पोखरा, १३ मंसिर । पोखरामा प्रधान कार्यालय रहेको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लघुबिमा साक्षरता अभियान शुरू गरेको छ । पोखराको ताल बाराही माविका कक्षा ११ का विधार्थीबीच लघुजीवन बिमा परिचय, बिमाका सिद्धान्त, फाइदा, बिमामा जोडिन सक्ने प्रक्रिया, बिमासँग सम्बन्धित समयसामयिक विषयवस्तुमा केन्दित रहेर एक कार्यक्रम सम्पन्न गरिएको छ । सो कार्यक्रममा कम्पनीको गण्डकी, लुम्बिनी प्रदेशका क्षेत्रीय प्रबन्धक शिवप्रसाद पौडेल, गण्डकी प्रदेश प्रमुख विश्वराज पौडेलले विद्यार्थीबीच अन्तक्रिया गरेका थिए । बिमाको मुलधारमा समावेश हुन नसकिरहेका विपन्न, न्यून आय भएका वर्गका…
पुरा पढौ