अटाे 🚙

नयाँ लुस्क र डिजाईनमा छिटै आउदैछ जावा पेराक

काठमाडौं, २० फागुन । अग्नि मोटोइन्स प्रालिले भारतीय बजारमा लोकप्रिय रहेको जावा पेराक मोठरसाईकललाई नेपालमा भित्राउन लागेकाे छ । नयाँ लुस्क र डिजाईनमा रहेको उक्त मोटरसाईकल छिट्टै नेपालको बजारमा देख्न सकिने भएको हो । अग्नि ग्रुपले नेपालमा गएको कार्तिकदेखि जावा मोटर मोडरसाईकलको आधिकृत बिक्री वितरण कार्य आरम्भ गरेको थियो । जावा पेराकलाई विशेषतः युवाले धेरै रुचाएका छन् । कम्पनीले नेपालमा जावा भित्रिएको न्यून समयमै ग्राहकीबच पुग्न सकेको र सफलता हासिल गरेको बताएको छ । बजारमा देखिएका अन्य मोटरसाईकल भन्दा अलग्गै… पुरा पढौ

अब परीक्षा उत्तीर्ण भएको १ महिनामै चालक लाइसेन्स पाइने

काठमाडौँ, १४ फागुन । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ । अहिले तत्काल कार्ड स्टक थोरै सङ्ख्यामा भएकाले छाप्न नसकिएको भए पनि नयाँ कार्ड आउनासाथ अनुमतिपत्र छपाइ गरिने छ । विभागले १४ लाख कार्ड खरीदका लागि प्रक्रिया अघि बढाएको निर्देशक… पुरा पढौ

आकर्षक गाडी निशान म्यागनाइट सार्वजनिक

पोखरा, ११ फागुन । इलाइट मोटर्स प्रालि पोखराले नयाँ निशान म्यागनाइट मंगलबार सार्वजनिक गरेको छ । नेपाली बजारमा बिग, बोल्ड, ब्युटिफूल र अति आकर्षक गाडी निशान म्यागनाइटको सुरुवाती मूल्य २९ लाख रुपैयाँ छ । ‘मेक इन इन्डिया, मेड फर द वर्ड’ को दर्शनमा निर्मित नयाँ निसान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट–इन–सेगमेन्टका सुविधा रहेको कम्पनीले जनाएको छ । जसले उपभोक्तालाई नवीनतम रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्ने दाबी गरिएको छ । यो गाडीमा निशानका प्रख्यात क्रुज कन्ट्रोल… पुरा पढौ

गरिमा विकास बैंककाे ‘सजिलो अटो लोन’ सार्वजनिक

काठमाडौं, ८ फागुन । गाडीमा चढ्न चाहने सौखिन व्यक्तिहरुका लागि गरिमा विकास बैंक सजिलो भईदिएको छ । यसका लागि बैंकले एउटा सजिलाे स्किम सार्वजनिक गरेकाे छ । आक्रामक रणनीति बनाउँदै प्रस्तुत भएको बैंकले 'गरिमा सजिलो अटो लोन' सार्वजनिक गरेको हाे । कर्जा प्रवाहको रणनीतिलाई आक्रामक बनाएको बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा 'गरिमा अटो लोन' सार्वजनिक गरेको हो । बैंकले अधिकतम १० वर्ष सम्मका लागि कर्जा प्रवाह गर्ने र खरिद मूल्यमा ८० प्रतिशत सम्मको सुविधा दिने बताएको छ । गाडी चढ्ने… पुरा पढौ

बारामा खुल्यो महिन्द्रा गाडीको सर्भिस सेन्टर

काठमाडौं, ५ फागुन । बालाजु अटोवर्क्र्सले बाराको जीतपुर सीमरा उपमहानगरपालिकामा आधिकारीक सर्भिस सेन्टर स्थापना गरेको छ । बालाजु अटोवर्क्र्स महिन्द्रा गाडीको अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी हो । सर्भिस सेन्टरको प्रदेश नं २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाल तथा बालाजु अटोवक्र्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माले शुभारम्भ गरेका हुन । सर्भिस सेन्टरको स्थापनाले उक्त क्षेत्रका ग्राहकलाई गुणस्तरिय सेवा पुग्ने अपेक्षा गरिएको छ । बालाजु अटोवक्र्सका प्रबन्ध निर्देशक शर्माले सर्भिस सेन्टरबाट महिन्द्रा स्कार्पियो, बलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००,… पुरा पढौ

