बैंक तथा वित्तीय

कर्पोरेट डेभलपमेन्ट बैंककाे साधारण सभा असार १९ मा

काठमाडौं, ९ असार । कर्पोरेट डेभलपमेन्ट बैंकले असार १९ गते साधारण सभा डाकेकाे छ । उक्त सभा, बैंकको प्रधान कार्यालय गीतामन्दिर रोड, पर्सामा बिहान ७ः१५ बजे बाेलाइएकाे छ । बैककाे साधारण सभामा यसपटक लाभांश वितरणकाे प्रस्ताव छैन। सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जानुपर्ने भए त्यसकाे कार्य गर्न तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ । यस्तै आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान र हर हिसाबका विषयमा छलफल गरी पारित गरिने भएकाे छ… पुरा पढौ

विजय लघुवित्तले डाक्याे एजिएम, एफपीओ निष्काशन गर्ने

काठमाडाैं, ९ असार । विजय लघुवित्त वित्तीय संस्थाकाे पन्ध्रौँ साधारण सभा असार ३० गते डाकिएकाे छ । संस्थाले एफपीओ निष्काशनकाे प्रस्ताव पारित गर्नका लागि साधारण सभा डाकेकाे हाे । सभा उक्त दिन काभ्रेकाे धुलिखेल लज रिसोर्टमा पूर्वान्ह ११ बजे डाकिएकाे छ। सभाबाट एफपीओ निष्काशनकाे अनुमाेदन गरिने, सञ्चालक समितिलाई आवश्यक कार्य गर्नकाे लागि अख्तियारी दिइनेछ । यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, संस्थापक समूहको तर्फबाट ४ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालककेा चयन गरिने छ । साथै लेखापरीक्षककाे नियुक्ति… पुरा पढौ

प्रभु बैंकको ३०७ औ शाखा जाजरकोटको खलङ्गामा

काठमाडाैं, ७ असार। प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज असार ७ गतेदेखि जाजरकोट, भेरी नगरपालिका,वडा नं.०४ खलङ्गा बजारमा ३०७ औं शाखा सञ्चालनमा ल्याएकाे छ । बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताएकाे छ । प्रभु बैंक लि.को यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ । बैंकको जाजरकोट शाखा मार्फत स्थानीय बासिन्दा,… पुरा पढौ

एक्सेल डेभलपमेन्ट बैंकले डाक्याे एजिएम, बुकक्लाेज कहिले ?

काठमाडौ, ७ असार । एक्सेल डेभलपमेन्ट बैंककाे साधारण सभा असार २९ डाकिएकाे। यस पटक सभाका लागि लाभांश वितरणकाे प्रस्ताव नभएपनि अन्य एजेण्डाहरूमा छलफल गरी पारित गरिने भएकाे छ । बैंककाे साधारण सभा झापामा रहेकाे सिद्धार्थ होटलमा साे दिन पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाह लगायतका विषयमा छलफल हुनेछ । यस्तै, लेखापरीक्षककाे नियुक्त र पारिश्रमिक ताेक्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन, अन्य उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थासँग मर्जरकाे लागि कार्य गर्ने… पुरा पढौ

प्रभु बैंकले गर्याे बन्दिपुरका बिभिन्न होटल तथा रेष्टुरेण्टहरुमा छुट सम्झौता

काठमाडाैं, ६ असार । प्रभु बैंक लिमिटेडले बन्दिपुरका बिभिन्न होटल तथा रेष्टुरेण्टहरुमा छुट सम्झौता गरेकाे छ। बैकले तनँहु बन्दिपुरमा अवस्थित बन्दिपुर ईको होटल प्रा.लि, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्ट, होटल दरबार हिमालय, फाल्चा खाजा घर, बहिदार घर क्याफे, गुड होटल प्रा.लि., हिल्स सेभेन रेष्टुरेण्ट एण्ड लज, होटल तिनधारा, वल्ड हाउस क्याफे एण्ड लजमा आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरुलाइ बिभिन्न् सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता गरेको हाे । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा बन्दिपुर ईको होटल प्रा.लि को तर्फबाट निर्देशक सूर्य… पुरा पढौ

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले २६ करोड बराबरको डिबेन्चर निष्काशन गर्ने

काठमाडाैं, ६ असार । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ऋणपत्र (डिबेन्चर) निष्काशन गर्ने भएकाे छ । नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएको ब्यवस्था बमोजिम डिबेन्चर निष्काशन गर्न लागिएकाे हाे । संस्थाको संचालक समितिको हिजाे असार ५ मा बसेको बैठकबाट रु.१००० प्रति दरकाे रु. २६,००,००,००० ( (अक्षरुपी छब्बीस करोड) बराबरको डिबेन्चर निष्काशन गर्ने निर्णय गरिएकाे बताइएकाे छ । ८ वर्षे अवधि रहने सो डिबेन्चर २,६०,००० संख्याको प्रति इकाई रु.१००० को रहनेछ । ऋणपत्रकाे ९ प्रतिशत… पुरा पढौ

प्रभु बैंक र शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर बीच छुट सम्झौता

काठमाडाैं, ६ असार । पानीपोखरी स्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।एक कार्यक्रमका बिच शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लिका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र प्रभु बैंक लि.का तर्फबाट चिफ प्रोभिन्स अफिसर, बागमति प्रदेश दिपेन्द्र बाबु बिष्टले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी… पुरा पढौ

प्रभु बैंक को ३०६औ शाखा मुगुको गमगढिमा

काठमाडाैं, ५ असार । प्रभु बैंक लिमिटेडले मुगु,छायानाथ रारा नगरपालिका,वडा नं.०२ स्थित गमगढिमा ३०६ औं शाखा खोलेकाे छ । शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैकले याे शाखा थपेकाे हाे । बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न स्थानहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेकाे बताएकाे छ । प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ । बैंकको गमगढि शाखा मार्फत स्थानीय… पुरा पढौ

हिमालयन बैंककाे बिक्री प्रबन्धकमा सिटिजन्स् क्यापिटल नियुक्त

काठमाडाैं, ५ असार । हिमालयन बैंककाे बिक्री प्रबन्धकमा सिटिजन्स् क्यापिटल नियुक्त भएकाे छ । हिमालयन बैंक लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडलाइ थप सार्वजनिक शेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त गरेकाे भन्दै सम्झौता गरेको छ । उक्त सम्झौतामा हिमालयन बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृतअशोक शम्शेर ज.ब.रा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्ने बताइएकाे छ । पुरा पढौ

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा जनज्योति माविका विद्यार्थीहरुलाई स्कुल ब्याग बितरण

काठमाडाैं, ५ असार। काठमाडाैंकाे बालुवाटारमा रहेकाे सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले त्रियुगा न.पा. ७, स्थित जनज्योति माध्यमिक विधालय चुहाडेका विद्यार्थीहरुलाई स्कूल व्याग वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ९ र १० का विद्यार्थीहरुलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम संचालन गरेसंगै त्यस विद्यालयमा अध्ययनरत कक्षा ४ र ५ का विद्यार्थीहरुलाई १०० थान स्कूल व्याग ४, ५, ९ र १० का विद्यार्थीहरुलाई १०० थान कापी तथा कलम वितरण गरेको बैकले जनाएकाे छ । सो कार्यक्रममा बैंकको तर्फबाट… पुरा पढौ