Author Archive

२ दिने एसिया प्यासिफिक पिपुल्स पावर कन्भेन्सन सम्पन्न

काठमाडौं, २० मंसिर । एक्सन एड नेपाल र एक्सन एड इन्डियाको संयुक्त आयोजनामा राजधानी काठमाडौँमा २ दिने एसिया प्यासिफिक पिपुल्स् पावर कन्भेन्सन सम्पन्न भएको छ । एसिया प्यासिफिक पिपुल्स् पावर कन्भेन्सन सामाजिक न्याय, जातीय विभेदप्रति हासिल गरिएका उपलब्धि, यसका विद्यमान समस्याहरूदेखि जलवायु परिवर्तनका कारण निम्तिएको समस्याको बारेमा रहेको थियो । कार्यक्रममा नेपाल, भारत, डेनमार्क,थाइल्यान्ड, म्यानमार, इन्डोनेसिया, फिलिपिन्स लगायतका देशमा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।  एक्सन एड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रममा सामाजिक आन्दोलनको बारेमा जानकारी गराएकी थिइन्… पुरा पढौ

वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्नेछाैं : प्रधानमन्त्री

काठमाडौँ, २० मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले विज्ञान तथा प्रविधिका क्षेत्रमा गहन अनुसन्धान गर्न सरकारले युवा तथा वैज्ञानिकलाई प्रोत्साहित गर्ने बताएका छन । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४१औँ वार्षिकोत्सवका अवसरमा आज ललितपुरको खुमलटारमा आयोजित कार्यक्रममा उनले विज्ञान प्रविधिको विकासका लागि सरकारले विशेष कोषको स्थापना गरिसकेको जनाउँदै त्यसबाट अनुसन्धानमा महत्त्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गरेका थिए । “विज्ञान तथा प्रविधि विकासका लागि सरकारले रू एक अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको… पुरा पढौ

औपचारिक माध्यमबाट मात्रै विप्रेषण पठाउन नेपाल प्रहरीकाे अनुराेध

काठमाडौँ, २० मङ्सिर र। नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा विप्रेषण रकम प्राप्त गर्नेहरूलाई अनुरोध गरेको छ । वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको पाइएको भन्दै प्रहरीले औपचारिक माध्यम प्रयोग गर्न प्रहरीले अनुरोध गरेको हो । यसरी विदेशी रकम प्राप्त गरेपश्चात ती अमूक व्यक्तिले म तपाईँले भनेको व्यक्तिको नेपालस्थित बैंक खातामा यस बराबरको सटही नेपाली रकम जम्मा गरिदिन्छु भनी गैरकानुनी… पुरा पढौ

मध्यपश्चिम विश्वविद्यालयमा “विद्यार्थीसँग शंकर पोखरेल” विषयक अन्तरक्रिया कार्यक्रम

धनगढी, २० मंसिर । मध्यपश्चिम विश्वविद्यालयमा “विद्यार्थीसँग शंकर पोखरेल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यता एवं मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहको अध्यक्षतामा “ विद्यार्थीसँग शंकर पोखरेल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे । मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय कुइनेपानी स्थित सेमिनार हलमा संचालित अन्तरक्रिया कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए । स्वागत मन्तव्य पश्चात विश्वविद्यालयका उपकुलपतिले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए भने… पुरा पढौ

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर, नियमन विभाग प्रमुखमा गुरु पौडेलको सरुवा

काठमाडौं, १९ मंसिर । नेपाल राष्ट्र बैंकका केही कार्यकारी निर्देशकहरुको जिम्बेवारी हेरफेर गरिएको छ । राष्ट्र बैंकले एकै पटक ५ जना कार्यकारी निर्देशकहरुको बिभिन्न बिभागमा सरुवा गर्ने निर्णय गरेको हो । श्रोतका अनुसार राष्ट्र बैंकको महत्वपुर्ण विभाग मानिने बैंक तथा वित्तीय संस्था नियमन विभागमा कार्यकारी निर्देशक गुरु पौडेलको सरुवा भएको छ । पौडेल यसअघि भुक्तानी प्रणाली विभागको प्रमुखकाे जिम्मेवारीमा थिए । यो विभागले ‘क’ देखि ‘घ’ वर्गका बेंक तथा वित्तीय संस्थाहरुको नियमन गर्ने कार्य गर्दछ । यसअघि बैंक तथा वित्तीय… पुरा पढौ

