्रमित फेला

पोखरा, २४ असार । कास्कीमा एकै दिन १३ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये १ जना महिला हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका १० जना पुरुष, मादी गाउँपालिकाका २ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण देखिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधबार दिउँसो विज्ञप्ति जारी गरी सोको पुष्टि गरेको हो । संक्रमितमध्ये पोखराका वर्ष २५ का ३ जना पुरुष, वर्ष २६, ३१, ३२, ३५, ४३, ४५ र ५१ का १–१ जना… पुरा पढौ

सरिता गिरी पार्टीबाट निस्काशित

काठमाडौं, २३ असार । सांसद सरिता गिरी अन्ततः पार्टीबाट निस्काशित हुने भएकी छन् । संघीय समाजवादी पार्टीले सांसद गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाउने निर्णय गरेको हो। नेपालको नयाँ नक्साको विपक्षमा अभिव्यक्ति दिएको, संविधान संशोधनको पक्षमा मतदान गर्न दिएको निर्देशन उल्लंघन गरेको आरोप गिरीमाथि लागेको छ । ‘नेपालको संविधान दोस्रो संशोधन विधेयकको सम्बन्धमा सरिता गिरीको अभिव्यक्तिबारे समाजवादी पार्टीको सो निर्णय संसदलाई जानकारी दिइने’ सो पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जनाएका छन्। पार्टी ह्वीपको उल्लंघन गरेको आरोपमा समाजवादी… पुरा पढौ

आइजीपीमा शैलेश थापा नियुक्त

काठमाडौं, २३ असार । शैलेश थापा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नयाँ आइजीपी थापालाई नियुक्त गरेको हो । कार्यक्षमता र वरिष्ठता आधारमा मूल्यांकन गरी गृह मन्त्रालयले आइजीपीमा शैलेश थापा क्षेत्रको नाम सिफारिस गरेको थियो । मन्त्रिपरिषदले यसैका आधारमा थापालाई आइजीपीमा नियुक्त गरेको हो । भक्तपुरका स्थायी बासिन्दा शैलेश आइजीपीका प्रतिष्पर्धी हरिबहादुर पाल हुन् । दुवैजना हाल दोस्रो र तेस्रो नम्बरका एआइजी हुन् । आइजीपी ठाकुरप्रसाद ज्ञवालीसँगै एआइजी तारिणीप्रसाद लम्साल यसै हप्ता सेवानिवृत्त हुने भएकाले… पुरा पढौ

अली मियाँको गीत दुर्गेशले चोरेपछि

पोखरा, २३ असार । गायक दुर्गेश थापाले गाएको गीत चोरीको आरोप लागेपछि तालनगरी पोखरा तरंगित बनेको छ । उनको ‘बिच्च बिच्चमा–२’ नामबाट सार्वजनिक गीतमा लोककवि अली मियाँको गीतको एक अन्तरा हुबहु मिल्छ । अली मियाँको गीतको ‘आकाशमा बादलु डम्मै छ । मनमा के छ भन्नेलाई सम्मै छ’ अन्तरा चालीसको दशकमै नेपाली जनजिब्रोमा खुबै रुचाइएको थियो । पोखरेली चेली प्राज्ञ एवं लोकगायिका हरिदेवी कोइराला र प्रेमराजा महतले २०४६ सालमा गाएको अली मियाँको सिर्जनाको सो लोकगीतमा त्यही अन्तरा छ । दुर्गेशले हालैमात्रै… पुरा पढौ

साँवा र व्याजका लागि ताकेता नगर्न बैंकलाई होटल संघको आग्रह

पोखरा, २३ असार । पश्चिमाञ्चल होटल संघ पोखराले कर्जाको साँवा र व्याज भुक्तानका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह गरेको छ । कोभिड–१९ महामारीसँगै जारी लकडाउनले पर्यटन क्षेत्र ठप्पप्रायः रहँदा बैंक तथा वित्तीय क्षेत्रबाट असार मसान्तको कारण देखाउँदै भुक्तानको निम्ति ताकेता गरेपछि संघको ध्यानाकर्षण भएको जनाइएको छ । संघ अध्यक्ष विकल तुलाचनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कर्जा भुक्तानको लागि बैंक तथा वित्तीय क्षेत्रबाट ताकेता तथा मानसिक दबाब दिँदा असहज परिस्थिति उत्पन्न हुने र त्यस असहज परिस्थितिको भागिदार बैंक… पुरा पढौ

