कर्पोरेट

अर्थतन्त्र सुधार गर्न अर्थमन्त्री पुनलाई चेम्बरले दियाे यस्ताे सुझाव

काठमाडौं, ५ चैत । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री वर्षमान पुन समक्ष १७ वुँदे सुझाव पेश गरेको छ । शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्चमा वृद्धि, भन्सार प्रशासन सुधार, निर्यात प्रर्वद्धन लगायतका विषयमा चेम्बरले अर्थमन्त्री पुन समक्ष सुझाव पेश गरेको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले नवनियुक्त अर्थमन्त्री पुनलाई चेम्बरका तर्फबाट १७ वु“दे सुझाव पेश गरिएको चेम्बरले जनाएको छ । नेपालमा आयात हुने बस्तुहरुको भन्सार प्रयोजनका लागि सन्दर्भ मुल्यलाई खारेज गरी कारोबार मुल्यलाई मान्यता दिन पनि चेम्बरले… पुरा पढौ

मनकामना केबलकार १ दिनका लागि बन्द हुने

चितवन, ५ चैत । मनकामना केबलकार १ दिनका लागि बन्द हुने भएको छ। नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले यही चैत ७ गते १ दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ। नियमित मर्मत सम्भारका लागि १ दिन बन्द हुने सेवा चैत ८ गते बिहीबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिएका छन। गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी विसं… पुरा पढौ

आवश्यकता र औचित्य पुष्टि हुनेगरी राजस्वका दर हेरफेर हुनेछ: अर्थमन्त्री पुन

काठमाडौं, ५ चैत । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत करका दर हेरफेर गर्दा त्यसको आवश्यकता र औचित्यको तथ्यपूर्ण विश्लेषण गरेर मत्र गरिने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटघाटका क्रममा उनले राजस्वका दर हेरफेर गर्दा के–कति कारणले त्यस्तो गर्नुपरेको हो भनेर स्पष्ट रूपमा खुलाइने बताएका हुन। बजेट निर्माण तथा कर प्रणाली निर्धारण गर्दा सर्वसाधारण समेतको सहभागिता रहने गरी सार्वजनिक छलफलमा ल्याइनुपर्ने धारणा पनि पुनले राखेका थिए। “करका दरमा हेरफेर गर्दा तीन महले नै तयार पारेर… पुरा पढौ

अर्थतन्त्र संकटमा छ भन्दै निराश नबनाैं: अर्थमन्त्री पुन

काठमाडाैं, ४ चैत । सरकारका अर्थमन्त्री वर्षमान पुनले अहिले नेपालकाे अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री पुनले अर्थतन्त्रका सूचक केहि पछाडी रहेपनि समग्र अर्थतन्त्रमा संकट नरहेको बताएका हुन । एक वर्षभन्दा बढीका लागि वस्तु तथा सेवाको आयात धान्ने विदेशी मुद्रा सञ्चिती रहेको, बैंकहरुमा लगानी योग्य रकम पर्याप्त रहेको तथा विप्रेषणमा नयाँ रेकर्ड कायम हुनुले आगामी दिनमा नेपाली अर्थतन्त्रको भविष्य राम्रो रहेको संकेत दिने उनको भनाइ थियो । विकसित भनिएका र… पुरा पढौ

१८ किमि लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन निर्माण गर्न एमसीएले टेण्डर निकाल्याे

काठमाडौ, ३ चैत । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले १८ किलोमिटर लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइनको टेन्डर आह्वान गरेको छ। ४ सय केभी क्षमताको उक्त प्रसारण लाइनको निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नेसम्मको काम गर्न टेन्डर आह्वान गरिएको हाे । टेन्डरमा सहभागी हुन चाहने निर्माण कम्पनीहरूले आगामी २०८० जेठ ३ गतेसम्म आवेदन दिन सक्ने प्रकाशित सूचनामा उल्लेख गरिएकाे छ। एमसीसीको सहयोगमा बन्ने प्रसारण लाइन चार खण्डमा निर्माण हुनेछ । एमसीसीअन्तर्गतका ठेक्काहरु मूल्य तथा गुणस्तर दुवैलाई ध्यान दिएर लिइने एमसीएले जनाएको छ… पुरा पढौ

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सभाबाट ४ जना संचालकहरु निर्विरोध निर्वाचित