तारागाउँ रिजेन्सीले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने

काठमाडौं, १८ मंसिर । तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्ष २०७९/८० को मूनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने भएको छ । होटल्स संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । होटल्सले हाल कायम चुक्ता पुँजीको १ करोड ८८ लाख ६६ हजार रुपैयाँको ४ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश गरि १५ प्रतिशत वितरण गर्ने जनाएकाे छ । होटल्सकाे आगामी २७ औं वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्ताले उक्त लाभांश पाउनेछन्। पुरा पढौ

एनआईसी एशिया बैंकले सबै प्रकारका कर्जाको प्रिमियमदर ३ प्रतिशत ताेक्याे

काठमाडौं, १८ मंसिर । एनआईसी एशिया बैंकले सबै प्रकारका कर्जाको अधिकतम प्रिमियमदर ३ प्रतिशत कायम गरेको छ । यस सहुलियत पश्चात् यसभन्दा अगाडि ३ प्रतिशत भन्दा बढी प्रिमियम भएका ग्राहक महानुभावहरूको कर्जामा समेत ३ प्रतिशत प्रिमियम कायम गरिएको छ। मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणी ग्राहकहरूमा परेको असरलाई मध्यनजर गर्दै बैकले याे निर्णय गरेकाे हाे । जसअनुसार बैंकको मंसिर महिनाको औषत आधारदर १०.७ प्रतिशत रहेकोमा त्यसमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशत कायम गरिएको बताइएकाे… पुरा पढौ

सातदोबाटोमा खुल्याे नेपाली जुत्ताघरको शोरुम

काठमाडाैं, १८ मंसिर। “नेपाली उत्पादनको प्रवर्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा प्रबर्धित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम नेपाली जुत्ताघरको सातदोबाटोमा उद्घाटन गरिएको छ । शोरुमको उद्घाटन बागमती प्रदेश उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्री माननीय रामकृष्ण चित्रकारले गरेका थिए । मन्त्री चित्रकारले नेपाली जुत्ता उत्पादक उद्योगीहरुको समुहलाई सामुहिक शोरुमको सफलताका लागि शुभकामना व्यक्त गर्दै नेपाली उत्पादनको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने र नितिगत रुपमा सिङ्गो उत्पादन क्षेत्रलाई अगाडी बढाउनका लागि महत्वपूर्ण भुमिका निभाउने… पुरा पढौ

प्रभु क्यापिटलका हितग्राही ग्राहकका लागि मेरिना ईम्पेक्समा विशेष छुट

काठमाडौं, १७ मंसिर। प्रभु क्यापिटलले हितग्राही ग्राहकका लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल लिमिटेड र मेरिना ईम्पेक्स एन्ड टेलरिङ सेन्टरका बीचमा भएको सम्झौता अनुसार अन्र्तगत प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहक महानुभावहरुले मेरिना ईम्पेक्स एन्ड टेलरिङ सेन्टरबाट सेवा लिदा २५ प्रतिशत छूट अफर पाउने भएका छन् । सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा मेरिना ईन्पेक्स एन्ड टेलरिङ सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक मोहन मान जोशीले हस्ताक्षर गरेका छन । यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्राही… पुरा पढौ

सराङ्गकोट सहकारीको १७ औं साधारण सभा सम्पन्न

पाेखरा, १७ मंसिर। सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १७ औं साधारण सभा सम्पन्न भएको छ । २०६३ सालमा स्थापना भएको सहकारीले ऐन नियम अनुसार समुदाय विकास कार्यक्रमका लागि रेडियो सराङ्गकोट र सदस्यको आर्थिक विकासको लागि बचत तथा ऋण कारोबार गर्दै आएको छ । साधारण सभाको शुभारम्भ गर्दै राष्ट्रिय सहकारी बैंकका क्षत्रीय प्रमुख नरेश पाण्डेले संस्थालाई स्ंस्थालाई दिर्घकालिन रुपमा अगाडी बढाउन , जगेडाकोष बृद्दि सङ्गै सदस्यहरुले मेरो सहकारी भन्ने भावनाको विकास गराउनुपर्ने बताए समाजको विकासमा सहकारीको भुमिका महत्वपूर्ण रहेकोले सबै सहकारी एउटै… पुरा पढौ