टीभीएस एनटर्क १२५ सुपर स्क्वाड सार्वजनिक

काठमाडौं, ३ फागुन । टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक भएको छ । कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरेर टभिीएस एनटर्क १२५ को एक विशेष सुपरस्क्वाड संस्करण सुरु गरेको छ । जुन आइकोनिक मार्भल सुपर हिरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कूटर हो । सुपरस्क्वाड संस्करण क्रमश आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आर्कषक रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लूमा उपलब्ध छन् । यो संस्करणले उत्पादनको डिजाइन मार्फत प्रत्येक मार्भल सुपर हिरोसँग… पुरा पढौ

सुजुकीका न्यू इग्निस नयाँ मोडलका गाडी सार्वजनिक

काठमाडौं, २९ माघ । प्रिमियम सुजुकी गाडीहरुको बिक्रेता सिजी नेक्स्ट जेनले न्यू इग्निसका नयाँ सज्जासहितका गाडी बजारमा ल्याएको छ । न्यू इग्निसको लुक्स एकदम शानदार रहेको छ । अगाडीको स्वरुप एसयूभि डिजाईनको रहेको छ भने फराकिलो पनि छ । उच्च काेटीकाे सिटिङ अवस्था, ग्राउण्ड, क्लियरेन्सको राम्रो प्रभाव यसको रहेको छ । यसमा थपिएका एसयूभि विशेषताहरुमा स्पोइल र रुफ रेल रहेका छन् । भित्रको फराकिलो भाग हुनुले यात्रालाई आरामदायी बनाउने पूर्ण आशा गरिएको छ । यसमा १.२ लिटर बिएस६ कम्प्याक्ट पेट्रोल… पुरा पढौ

विद्युतीय सवारीसाधनको परीक्षणका लागि उपकरण खरीद गरिँदै

काठमाडौं, २६ माघ । नेपालमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण बढिरहँदा भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसि) ले ती सवारीसाधनको जाँच उपकरणबाट गर्ने भएको छ । दुई पाङ्ग्रे र हलुका चार पाङ्ग्रे सवारी साधनको जाँच गर्न उपकरण खरीद अघि बढाइएको छ । ती उपकरणले सवारी साधनको चक्का चलाएपछि कति पावर छ, कति उकालो तान्न सक्छ, कति गतिमा कुद्न सक्छ भन्ने जानकारी दिने केन्द्रका प्रमुख रामचन्द्र पौडेलले बताए । उनका अनुसार ती जानकारी कम्प्युटरमा गएर प्रिन्ट गरेर निकाल्न सकिन्छ । केही महिना पहिले… पुरा पढौ

नयाँ लाइसेन्सका लागि आवेदन दिनेको सङ्ख्या ५ लाख नाघ्यो

काठमाडौं, २६ माघ । नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या ५ लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् । गतवर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढी भएको विभागका सूचना अधिकारी डा लोकनाथ भुषालले बताए । उनका अनुसार सेवाग्राहीले २४ घण्टा नै र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्ने… पुरा पढौ

हिमालयन बैंक र ईस्टर्न एजेन्सीबीच फाइनान्स सम्झौता

काठमाडौं, १२ माघ । हिमालयन बैंक र बतास अर्गनाईजेशन अन्तर्गत रहेको ईष्टर्न एजेन्सी प्रालिबीच फाइनान्स सम्झौता भएको छ । आयसर ब्राण्डका विभिन्न मोडलका बस, ट्रक र टिपरहरू खरिद गर्ने ग्राहकहरुलाई सर्वसुलभ ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराउन दुई कम्पनीबीच सम्झौता भएको हो । सम्झौतामा बैंकका तर्फबाट कार्यकारी अधिकृत जयेन्द्रविक्रम शाह तथा ईस्टर्नतर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल थापाले हस्ताक्षर गरेका हुन् । ईस्टर्नले आयसर ब्राण्डका विभिन्न सवारी साधनहरु विक्री गर्ने नेपालको आधिकारीक विक्रेता हो । आयसर ब्राण्डका सवारी साधन खरिद गरी स्वरोजगार… पुरा पढौ