आर्थिक 📈

आगामी मौद्रिक नीतिका लागी चेम्बर अफ कमर्सले दियो सुझाब

काठमाडौं, २९ असार । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३९ बुँदे सुझाव नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधकिारीसमक्ष पेस गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग हुने गभर्नर अधिकारीलाई सुझाव बुझाएको बताए । चेम्बर अफ कमर्सले गभर्नर अधिकारीको उपस्थितिमा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलाई बोलाएर मौद्रिक नीतिमा समेटिनु विषयबारे बृहत् अन्तरक्रिया समेत गरेको छ । बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत आर्थिक र वित्तीय क्षेत्रलाई… पुरा पढौ

निकुञ्जले दियो रु दुई करोड ५६ लाख क्षतिपूर्ति

काँक्रेविहार (सुर्खेत), २८ असार । आर्थिक वर्ष २०८०/८१ मा डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडले निकुञ्जबाट गएका वन्यजन्तुले स्थानीयवासीको पशु, चौपायामा पारेको क्षतिको राहत उपलब्ध गराएको छ । निकुत्तजले पशुधन बीमाअन्तर्गत रु दुई करोड ५६ लाख वन्यजन्तु पीडित स्थानीयवासीलाई राहत उपलब्ध गराएको हो । डोल्पोबुद्ध गाउँपालिकाको धो, शे–फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो र त्रिपुरासुन्दरी नगरपालिकाको रसिगाउँका स्थानीयलाई निकुञ्जका वन्यजन्तुले पशुचौपायामा पुर्‍याएको क्षतिको मूल्याङ्कन गरेर राहतस्वरुप उक्त रकम वितरण गरिएको किुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए। निकुञ्ज क्षेत्रमा बसोबास गरिरहेका… पुरा पढौ

सुन तोलाको १ लाख ४६ हजार ७ सय, चाँदीमा पनि बृद्धि

काठमाडौं, २८ असार । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ १८ सय तथा चाँदीमा रुपैयाँ १५ ले बढेको जानकारी दिएको छ । छापावाल सुनमा रुपैयाँ १८ सयले बढेर तोलाको १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १८ सयले… पुरा पढौ

शुक्रबार अमेरिकी डलर र यूरोको भाउ बढ्यो

काठमाडौं, २८ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । साथै युरोको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ४० पैसा र बिक्रिदर… पुरा पढौ

६० अर्ब भुक्तानी नहुँदा निर्माण व्यवसायी मर्कामा

काठमाडौं, २७ असार । चालु आर्थिक वर्ष समाप्त हुन चार दिन बाँकी रहँदा आफूहरूले राज्यबाट ६० अर्ब भुक्तानी लिन बाँकी रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिँदै भुक्तानीको अविलम्ब व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको अर्बौैं रकम भुक्तानी नहुँदा ‘आपूर्ति चक्र’ नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरु नै बन्द हुने स्थिति उत्पन्न भएको बताए। “बैंकको किस्ता र अन्य कर तिर्न नसकी हजारौं व्यवसायी मात्र… पुरा पढौ

जाल्पा सामुदायिक र किसान लघुवित्तको आजदेखि एकीकृत कारोबार शुभारम्भ

काठमाडौं, २७ असार । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त बित्तिय संस्था एक आपसमा गाभिएर आज असार २७ गतेबाट एकीकृत कारोबार सुरु भएको छ। दुवै संस्था मर्ज भएपछि ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार समेत सुरु भएको बताइएकाे छ । प्रमुख अतिथि नेपाल रास्ट्र बैंकका डिपुटी गभर्नर बमहादुर मिश्रले एकीकृत कारोबारको आज शुभारम्भ गरेका हुन् । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । यी दुई कम्पनीले गत चैत १८ गते मर्जरका… पुरा पढौ

नेप्से २२०४.६१ विन्दुमा उक्लियो, ७ अर्ब बढीको कारोबार

काठमाडौं, २७ असार । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेप्सेमा उभार आएको छ । नेप्से परिसूचक २२ सयको विन्दु क्रस गरेको छ । नेप्सेको उकालोको यो यात्राले लगानीकर्ताहरुमा उत्साह थपिएको छ । अर्थ बजारमा सुधार आउने र मौद्रिक नीति पनि बजारमैत्री आउने चर्चा भईरहँदा लगानीकर्ताहरु सकारात्मक परिणामको पखाईमा रहेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.३४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ५.९० अंकले बढेर ३९१.६६ विन्दुमा रहेको… पुरा पढौ

बिहिबार सुनचाँदीको भाउ बढ्यो, तोलाको कति ?

काठमाडौं, २७ असार । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ १५ ले बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख ४४ जहार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ८ सयले बढेर तोलाको… पुरा पढौ

सूर्योदय वोमी लघुवित्तले एफपीओ ल्याउदै, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं, २७ असार । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि एफपीओ निष्काशन गर्ने बताएकाे छ। गाभ्न, गाभिनका लागि कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनै पर्ने प्रावधान अनुसार संस्थाले सार्वजनिक निष्काशन (एफपीओ) खुलाउन लागेकाे हाे । साविकको सूर्योदय लघुवित्त र वामी लघुवित्त गाभिएपछि नयाँ नामाकरण भएकाे सूर्योदय वोमी लघुवित्तको पूँजी संरचना संस्थापकतर्फ ७०.३६ प्रतिशत र सर्वसाधारणतर्फ २९.६४ प्रतिशत रहेकोमा पूँजी संरचना ऐन अनुसार रहन एफपीओ खुलाउन लागिएकाे हाे । लघुवित्तका अनुसार रुपैयाँ ४६ लाख ७२ हजार ९५४ बराबरको ४६ हजार… पुरा पढौ

अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । साथै युरोको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ३४ पैसा र बिक्रिदर… पुरा पढौ