बैंक तथा वित्तीय

लाभांश पारित गर्न निफ्राले बाेलायाे साधारण सभा

काठमाडौ, १ पुस । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लाभांश पारित गर्नका लागि पुस १७ गते वार्षिक साधारण सभा बाेलाएकाे छ । कम्पनीको गत मंसिर १४ गते बसेको सञ्चालक समिति बैठकले यहि पुस १७ गते साधारण सभा डाक्ने निर्णय गरेको हो । बैंककाे साधारण सभा बत्तिसपुतली, काठमाडौंकाे अनुपम फुडल्याण्ड एन्ड ब्यांक्वेवटमा बिहान ९ बजे बाेलाइएकाे छ ।  सभामा ४.२१०५ प्रतिशत नगद लाभांशकाे प्रस्ताव पेश गरिने भएकाे छ । साधारण सभा प्रयोजनका लागि पुस ६ गते बुक क्लोज गरिने भएकाे छ… पुरा पढौ

नबिल बैंककाे नबिल स्टक डिलरकाे औपचारिक उद्घाटन

काठमाडाैं, ३० मंसिर । नबिल सेक्युरिटिजकाे नाममा संचालनमा आएकाे नबिल बैंककाे नबिल स्टक डिलरकाे औपचारिक रूपमा उद्घाटन गरिएकाे छ । गएकाे भदाै २० गतेदेखि नबिल सेक्युरिटिजकाे नाममा ब्राेकर सेवा दिइरहेकाेमा अब नाम परिवर्तन गरेर नबिल स्टक डिलरकाे नामबाट काराेबार हुने भएकाे छ । प्रमुख कार्यकारी अधिकृत शुरेश देवकाेटाले छिट्टै लगानीकर्तालाई मार्जिन ल्याण्डिङकाे सेवा दिने बताए । उनले ब्राेकरेज सेवा, पाेर्टफाेलियाे म्यानेजमेण्ट, अन्डरराइटिङ लगायतका सेवाहरू प्रदान गरिने बताएका छन् । उनले नयाँ डिलरको रुपमा बजारमा भित्रिएको डिलरले पुँजी बजारमा गुणस्तरीयका साथै पारदर्शी रुपमा… पुरा पढौ

कामना सेवा विकास बैंकको चिफ बिजनेस अफिसरमा सुवेदी नियुक्त

काठमाडौं, २९ मंसिर । कामना सेवा विकास बैंकको चिफ बिजनेस अफिसरमा युवा बैकर दिपेन्द्र सुवेदी नियुक्त भएका छन् । सुवेदीलाई बैकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले शुक्रवार एक कार्यक्रमका बिच स्वागत गरेका हुन। करिव १७ वर्षको बैकिङ क्षेत्रकाे अनुभव भएका सुवेदीले अाज शुक्रवारदेखि आफ्नो पदवहाली गरेका छन् । उक्त स्वागत तथा पदवहाली कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल लगायत उच्च पदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो । सुवेदी कामना सेवामा आउनुअघि सांग्रिला डेभलपमेण्ट बैंकमा कार्यरत थिए । सुवेदीको नियुक्तीसागैं… पुरा पढौ

ग्लोबल आइएमई बैंककाे अध्यक्षमा पुन: चन्द्र ढकाल चयन

काठमाडौं, २९ मंसिर । ग्लोबल आइएमई बैंककाे अध्यक्षमा पुन: चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन । नवनिर्वाचित संचालक समितिकाे बैठकले अध्यक्षमा चन्द्रप्रसाद ढकाललाइ निर्विरोध चयन गरेकाे बताइएकाे छ। उक्त साधारणसभामा सबै सञ्चालक समिति सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए । बैंकको बिहिबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले संस्थापक शेयरधनी समूहबाट ३ जना र सर्वसाधारण शेयरधनी समूहबाट ३ जना गरी जम्मा ६ जना संचालकको निर्वाचन गरेको थियाे । संस्थापक शेयरधनीहरुमध्येबाट चन्द्रप्रसाद ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त निर्वाचित भएका थिए भने सर्वसाधारण शेयरधनीतर्फबाट… पुरा पढौ

