आर्थिक 📈

शेयर बजारको आम्दानीबाट कलेजको शुल्क तिर्दै विद्यार्थी

नेपालगञ्ज, १३ मङ्सिर । बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खासगरी कलेजको व्यस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरू बताउँछन् । “हामीले प्राथमिक बजार (आइपिओ) मा लगानी गर्न सिकेर दोस्रो (सेकेन्डरी) बजारमा पनि लगानी गरेका छौँ,” नेपालगञ्जको अल्पाइन व्यवस्थापन कलेजका स्नातक तहका विद्यार्थी पारश तिमिल्सिनाले भने। उनले साथीहरू र गुरुको माध्यमबाट शेयर बजारको अध्ययन गरेर बजारको प्राथमिक र सेकेन्डरी बजारमा प्रवेश गरेको उल्लेख गर्दै आफू… पुरा पढौ

विभेद हटाउन ‘उपमेयर नवजात बालिका बचत खाता’ कार्यक्रम

कञ्चनपुर, १३ मङ्सिर । छोरीमाथि हुने विभेद हटाउन कृष्णपुर नगरपालिकामा ‘उपमेयर नवजात बालिका बचत खाता’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ । नगरपालिका क्षेत्रभित्रका स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी भई जन्मने बालिकालाई नगरपालिकाले बचत खातामार्फत रु दुई हजार रकम उपलब्ध गराउन कार्यक्रम सञ्चालन गरिएको हो । गर्भमा रहेका छोरीको भ्रूण हत्या निरुत्साहित गर्न, छोरीमाथिको विभेद हटाउन, छोरीको जन्मदर्ता गराउनका लागि कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाप्रमुख रतनबहादुर बिष्टले बताए। बालिका स्वास्थ्य संस्थामा जन्मेको प्रमाणपत्र, आमाको नागरिकताको प्रतिलिपि, बालिका जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, बाल बचत… पुरा पढौ

अब काठमाडौंमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण पूर्ण निषेध

काठमाडौं, १३ मंसिर। काठमाडौं महानगरपालिकाले मंसिर २७ गतेदेखि आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीवितरण पूर्णरुपमा निषेध गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार २७ गतेदखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने तयारी गरिएको छ। कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार (चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन । कसैले… पुरा पढौ

सुनकाे भाउ हालसम्मकै उच्च विन्दुमा, चाँदीको पनि बढ्यो

कठमाडौं, १३ मंसिर । सुनचाँदीको भाउ बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर हालसम्मकै उच्च विन्दु कायम भएको हो । छापावाल सुनमा रुपैयाँ १६ सय तथा चाँदीमा रुपैयाँ २० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसयाी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १६ सयले बढेर तोलाको १ लाख १९ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको… पुरा पढौ

बुधबार अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो

काठमाडौं, १३ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेकाे छ । यूरोसहित अन्य मुलुकहरूको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४ पैसा र बिक्रिदर १३३… पुरा पढौ

सोफा उत्पादक सङ्घद्वारा भूकम्प पीडितलाई साढे १ लाख सहयोग

काठमाडाैं, १३ मङ्सिर । सोफा उत्पादक सङ्घले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु एक लाख ४४ हजार सात सय ८० सहयोग गरेको छ । गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट पीडित जनताका लागि सङ्घले मंगलबार सो सहयोग गरेको सङ्घका अध्यक्ष तारालाल धरेलले जानकारी दिए। कार्यालयमा ‘नेपाली सोफा नै प्रयोग गरौँ’ भन्ने अभियान सङ्घले सञ्चालन गर्दै आएको छ । पुरा पढौ

नेपाल वेयरहाउजिङ्गको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं, १३ मंसिर । नेपाल वेयरहाउजिङ्ग कम्पनीले निष्काशन गरेकाे सेयर (आईपीओ) मा आवेदन दिने आज बुधबार अन्तिम दिन बाँकी रहेकाे छ। कम्पनीले मंसिर १० गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारि गरेकाे थियाे । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सेयर जारि गरि बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लागि ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्काशन तथा बिक्रीमा ल्याएकाे हाे । कम्पनीले जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर… पुरा पढौ

पञ्चकोटमा ब्राह्माण्डीय महायज्ञ हुँदै, रु ५० करोडकाे कलश निर्माण गरिने

ढोरपाटन (बागलुङ), १३ मङ्सिर । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्राह्माण्डीय महायज्ञ’ को तयारी थालिएको छ । पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी कृष्णगण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा आगामी फागुन ९ देखि २२ गतेसम्म सो महायज्ञ गर्न लागिएको हो । पञ्चकोट धाम स्थापनाको १०औँ वार्षिकोत्सव पारेर आयोजना गर्न लागिएको यस महायज्ञबाट वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि, सनातन संस्कृतिको संरक्षणका साथै नेपालको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । यस… पुरा पढौ

नेप्सेमा झिनो अंकको गिरावट, १ अर्ब २८ करोडको कारोबार

काठमाडौं, १२ मंसिर । साताको सेयर कारोबार हुने आज मंगलबार तेश्रो दिन हाे । यसदिन नेपाली सेयर बजारमा झिनो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.१७ अंकले घटेर १८९४.५३ विन्दुमा झरेको छ । नेप्सेमा ०.११ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.८६ अंकले घटेर ३६१.८५ विन्दुमा रहेको छ । १३ उपसमूहमध्ये ८ वटामा रातो लागेको छ । बाँकी रहेका ५ वटामा हरियो लागेको छ । यसदिन कुल २९० कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको् ४७… पुरा पढौ

अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात

झापा, १२ मङ्सिर । कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०÷८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ । झापा, इलाम, पाँचथर, धनकुटालगायत कोशी प्रदेशको जिल्लामा चियाको खेती हुँदै आएको छ । पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपको बजारमा माग बढिरहेको व्यवसायी… पुरा पढौ