आर्थिक 📈

गैरखाद्यभन्दा खाद्यवस्तुमा चर्को मूल्यवृद्धि: राष्ट्र बैंक

काठमाडौं, २८ जेठ । गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति छ दशमलव २७ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति दुई दशमलव ९६ प्रतिशत छ । गत वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ४० प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ४१ प्रतिशत थियो ।… पुरा पढौ

नेप्सेमा ८.९० अंकको बृद्धि, साढे ५ अर्बको कारोबार

काठमाडौं, २८ जेठ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । यसले लगानीकर्ताहरुको मनोबल बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.९० प्रतिशतले बढेर २०८२.०९ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.८६ अंकले बढेर ३६९.०५ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ७ वटामा हरियो लागेको छ । बाँकी ५ वटामा रातो लागेको छ । यसदिन कुल ३१४ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको १… पुरा पढौ

मुलुकमा उत्पादनमुखी बजेट आवश्यक छ : पूर्वअर्थमन्त्री महत

काठमाडौं, २८ जेठ । पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताएका छन् । साउथवेस्टन स्टेट कलेज वसुन्धराद्वारा आज आयोजित ‘आर्थिक वर्ष २०८१÷०८२ को बजेटबाट अपेक्षा र कार्यान्वयन’ विषयक अन्तक्र्रियामा उनले मुलुकको अर्थतन्त्रलाई सही दिशा प्रदान गर्नका लागि अनुशासनको खाँचो छ भने । नेपाली कांग्रेसका प्रवक्ता डा महतले कुन क्षेत्रमा कति बजेट विनियोजन गर्दा मुलुकको आर्थिक विकासमा सहयोग पुग्छ त्यसको बारेमा सरकारले पहिल्यै यकिन गर्न आवश्यक रहेको बताए। उनले भने, “रु… पुरा पढौ

सोमबार सुनचाँदी स्थिर भाउमा खरिद बिक्री हुँदै

काठमाडौं, २८ जेठ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेर काराेबार भइरहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ४१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन रुपैयाँ ४ हजारले घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुनमा… पुरा पढौ

मह बेचेर भोजपुरको नागीमा १ करोड बढी रकम भित्रियो

भोजपुर, २८ जेठ । भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा एक वर्षमा रु एक करोड २० लाख बढी भित्रिएको छ । टेम्केमैयुङ–४ मा पर्ने यो स्थानका अधिकांश किसानले व्यावसायिक रुपमा मौरीपालन गरिरहेका छन् । नजिकै प्रशस्त वन क्षेत्र रहेकोले यहाँका हुँगे, चोक्ला, वाकताङ लुङ्गिनलगायतका स्थान मौरीपालन हुने गरेको छ । मह आम्दानीको राम्रो स्रोत बनेको स्थानीय मौरीपालक किसान सारुहाङ राईले बताए। आफूले पालेको १८ वटा आधुनिक घारमा… पुरा पढौ

सोमबार अमेरिकी डलरको भाउ स्थिर, यूरो घट्यो

काठमाडौं, २८ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरो भाउ भने घटेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ १० पैसा र बिक्रिदर… पुरा पढौ

७ करोड ४० लाख हिनामिनाको आरोपमा स्क्वायर सहकारीका अध्यक्ष जोशी सहित ३ जना पक्राउ

काठमाडौँ, २७ जेठ । स्क्वायर बचत तथा ऋण सहकारी संस्था काठमाडौँको करोडौ रकम अपचलन गरेको आरोपमा अध्यक्ष सहितका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त सहकारीका अध्यक्ष वासुदेव मान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछैँ रहेकाे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआएबी) ले जनाएको छ । पक्राउ परेकाहरूमाथि सहकारीको ७ करोड ४० लाखभन्दा बढी रकम हिनामिना गरेको आरोप छ। सहकारीका निक्षेपकर्ताहरूलाई आर्कषक ब्याजदर दिन्छु भनी प्रलोभन देखाइ निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा… पुरा पढौ

नेप्से ४.५९ अंकले घट्यो, ५ अर्ब बढीको कारोबार

काठमाडौं, २७ जेठ । साताको सेयर कारोबार हुने पहिलो दिन आज आइतबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । यसरी सेयर बजारमा भएकाे गिरावटले लगानीकर्ताकाे मनाेबल घटाएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ विन्दुमा झरेको छ । नेप्सेमा ०.२२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.१५ अंकले घटेर ३६८.१८ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये ५ वटामा हरियो लागेको छ । बाँकी रहेका ८ वटामा रातो लागेको छ । कुल ३१३ कम्पनीहरुको… पुरा पढौ

सुन तोलामा रु ४ हजारले घट्यो, चाँदीमा पनि गिरावट

काठमाडौं, २७ जेठ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ४ हजार तथा चाँदीमा रुपैयाँ ७५ ले गिरावट भएको जानकारी गराएकाे छ । छापावाल सुनमा रुपैयाँ ४ हजारले घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन अहिलेसम्मकै उच्च रेकर्ड बनाउदै तोलाको १ लाख ४५ हजार रुपैयाँमा करोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ४ हजारले घटेर… पुरा पढौ

आज अमेरिकी डलर, यूरोसहित अन्यकाे भाउ स्थिर

काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । साथै युरोसहित अन्यको भाउ पनि स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ १०… पुरा पढौ