बैंक तथा वित्तीय

सनराइज बैंकको क्युआर सेवा अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सीहरुमा पनि

काठमाडौं, १८ फाल्गुन । नेपालमा डिजिटल बैंकिङ्ग सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्धेश्य साथ सनराइज बैंकले डिजिटल बैंकिङ्ग अन्तर्गत विभिन्न सेवा सुबिधा प्रदान गदै आएको छ । यसै अनुरुप बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित ट्याक्सीमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात गरेको छ । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयाल, सनराइज बैंकका लुम्बिनी प्रदेशका प्रमुख सुनिल मण्डल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रबेश अधिकारी तथा ट्याक्सी ब्यवसायी संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सनराइज बैंकले प्रदान गरेको… पुरा पढौ

स्याङ्गजाको हेलुमा सनराइज बैंकको ७१ औं शाखा रहित बैंकिङ्ग सेवा

काठमाडौं, १७ फागुन । सनराइज बैंक लिमिटेडले स्याङ्गजा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं.–११, हेलु, स्याङ्गजामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । फागुन १५ गते शनिवार पुतलीबजार नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष भवानी प्रसाद लामिछानेकाे प्रमुख अतित्थ्यतामा बैंकले उक्त शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएकाे हाे । यस शाखा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७१ पुगेको छ । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड… पुरा पढौ

सबैको लघुवित्तले डाक्यो साधारण सभा, १०.५० प्रतिशत बोनस शेयरकाे प्रस्ताव

तनहुँ, १७ फागुन । तनहुँकाे डुम्रेमा केन्द्रीय कार्यालय रहेकाे सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चाैंथाे वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६ /२०७७ को बार्षिक प्रतिबेदन उपर छलफल गरी पारित गर्न र शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न उक्त सभा बोलाएको हो । यस अघि कम्पनीको सञ्चालक समितिको वैठकले हाल कायम चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस शेयर र ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको  थियो ।  २०७७ चैत १४ गते शनिबार मर्स्याङ्दी रिभर… पुरा पढौ

मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’

काठमाडौं, १६ फागुन । मुक्तिनाथ विकास बैंकले अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ । यस अफर अन्तरगत फागुन १६,२०७७ देखि फागुन २३ गते, २०७७ भित्र मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ । यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदन पनि यँहि अफर समय अवधि भित्र दिनु पर्नेछ । यस नारी विशेष अफर साथै ग्राहकले निशूल्क डिम्याट खाता पनि बैंक मार्फत खोल्न सक्नेछन । सम्पूर्ण नारीलाई नारी दिवसको… पुरा पढौ

डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै माछापुच्छ्रे बैंक, पोखराका बिभिन्न स्थानमा क्युआर सेवा बिस्तार

पोखरा, १४ फागुन । देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरा स्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रा लि तथा पोखरा कै सिद्दार्थ चोकमा रहेको श्री कम्प्लेक्समा शुक्रबार देखि एकैसाथ क्यु. आर. कोड सेवा सञ्चालनमा ल्याएकाे छ । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले पोखराका ३ स्थानमा एकैपटक क्यु आर कोड समुद्घघाटन समारोहको आयोजना गरेको हो । पोखराको नयाँ बजारमा रहेको हङकङ… पुरा पढौ

प्रोग्रेशिभ फाइनान्स २६औं बर्षमा प्रबेश, कार्यक्षेत्र विस्तारकाे याेजना

काठमाडौं, १४ फागुन । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले कारोबार सुभारम्भको २५औं वर्ष पुरा गरि २६ औं बर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवका अवसरमा फाइनान्सले आफ्नो सेवा तथा सुविधा विगतमा भन्दा थप परिष्कृत र परिमार्जित गर्दै सेवामा विविधीकरण गर्ने र लगानीको क्षेत्र पहिचान गरी कार्यक्षेत्र विस्तारमा ध्यान दिइने जनाएको छ । लगानीलाई आकर्षक प्रतिफल प्रदान गर्न विविध क्षेत्रहरुमा समेत सहकार्य गर्दै लगानी विस्तार गर्ने तथा देशव्यापी रुपमा बैंकिङ्ग पहुुँचबाट बन्चित रहेका निम्न तथा मध्यम वर्गिय परिवार समक्ष वित्तीय सेवा पुर्याउने उद्देश्यका साथ… पुरा पढौ

