Author Archive

प्रोग्रेशिभ फाइनान्सको सीईओमा अनिल श्रेष्ठ नियुक्त

काठमाण्डाैं, १५ असार । काठमाडाैंकाे तिनकुनेमा कर्पाेरेट कार्यालय रहेकाे प्रोग्रेशिभ फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल श्रेष्ठ नियुक्त भएका छन्। फाइनान्सको सञ्चालक समितिको बैंठकले यही २०८० असार १५ गतेदेखि लागू हुने गरी श्रेष्ठलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हाे । विभिन्न वित्तीय संस्थाहरुमा २७ वर्ष लामो कार्यानुभव हासिल गरेका श्रेष्ठले झण्डै १३ वर्ष रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन । बैंक तथा वित्तीय क्षेत्रमा अनुभवी मानिने… पुरा पढौ

विश्व वातावरण दिवसको अवसरमा टोखा नगरपालिका र मुक्तिनाथ फाउन्डेशनले गरे वृक्षारोपण

काठमाडौं, २२ जेठ । विश्व वातावरण दिवसको अवसर पारेर, काठमान्डौ जिल्ला टोखा नगरपालिका वडा नं १ मा निर्माणाधिन शान्ति पार्कमा एभोकाडो फलफुलको विरुवा वृक्षारोपण गरिएको छ । टोखा नगरपालिका र मुक्तिनाथ फाउन्डेशनको संयुक्त आयोजनामा सम्पन्न भएको वृक्षारोपण कार्यक्रम मुक्तिनाथ विकास बैंक लि., मुक्तिनाथ कृषि कम्पनी लि., मुक्तिनाथ क्यापिटल लि. र रोयल बहुउद्देश्यिय सहकारी संस्थाको सहयोगमा संचालन भएको थियो । कार्यक्रमा टोखा नगरपालिकाको मेयर, उपमेयर, प्रमुख प्रशासकिय अधिकृत, वडा नं १ का वडा अध्यक्ष लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो… पुरा पढौ

सांग्रिला बैंक र एएसजी आइ केयर बिच सम्झौता

काठमाडौं, १४ जेठ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र एएसजी आइ केयर एण्ड हेल्थ सर्भिस बिच सम्झौता भएको छ । बैंकका ग्राहक महानुभाव, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा आज हस्ताक्षर भएको हो । सम्झौतामा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसको तर्फबाट निर्देशक डा. सबिन ढकालले हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसले बैंकका ग्राहक महानुभाव, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई… पुरा पढौ

एनएमबि लघुवित्तको २ दिने बजेट योजना तथा ब्यवसायिक रणनीतिक कार्यशाला सम्पन्न

पाेखरा, ०७ जेठ । एनएमबि लघुवित्त वित्तीय संस्थाले प्रादेशिक स्तरिय २ दिने बजेट योजना तथा ब्यवसायिक रणनीतिक कार्यशाला २०८०/८१ सम्पन्न गरेको छ । कार्यशालामा संस्थाको तर्फवाट प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत बिरु राम जैशी, केन्द्रीय कार्यालयवाट सवै विभागिय प्रमुखहरु तथा विभागमा आवद्ध कर्मचारीहरु, ७ वटै प्रदेशका प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख र प्रादेशिक कार्यालय अन्तगर्तका क्षेत्रीय स्टेशनमा कार्यरत क्षेत्रीय प्रवन्धकहरु गरी करिव ४५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले कार्यक्रमको… पुरा पढौ

गरिमा बैंककाे वित्तीय साक्षरता सम्बन्धी विशेष भिडियो सार्वजनिक

काठमाडौं, ५ जेठ । गरिमा विकास बैंकले वित्तीय साक्षरताका लागि जनचेतनामुलक विशेष भिडियो सार्वजनिक गरेको छ । आजभोली वित्तीय साक्षरताको अभावले नेपालमा डिजिटल ठगी सम्बन्धी विभिन्न घटनाक्रमहरु बढ्दै गईरहेको छ । यस्ता ठगहरुले सामाजिक संजाल एवं अनलाईन एपहरुको माध्यमबाट चिट्ठा परेको छ भन्दै विभिन्न प्रलोभन देखाई ठगी गरिरहेको पाईएको छ । मुख्यतः वित्तीय साक्षरता एवं जागरुकताको अभावले हुने यस्ता खाले ठगीमा प्राय सबै उमेर समूहहरु फस्ने गर्दछन् । यसलाई मध्यनजर गर्दै बैंकले आफ्नो आधिकारीक युटुब एवं अन्य सामाजिक संजालमार्फत डिजिटल… पुरा पढौ

