कर्पोरेट

मुलुकको विद्युत् प्रणालीमा २ हजार ८ सय मेगावाट बिजुली उपलब्ध

काठमाडौं, २१ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाल मुलुकको विद्युत् प्रणालीमा दुई हजार आठ सय ५२ मेगावाट बिजुली उपलब्ध रहेको बताएका छन् । नेपाल उद्योग व्यापार महासङ्घको दोस्रो साधारणसभाको आज उद्घाटन गर्दै उनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा कूल जडित क्षमता तीन हजार पाँच सय मेगावाट पुग्ने बताए। ऊर्जामन्त्री बस्नेतले २०७२ पछि मुलुकको ऊर्जा क्षेत्रले अपेक्षित प्रगति गरेको बताउँदै पछिल्लो एक वर्षमा पाँच सय मेगावाट बिजुली थप भएको र आगामी तीन महिनामा पाँच सय मेगावाट विद्युत थपिने उनले… पुरा पढौ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्र विस्तार

काठमाडौं, २० पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार जाँच क्षेत्र विस्तार गरिएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विगतमा साँघुरो भई भीडभाड हुने उक्त क्षेत्र विस्तारसँगै यात्रुलाई सहज हुने भएको छ । “अन्तर्राष्ट्रिय टर्मिनलको आगमन भन्सार क्षेत्र साँघुरो भई यात्रुलाई असहज भइरहेकामा सो क्षेत्रको विस्तार भएको छ, प्रस्थानको ‘चेक इन’ क्षेत्रसमेत विस्तार गर्न लागिएको छ”, महाप्रबन्धक तिवारीले भने। आन्तरिक आगमनतर्फ एक मात्र ‘ब्यागेज बेल्ट’ रहेकामा छुट्टै दुई बेल्टसहित फराकिलो आगमन टर्मिनल निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको विमानस्थल कार्यालयले… पुरा पढौ

पाँच गाउँमा विद्युत् सेवा विस्तार

दमौली (तनहुँ), २० पुस । तनहुँको देवघाट गाउँपालिका–४ को पाँच गाउँमा विद्युत् विस्तार भएको छ । हालसम्म विद्युत् पहुँच नपुगेको उक्त वडाको ढुङ्गाघारी, बसेनी, काफलस्वाँरा, बापस र डुडेबासपानीमा विद्युत् विस्तार भएको हो । भरतपुर विद्युत् वितरण केन्द्र आँपटारी ‘सवस्टेसन’मार्फत ती गाउँका एक सय ३० घरमा बिजुली बलेको देवघाट–४ वडाध्यक्ष मित्रलाल गुरुङले जानकारी दिनुभयो । बिजुलीका लागि मिटरबक्स र प्राविधिक भने तनहुँको आँबुखैरेनी सवस्टेसनले उपलब्ध गराएका थियो । नेपाल विद्युत् प्राधिकरण आँबु उपवितरण केन्द्रका प्रमुख राजवीर यादवको उपस्थितिमा ती घरधुरीमा विद्युत्… पुरा पढौ

नेपाल-भारत विद्युत् व्यापारमा फड्को : तीन प्रसारण लाइन एकैपटक सञ्चालन

काठमाडौं, १९ पुस । नेपाल र भारतबीच बिजुली खरिदबिक्रीका लागि महत्वपूर्ण मानिएका तीन वटा प्रसारण लाइनको आज उद्घाटन भएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करले आज कुशाहा–कटैया, परवानीपुर–रक्सोल र मैनहिया– न्यू नौतनवा प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गरे। त्यस अवसरमा उपस्थित ऊर्जा जलस्रोत तथा सिँचाइमनत्री शक्तिबहादुर बस्नेतले दुई देशबीचको विद्युत् व्यापारका लागि आजदेखि सञ्चालन भएका प्रसारण लाइन द्विपक्षीय ऊर्जा व्यापारका निम्ति उपलव्धिपूर्ण भएको बताए। उन दुई देशबीच बिजुली खरिदबिक्रीका लागि विद्यमान संरचनाको अधिकतम उपयोग गर्ने विषयमा… पुरा पढौ

क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य

लुम्बिनी, १९ पुस । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न अन्तर्राष्ट्रिय चेम्बर शाखासँग सहकार्य र साझेदारी गर्ने सहमति गरेको छ । हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, हिन्दू चेम्बर अफ कमर्स, क्यानडा तथा नेपाल–क्यानडा चेम्बर अफ कमर्सका बीच साझेदारी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको चेम्बर लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोेखरेलले जानकारी दिए। नेपाल भ्रमणका क्रममा बुधबार लुम्बिनी आइपुगेका हिन्दू चेम्बर अफ कमर्स क्यानडाका प्रतिनिधि तथा नेपाल–क्यानडा चेम्बर अफ कमर्सका प्रतिनिधि र लुम्बिनी चेम्बर अफ कमर्सका प्रतिनिधिबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो… पुरा पढौ

१० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा आज हस्ताक्षर

काठमाडौं, १९ पुस । नेपाल र भारतबीच आज बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले साथर्कता पाउन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुष्टि गरेको छ । बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गर्ने कार्यक्रम तय भएको ऊर्जा मन्त्रालयका प्रवक्ता एवं सहसचिव नवीनराज सिंहले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत जेठमा… पुरा पढौ

प्रभु क्यापिटलका ग्राहकले सिद्धार्थ बिजनेश ग्रुपका होटल, रेष्टुरेन्टमा २० प्रतिशतसम्म छुट पाउने

काठमाडौं, १८ पुस । प्रभु क्यापिटलका ग्राहकले सिद्धार्थ बिजनेश ग्रुप अन्तरगतका होटल, रेष्टुरेन्टमा २० प्रतिशतसम्म छुट पाउने भएका छन । क्यापिटलले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटयालिटीसंग हितग्राहीलाई सेवामा छूट दिनका लागि याे व्यवसायिक सम्झौता गरेको बताएकाे छ। अाज बुधबार गरिएको उक्त सम्झौता २ वर्षका लागि लागू हुनेछ । सो सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको तर्फबाट कर्पोरेट सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर नृपेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता बमोजिम सिद्धार्थ बिजनेश ग्रुप… पुरा पढौ

राष्ट्रिय बीमा कम्पनी,आईजीआई प्रुडेन्सियल र युनाइटेड अजोड इन्स्योरेन्स किन परे कारबाहीमा ?

काठमाडाैं, १७ पुस । नेपाली बीमा प्राधिकरणले ३ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। कारबाही पर्ने बीमा कंपनीहरूमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी रहेका छन । उनिहरूलाइ जनही २ लाख नगद जरिवाना सहित कारबाही गरिएकाे बताइएकाे छ । कंपनीकाे स्थलगत निरीक्षणका क्रममा अधिकांश बीमा कम्पनीहरुले उधारो बीमा गराएको, रेट कटिङ गरेको, आम्दानीको स्रोत नखुलाई बीमा गरेर सम्पत्ति शुद्धीकरणमा ध्यान नदिएको, दाबी भुक्तानीमा समस्या पाइएको जस्ता कैफियत भेटिएको प्राधिकरणले जनाएको छ । नेपाल बीमा प्राधिकरण सञ्चालक… पुरा पढौ

विन्ध्यवासिनी हाईड्रोपावरले पाैष २६ मा बाेलायाे साधारण सभा

काठमाडाैं,१७ पुस । विन्ध्यवासिनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडेको वार्षिक साधारण सभा पुस २६ गते हुने भएको छ । उक्त साधारण सभाले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गर्ने कम्पनीले जनाएको छ । कम्पनीको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत लाभाश वितरण गर्ने कम्पनीले बताएको छ । साथै उक्त सभामा आर्थिक वर्ष २०८९–०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरि स्वीकृत गरिनेछ । सभामा भाग लिन चाहने शेयरधनीले विहान ९ बजेभित्र सभाहलमा प्रवेश गसिरसक्नु पर्नेछ । साथै आफ्नो परिचय खुल्ने प्रमाणपत्र लिएर आउनुपर्ने कम्पनीले… पुरा पढौ

लुम्बिनी, गरिमा विकास बैंक र छिमेक लघुवित्तकाे सेयरमूल्य समायोजन

काठमाडाैं, १७ पुस । दुईवटा बिकास बैंक तथा एक लघु वित्तकाे सेयरमूल्य नेप्सेमा समायाेजन भएकाे छ । लुम्बिनी विकास बैंक, गरिमा विकास बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएकाे नेप्सेले जनाएकाे छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि तीनवटै कम्पनीहरुले बुकक्लोज गरेपछि नेप्सेले सेयरमूल्य समायोजन गरेर नयाँ मूल्य निर्धारण गरेको हो। लुम्बिनी विकास बैंकको ४ प्रतिशत बोनस समाजाेन भएकाे छ । गरिमा विकास बैंकको ९.५० प्रतिशत तथा छिमेक लघुवित्तको ५ प्रतिशत बोनस सेयर समायोजन भएकाे छ… पुरा पढौ