५५ करोड निक्षेप राख्न बैंक खोज्दै राष्ट्र बैंक

काठमाडौं, १० फागुन । ५५ करोड रुपैयाँ निक्षेप राख्न नेपाल राष्ट्र बैंकले बैंकहरुका लागि सूचना निकालेको छ । आगामी चैत १ गतेदेखि एक वर्षका लागि राष्ट्र बैंकले निक्षेप राख्न खोजेको हो ।निक्षेप लिन चाहाने बैंकहरुले आवेदन दिन सक्ने राष्ट्र बैंकका पूवक्ता डा. गुणाकर भट्टले सफल आवाजलाई बताए । उनका अनुसार आफूले लिन चाहेको निक्षेप र तिर्न सक्ने ब्याजदर तोकेर बैंकहरुले आवेदन सक्नेछन् । तर यसका लागि राष्ट्र बैंकले केहि शर्तहरु भने तोकेको छ । बैंकले उत्पादन तथा पेन्सन र कर्मचारी… पुरा पढौ

गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम धाउँदै स्थानीय

ताप्लेजुङ, १० फागुन । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा समयमै सेञ्चुरी बैंकले शाखा स्थापना नगरेपछि स्थानीयवासीले आर्थिक कारोवार गर्न सदरमुकाम पुग्नुपर्ने बाध्यता खेप्दै आएका छन् । सङ्घीय संरचनामा गएसँगै विसं २०७४ को असार मसान्तसम्ममा सबै पालिका केन्द्रमा आर्थिक कारोवार गर्न बैंकले आफ्नो शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरेको थियो । त्यसैअनुसार तोकिएको बैंकले स्थानीय तहमा शाखा स्थापना गरेर आर्थिक कारोवार गर्दैआएको छ । सेञ्चुरी बैंकलाई मिक्वाखोला गाउँपालिकामा शाखा स्थापना गरेर आर्थिक कारोवार गर्न चार वर्ष अगाडि नै परिपत्र गरिएको… पुरा पढौ

२ वर्षको लाभांश बुझ्न किन गएनन् मिर्मिरेका लगानीकर्ता ?

काठमाडौं, १० फागुन । सेयर बजारमा किन लगानी गर्ने ? यसको सामान्य उत्तर हो, मूनाफा आर्जन गर्न वा सम्पत्ति बढाउन । तर कोहि लगानीकर्ताहरु यस्ता पनि पनि छन् जो आफूले लगानी गरेको सेयरको लाभांश समेत लिन चाहाना गर्दैनन् । यो तथ्य मिर्मिरे लघुवित्त वित्तीय संस्थाको हो । काभ्रेपलाञ्चोकको बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरेका कतिपय लगानीकर्ताहरुले २ वर्षको लाभांश अझै लिएका छैनन् । लगानीकर्ताहरु लाभांश लिन नआएपछि दिन नपाएको संस्थाले बताएको छ । २आर्थिक वर्षको लाभांश लिन नआए पछि संस्थाले सूचना… पुरा पढौ

कुमारी क्यापिटलले ८० करोडको कुमारी ईक्वीटी फण्ड निष्काशन गर्दै

काठमाडौ, ५ फागुन । कुमारी क्यापिटलले ८० करोडको कुमारी ईक्वीटी फण्ड निष्काशन गर्ने भएको छ । कुमारी क्यापिटलद्वारा व्यवस्थापन तथा कुमारी बैंक लि.द्वारा प्रवद्र्धन गरिएकोे १० बर्षे बन्दमुखि योजना अन्तरगत रु १० अकिंत दरको ८,००,००,००० (आठ करोड) इकाइको “कुमारी ईक्वीटी फण्ड” मध्ये १५ प्रतिशत अर्थात १,२०,००,००० इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडको लागि सुरक्षित राखी बाँकी ६,८०,००,००० (छ करोड असी लाख) इकाई फाल्गुन १४ गते शुक्रबार देखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुल्ला गरिने भएको छ । योजना ब्यवस्थापन गर्ने कुमारी… पुरा पढौ