बैंक तथा वित्तीय

एनएमबि लघुवित्तको ११औं वार्षिक साधारण सभा सम्पन्न

पाेखरा, २१ असार । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रम कम्पनीका सञ्चालक गोबिन्द घिमिरेको अध्यक्षतामा आज पोखराको होटल बाराहीमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरि पारित गरेको थियाे । उक्त सभाले चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै, सभाले सर्वसाधारण समुहबाट जितेन्द्र बाहिती र सविता सापकोटालाई सञ्चालक… पुरा पढौ

एनएमबि लघुवित्तकाे साधारण सभा आज, यस्ता छन् एजेण्डा

काठमाडौं, २१ असार। एनएमबि लघुवित्त वित्तीय संस्थाको ११ औं वार्षिक साधारण सभा आज पोखरामा बस्दैछ । सभा होटल बाराही पोखरामा बिहान ११ः३० बजे डाकिएकाे छ। सभाबाट संस्थापक सेयरधनीहरुबाट १ जना र सर्वसाधारण सेयरधनीबाट २ जना सञ्चालक चयन गरिने भएकाे छ । यस्तै  स्वतन्त्र सञ्चालक र बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालक पनि चयन गरिने भएकाे छ।  सभाले अन्य उपयुक्त लागेका वित्तीय संस्थासँग मर्जरमा जाने भए त्यसकाे कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई… पुरा पढौ

पोखराको बिरौटामा सिटिजन्स बैंकको नयाँ शाखा खुल्याे

काठमाडाैं, २० असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९३औं शाखा पोखराकाे बिरौटामा संचालनमा ल्याएको छ । बिरौटामा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा पुर्याउने क्रममा पोखरामा थप एक शाखा संचालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने बताए । याे शाखा बिस्तारपछि बैककाे गण्डकी प्रदेशमा संचालनमा रहेका शाखाहरु १४ पुगेका छन् । उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय… पुरा पढौ

मुद्दति निक्षेपमा ४५ करोड लगानी गर्दै राष्ट्र बैंक, आज साँझ ७ बजेसम्म आवेदन दिन सकिने

काठमाडौं, २० असार । नेपाल राष्ट्र बैंकले १ वर्षे मुद्दति निक्षेपमा ४५ करोड लगानी गर्ने भएकाे छ। बैंकले आफ्नो उपदान र पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागेकाे हाे । बैंकले २०८१ साउन ३ गतेदेखि २०८२ साउन ३ गतेसम्म १ वर्षका लागि मुद्दति निक्षेपमा लगानी गर्न लागेकोले यसमा सहभागि हुन अनुराेध गरेकाे छ । मुद्दति निक्षेप लिनका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाले आज बेलुका साँझ ७ बजेभित्र आफूले लिन चाहेको रकम र प्रस्ताव… पुरा पढौ

नागरिक लगानी कोषकाे लाभांश आजसम्म सुरक्षित गर्न सकिने

काठमाडौं, १९ असार । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्न सेयरधनीहरूका लागि आज असार १९ गते अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ भाेलि असार २० गते बुक क्लोज गर्ने जनाएकाे छ । सभामा सहभागि हुन र लाभांश पाउनका लागि सेयरधनीहरूले आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । कोषले असार ३१ गते साधारण सभा बाेलाएकाे छ । काेषले २९ औं साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बेालाएकाे हाे । सभा पूर्वान्ह ११ बजे… पुरा पढौ

३५ करोडको अग्राधिकार शेयर जारी गर्दै कामना सेवा बैंक

काठमाडाैं, १८ असार। काठमाडाैंकाे ज्ञानेश्वरमा प्रधान कार्यालय रहेकाे कामना सेवा विकास बैंकले अग्राधिकार शेयर निष्कासन गर्ने भएको छ । बैक सञ्चालक समितिको हिजाे साेमबार बसेको बैठकले अग्राधिकार शेयर निष्कासन गर्ने निर्णय गरेको हो । विकास बैंकले आगामी वार्षिक साधारण सभाबाट तथा नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएपछि  १०० रुपैयाँका दरले ३५ लाख इकाई अर्थात् ३५ करोड रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्कासन गर्ने निर्णय गरेको बताइएकाे छ । बैकका अनुसार ९ प्रतिशत लाभांस दर कायम गरी मुनाफा भएको… पुरा पढौ

प्रभु बैंकले गर्याे होटल हिमालयसँग छुट सम्झौता

काठमाडाैं, १७ असार। प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई कुपण्डोल,ललितपुरमा अवस्थित होटल हिमालयसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ । ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको उपत्यकाको… पुरा पढौ

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेकाे सूर्योदय वोमी लघुवित्तको सेयर आजसम्म खरिद गर्न पाइने

काठमाडौं, १७ असार । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेकाे सूर्योदय वोमी लघुवित्तको सेयर आजसम्म खरिद गर्न पाइने भएकाे छ । उक्त लघुवित्तको ६१ हजार ८०५ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेकाे हाे । सेयरमा लगानरी गर्न चाहने लगानीकर्ताले घटीमा ३०८ रुपैयाँ वा त्याेभन्दा माथिकाे मूल्य राखेर गरिएकाे बाेलकबोल गोप्य शिलबन्दी बोलपत्र पेश बुझाउनु पर्नेछ । सेयर खरिद गर्न चाहने विद्यमान संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन पाउनेछन् । यसका लागि एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौंमा आवेदन… पुरा पढौ

चन्द्रागिरिले बालबालिकाको नाममा ५ हजार जम्मा गरिदिने

काठमाडौं, १७ असार । चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा रु पाँच हजार सङ्कलन गरिदिने भएको छ । नगरभित्रका बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले पहिलोपटक यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो । स्थायी बसोबास गरेका नगरवासीका सन्ततीका नाममा मुद्दति खाता खोलिदिई सो रकम सङ्कलन गरिदिने नीति नगरपालिकाले लिएको हो । यसका लागि बालबालिकाको जन्मदर्ता अनिवार्य गरिएको छ । बालबालिकाको आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि,… पुरा पढौ

प्रभु बैंककाे भिषा बिजनेश डेबिट कार्ड सेवा सञ्चालनमा

काठमाडाैं, १६ असार । प्रभु बैंकले भिषा बिजनेश डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएकाे छ। पछिल्लो समयमा बिभिन्न किसिमका विद्युतीय भुक्तानी सम्बन्धी सेवाहरुको विस्तारमा आक्रामक रहेको प्रभु बैंकले भिषा ईन्टरनेशनल सँगको सहकार्यमा पूर्ण नविनतम् सुविधा सहितको प्रभु बिजनेश डेबिट कार्ड सेवा आजदेखि सञ्चालनमा ल्याएको हाे । प्रभु बैंकले आजदेखि सञ्चालनमा ल्याएको यो प्रभु बिजनेश डेबिट कार्ड सेवा अन्र्तराष्ट्रिय रुपमै ब्यबसायिक कारोवारको सरल र सुरक्षित् विद्युतीय भुक्तानीको माध्यम मानिन्छ । यो प्रभु बिजनेश डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने… पुरा पढौ