ग्लोबल आइएमई लघुवित्तले मनायो ११ औं वार्षिकोत्सव

पोखरा, ५ जेठ । पोखरा–२६, बिजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विविध कार्यक्रम गरी स्थापनाको ११ औं वार्षिकोत्सव मनाएको छ । ग्रामीण समुदायमा न्यून आय भएका, वित्तीय पहुँचबाट वञ्चित रहेका, सामाजिक रुपमा पछाडि परेका, विपन्न वर्गलाई लघुवित्त सेवाको माध्यमबाट आर्थिक तथा सामाजिक रुपमा समृद्ध सदस्य निर्माण गरी समग्र देशको अर्थतन्त्रलाई सबल एवं सुदृढ बनाउन सहयोग गर्ने उद्धेश्यले २०७० जेठ ५ गते स्थापना भएको संस्थाले आज ११ औं वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न जिल्लामा रहेका शाखा मार्फत मानव सेवा आश्रम/अनाथालय/बृद्धाश्रम/साहारा… पुरा पढौ

बेष्ट फाइनान्सको २६ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २९ वैशाख । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २६ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । उक्त साधारण सभाको उद्घाटन संचालक समितिका अध्यक्ष खिमलाल पौडेलले गरेका थिए । सभाले आ.ब.२०७८/०७९ को संचालक समितिको प्रतिवेदन तथा बार्षिक वित्तीय विवरण पारित गरेको छ । आ.व.२०७९/०८० का लागि वाह्य लेखापरिक्षकको नियुक्तिको प्रस्ताव पारित गरेको छ । साधारण सभामा शेयरधनी महानुभावहरुले राखेका प्रश्न एवं जिज्ञासाहरुको जवाफ संस्थाका अध्यक्ष खिमलाल पौडेलले दिएका थिए । संस्थाको भावी योजनाका सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत उमेश सिंह… पुरा पढौ

नगरकोट र रानीकोटमा पर्यटकको ओइरो, व्यवसायी उत्साहित

भक्तपुर, २ वैशाख । नयाँवर्ष २०८० को आगमनसँगै खुसी मनाउन र सूर्योदय हेर्न विगत ३ देखि भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्मका होटल विदेशी तथा स्वदेशी पर्यटकले भरिएका छन् । कोरोना भाइरसका कारण सुनसान बनेको भक्तपुरका पर्यटकीय क्षेत्रमा विदेशीभन्दा बढी स्वदेशी पर्यटकको आगमनले पर्यटकीयस्थल खचाखच भएपछि व्यवसायी उत्साहित छन् । नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र ८ सिपाडोलको सङ्गमस्थल ऐतिहासिक रानीकोटमा अधिकांश होटल आन्तरिक पर्यटकले नै भरिएको पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले बताए… पुरा पढौ

ओशो महोत्सवमा ५० हजार जनाले एकैसाथ ध्यान र उत्सव गर्दै

काठमाडौ, १ बैशाख। नयाँ वर्ष २०८० को अवसरमा टुँडिखेलमा आज ओशो तपोवनले ओशो महोत्सवको आयोजना गरेकाे छ। आज बिहान ९ बजेदेखि सुरु भएको महोत्सव राति ९ बजेसम्म सञ्चालन हुनेछ । महोत्सवको उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गरेका हुन । महोत्सवमा ५० हजार भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको महोत्सवका संयोजक सोविता सिम्खडाले जानकारी दिइन । महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र सांस्कृतिक व्यक्तिलाई सुहाउने विविध कार्यक्रम हुने उनले बताइन । उक्त महोत्सव सङ्गीत, ध्यान, साधना र अध्ययनको महोत्सव हुने… पुरा पढौ

कोरोना सङ्क्रमण बढेपछि सीमा नाकामा उच्च सतर्कता

नवलपरासी, १ वैशाख । कोरोना सङ्क्रमण बढ्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा नियन्त्रणका लागि पूर्वतयारी स्वरूप अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत सीमा क्षेत्रमा उच्च सतर्कता र निगरानीका साथ ‘एन्टिजेन’ परीक्षण गरिनेछ । सबै स्थानीय तहहरूमा पनि ‘एन्टिजेन’ परीक्षण गरिनेछ । भारतलगायत विभिन्न देशमा कोभिडको नयाँ भेरिएन्ट सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि विशेष गरी सीमा क्षेत्रमा उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गर्न लागिएको जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । जिल्ला कोभिड… पुरा पढौ