काठमाडाैं, ३ चैत। लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको पहिलाे वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। कम्पनीको प्रधान कार्यालय न्यूरोड पोखरामा संचालक समितिका अध्यक्ष निकोलस पाण्डेकाे अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो । कम्पनीको प्रथम साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष निकोलस पाण्डेले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल भई सर्वसम्मतिले पारित भएको थियाे ।   सभामा कम्पनीका अध्यक्ष लगायत सञ्चालक,सेयरधनी, कम्पनी सचिव,कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कर्मचारीहरुको सहभागिता थियो।  इन्स्योरेन्स कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट संस्थापक… पुरा पढौ

सिंगटी हाईड्रो इनर्जीको हकप्रद शेयर बाँडफाँड

काठमाण्डौ, २ चैत । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड गरेकाे छ । कम्पनीले मिति २०८० पौष २१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१) शेयरको अनुपातमा प्रति शेयर रु.१०० अंकित दरको १,४५,००,००० कित्ता हकप्रद शेयरको निष्काशन गरेकाे थियाे । सो मध्ये रितपूर्वक आवेदन दिने ७६,२०० जना शेयरधनीहरुलाई ९८,८८,४६१ कित्ता हकप्रद शेयर निष्काशनकर्ता कम्पनी तथा बिक्री प्रबन्धक सहितको संयुक्त बाँडफाँड समितीले सिफारिस गरे बमोजिम निष्काशनकर्ता कम्पनीको सञ्चालक समितीले सो बाँडफाँडलाई स्वीकृति… पुरा पढौ

कृषिकाे विकास र दिगो प्रवर्द्धन गर्न मनोहरा कृषि शित भण्डार तथा जिल्ला सहकारी संघ महोत्तरीबीच सहकार्य

काठमाडाैं, १ चैत । कृषिकाे विकास र दिगो प्रवर्द्धन गर्न मनोहरा कृषि शित भण्डार प्रालि काठमाडाैं र जिल्ला सहकारी संघ महोत्तरीले सहकार्य गर्ने भएका छन । महोत्तरी जिल्लाको कृषि विकासलाई टेवा पुर्याउन मनोहरा कृषि शित भण्डारको स्लोगन “माटो देखि सफलतासम्म 'From Soil to Success' अवधारणा अन्तरगत बृहत् कृषि विकास पहललाई प्रवर्द्धन गर्ने उद्देश्यले याे ऐतिहासिक सम्झौता भएको हाे । सम्झौता अनुसार मनोहरा कृषि शित भण्डार र जिल्ला सहकारी संघले महोत्तरी जिल्लामा कृषि उत्पादन, उत्पादकत्व वृद्धि, दिगो कृषि अभ्यास प्रवर्द्धन र… पुरा पढौ

लाभांश प्रस्ताव पारित गर्न साल्ट ट्रेडिङले डाक्याे एजिएम

काठमाडाैं, १ चैत । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश लगायतकाे प्रस्ताव पारित गर्न चैतकाे २३ गते साधारण सभा बाेलाएकाे छ । कम्पनीको उक्त ५७ औं साधारण सभाबाट लगानीकर्तालाई वितरण गरिने १५.७९ प्रतिशत लाभांशको प्रस्ताव अनुमाेदन गरिने भएकाे हाे । कम्पनीको सञ्चालक समितिको फागुन ३० गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरणहरुमाथि छलफल गर्ने, लेखापरीक्षककाे नियुक्ति तथा पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरू छलफलपछि अनमाेदन गरिने भएकाे छ । कम्पनीका अनुसार सभाले रूपैयाँ ४… पुरा पढौ

सान्जेन जलविद्युतकाे एजिएम चैतकाे पहिलाे हप्ता

काठमाडौं, ३० फागुन । सान्जेन जलविद्युत कम्पनीकाे साधारण सभा यही चैत ५ गते डाकिएकाे छ । कम्पनीकाे साधारण सभा कुण्डलिनी दरवार ब्यांकेट, चण्डोल, काठमाडौंमा पूर्वान्ह ११ बजे डाकिएकाे छ । साधारण सभामा लाभांशकाे प्रस्ताव भने छैन । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाब लगायत अन्य एजेण्डाहरूमा छलफल गरिने भएकाे छ ।  सभामा आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक ताेक्ने, सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा १ महिलासहित २ जना सञ्चालक चयन गरिने भएकाे छ ।  कम्पनीले साधारण… पुरा पढौ