ग्लोबल आइएमई बैंकको १७औं वार्षिक साधारणसभाबाट ९ प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं, २८ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडको १७औँ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को कूल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को कुल मुनाफाबाट बैंकले आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको बोनश… पुरा पढौ

कुमारी बैंककाे कर्जाकाे प्रिमियम दर ३.५ प्रतिशत मात्र

काठमाडौं, २८ मंसिर। कुमारी बैंक लिमिटेडले कर्जाको प्रिमियम दर घटाउने भएकाे छ। बैंकले आगामी पाैष १६ गतेदेखि लागु हुने गरी कर्जाको प्रिमियमदरलाई अधिकतम ३.५ प्रतिशत कायम राख्ने निणर्य गरेकाे बताइएको छ। यो नयाँ दर फोन लोन र क्रेडिट कार्डबाहेक बैंकबाट प्रवाह भएका अन्य सबै प्रकारका कर्जाहरुमा लागु हुने कुमारी बैंक लिमिटेडले जानकारी दिएकाे छ। बैंकले बर्तमान प्रतिकुल अवस्थामा आर्थिक गतिविधि थप चलायमान हुने उद्देश्यका साथ याे प्रिमियम दर घटाउने निर्णय गरेको बताएको छ। पुरा पढौ

नबिल र नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २८ मंसिर । नबिल बैंक र नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे ति बैंकले जनाएका छन्। साधारण सभा प्रयोजनको लागि दुबै बैंकले शुक्रबार अर्थात मंसिर २९ बुक क्लोज गर्ने बताएका छन् । शेयरधनीहरूले लाभांश पाउन र साधारण सभामा सहभागिता जनाउनका लागि आज नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । नबिल बैंक नबिल बैंकले सेयरधनीहरूलाई गएकाे आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत लाभांश दिने भएकाे छ । बैंकले साे लाभांश अनुमाेदन गर्नका लागि… पुरा पढौ

गरिमा र सांग्रिला डेभलपमेन्ट बैंकले घटाए निक्षेपकाे ब्याजदर

काठमाडौं, २७ मंसिर। बाणिज्य बैकहरूले जस्तै विकास बैंकहरुले पनि निक्षेपकाे ब्याजदर घटाउन सुरू गरेका छन् । आज गरिमा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले ब्याजदर घटाएकाे सुचना प्रकाशित गरेका छन् । दुवै बैंकले आजैदेखि साे ब्याजदर लागू भएकाे बताएका छन् । गरिमा विकास बैंकले सूचना प्रकाशन गरी व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.४० प्रतिशत दिने भएकाे छ । यो ब्याजदर १ वर्षमाथिको मुद्दति निक्षेपकाे लागि हो। १ वर्षभन्दा कमको मुद्दति निक्षेपको ब्याजदर भने ९.३० प्रतिशत कायम भएकाे छ।  गएकाे मंसिर… पुरा पढौ

लुम्बिनी विकास बैंकले गर्याे लाभांश वितरणकाे घाेषणा

काठमाडौं, २६ मंसिर । लुम्बिनी विकास बैंकले सेयरधनीहरूका लागि ८.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आज बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस दिइने भएकाे छ । साथै त्यसकाे कर प्रयाेजनका लागि ४.५० प्रतिशत नगद लाभांशसहित ८.५० प्रतिशत लाभांश दिने घोषणा गरेकाे हो ।  बैंकले घाेषणा गरेकाे साे लाभांश नेपाल राष्ट्र बैंकले अनुमित दिएपछि तथा लुम्बिनी विकास बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरणा गरिने भएकाे छ । बैंकले गत आर्थिक वर्ष २०७८-७९ को… पुरा पढौ

कामना सेवा विकास बैंक र हातेमालो फाईनान्स सर्भिस बीच फाइभ इन वान सेवा सम्झौता

काठमाडाैं, २५ मंसिर । कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी हातेमालो फाईनान्स सर्भिस प्रालि सँग सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ। यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सिआस्वा र मेरो सेयरमा सेवा प्राप्त गर्न सक्नेछन् । उक्त सेवा मार्फत् आफ्ना ग्राहकहरुले सरल रुपमा सेयर कारोबार गर्न सकुन् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको बताइएकाे छ। काठमाडौंकाे ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न स्थानहरुमा १ सय… पुरा पढौ