यातायात व्यवसायीले बुझाए गाडीको साँचो

पोखरा, २२ असार । कोरोना भाइरस (कोभिड–१९) सँगै जारी लकडाउनले यातायात व्यवसाय ठप्प हुँदा यातायात व्यवसायीले धमाधम गाडीको साँचो नै बुझाउन थालेका छन् । पोखरामा प्रधानकार्यालय रहेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले आफू मातहतका व्यवसायीले खरिद गरेका गाडीको किस्ता बुझाउन नसकेपछि साँचो नै सम्बन्धित बैंकमा बुझाउन थालेका हुन् । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर गाडी किनेका व्यवसायीलाई किस्ता बुझाउन ताकेता गरेपछि सम्बन्धित बैंकलाई ऋणको किस्ताको सट्टा गाडीको चाबी नै बुझाइएको कम्पनी प्रालि अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए ।… पुरा पढौ

फोर्स मोटर्सको कोभिड–१९ ग्राहक राहत योजना

नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता तथा वितरक आयाम इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्राहकको निम्ति बृहत् प्याकेज ल्याएको छ। कोभिड–१९ बीच आएको सो योजनाअन्तर्गत फोर्स कम्पनीको विभिन्न मोडेलको गाडी खरिद गर्दा ग्राहकले बैंक फाइनान्समा तिर्नुपर्ने १ वर्षसम्मको किस्ता रकम कम्पनीले नै तिरी दिने भएको छ । साथै १ लाख रुपैयाँसम्मको नगद छुट दिने आयाम इन्टरकन्टिनेन्टल प्रालि तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाले बताए। आयामले ६ वर्षदेखि फोर्स मोटर्सको विभिन्न मोडेलका गाडीहरुको आयात तथा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सबैभन्दा… पुरा पढौ

सफल मिडिया हाउसले गर्‍यो कर्मचारीको कोरोना बीमा

सफल मिडिया हाउस प्रालि र सफल विज लिंक पोखराले आफ्ना सबै कर्मचारीहरुको कोरोना बीमा गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढिरहेको अवस्थामा कर्मचारीहरुको स्वास्थ्य सुरक्षामा ध्यान राख्दै प्रतिकर्मचारी १ लाख बराबरको कोरोना बीमा गरिएको सफल मिडिया हाउसका अध्यक्ष तथा कार्यकारी निर्देशक दुर्गाप्रसाद हुमागाईले बताए । सफल र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड पोखरा शाखाबीच सम्झौता अनुसार मिडिया हाउसमा कार्यरत कुनै पनि कर्मचारीहरुको पिसिआर टेष्ट पोजेटिभ देखिए बीमा कम्पनीले सम्झौता बमोजिमको रकम तत्काल उपलब्ध गराउने छ । यो बीमाको अवधि… पुरा पढौ

मुनाल सहकारीका कर्मचारीको कोरोना बीमा

मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सबै कर्मचारीहरुको कोरोना बीमा गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणबीच कर्मचारीहरुको स्वास्थ्य सुरक्षामा ध्यान राख्दै सहकारीले प्रत्येक कर्मचारीको १ लाख रुपैयाँ बराबरको कोरोना बीमा गरेको सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले जानकारी दिए। सहकारी र अजोड इन्स्योरेन्स लिमिटेड पोखरा शाखाबीच सम्झौता अनुसार बीमा गरिएको उनले बताए। जसअनुसार सहकारीमा कार्यरत कुनै पनि कर्मचारीहरुको पीसीआर टेष्टमा पोजेटिभ देखिए बीमा कम्पनीले सम्झौता बमोजिमको रकम तत्काल उपलब्ध गराउने छ। बीमा अवधि १ वर्षको हुने सहकारीका… पुरा पढौ