कर्पोरेट

युनाइटेड मेवाखोला हाइड्राेपावरकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाडाैं, १६ पुस । युनाइटेड मेवाखोला हाइड्राेपावरकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त भएकाे छ ।आज एक समारोह बीच सिटिजन्स क्यापिटल लिमिटेड र युनाइटेड मेवा खोला हाइड्राेपावर लिमिटेड बीच डिल्लीबजार, काठमाण्डौमा साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हाे । उक्त सम्झौतामा युनाइटेड मेवा खोला हाइड्राेपावरकाे तर्फबाट कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका थिए । याे सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले युनाइटेड मेवाखोला हाइड्राेपावरकाे… पुरा पढौ

डेडिकेटेड र ट्रङ्कलाइन विवादः प्रशासकीय पुनरावलोकनमा जानु उपयुक्त

काठमाडौं, १६ पुस । विगतमा चरम लोडसेडिङ रहेको अवस्थामा डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच देखिएको महशुलसम्बन्धी विवाद समाधानका लागि प्रशासकीय पुनरावलोकनमा जानु उत्तम विकल्प हुने देखिएको छ । यसका लागि प्राधिकरणमा छुट विलिङको २५ प्रतिशत रकम धरौटी राख्नुपर्नेछ । प्राधिकरणले छुट विलिङ भन्दै डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका औद्योगिक ग्राहकलाई पत्राचार गरेपछि त्यसविरुद्ध उद्योगीहरु अदालत गएका थिए । अदालतले प्राधिकरणको विद्युत् महशुल सङ्कलन विनियमावली र विद्युत् वितरण विनियमावलीमा विलिङलगायतका नियमावली बमोजिम… पुरा पढौ

घलेम्दी हाइड्रोकाे हकप्रद सेयरमा आजसम्म आवेदन दिन सकिने

काठमाडाैं, १६ पुस । घलेम्दी हाइड्रो लिमिटेडकाे हकप्रद सेयरमा आवेदन दिने आज साेमबार अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले मंसिर १० गतेदेखि हकप्रद सेयर निष्काशन गरेकाे थियाे । कम्पनीका अनुसार हाल कायम रहेकाे १ कित्ता बराबर नयाँ २ कित्ता सेयर जारि गरिएकाे थियाे । अर्थात कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १ करोड १० लाख कित्ता हकप्रद जारि गरेकाे हाे । कम्पनीले हकप्रद सेयर प्रयोजनका लागि कात्तिक ३ गते बुकक्लोज गरेकाे थियो। आवेदन दिनका… पुरा पढौ

हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न मन्त्री किरातीकाे निर्देशन

काठमाडौं, १५ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले युरोपेली नियोगले नेपालको हवाई सुरक्षामा लगाएको कालोसूचीका सम्बन्धमा उठाइएका प्रश्नको सम्बोधन गरी त्यसको अक्षरशः पालना गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई निर्देशन दिएका छन्। मुलुकको हवाई प्रशासनलाई व्यवस्थित गर्न स्थापित सो प्राधिकरणको २५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर यात्रुमैत्री वातावरण बनाइ देशको उच्च छवि कायम गर्न आग्रह गरे। उहाँले सरकार–निजी क्षेत्रको साझेदारीमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने जानकारी दिँदै सरकारको पर्यटन प्रवद्र्धन… पुरा पढौ

स्वास्थ्य बीमा गरेकाले उपचार गरेबापत १०% रकम तिर्नुपर्ने

काठमाडौं, १५ पुस । स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम (सहभुक्तानी) बीमित बिरामीलाई तिराउने भएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० ल्याएर स्वास्थ्य सेवा उपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्ने बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिए । यसअघि बोर्डमा आबद्ध भएकाले कुनै रकम तिर्नु पर्दैनथ्यो । बीमितलाई रु एक लाख बराबरको उपचार खर्च बीमा बोर्डले व्यहोर्ने गर्दछ । उनले अनावश्यक स्वास्थ्य… पुरा पढौ

राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर निर्माण गर्न खोला फर्काइयो

म्याग्दी, १४ पुस । नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर (बालुुवा थिग्राउने पोखरी) निर्माणका लागि आज राहुघाट नदीलाई फर्काइएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा न ५ झिँ को फेदीमा एक सय १९ दशमलव सात मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्टर बनाउनका लागि खोला फर्काइएको हो । दग्नामतर्फको भूगोलमा डिसेन्डर बनाउन झिँतर्फको भूगोलमा निर्माण भएको एक सय १२ मिटर लामो, एक सय १९ दशमलव सात मिटर अग्लो र पाँच मिटर… पुरा पढौ

डेडिकेटेड लाइनबारे उच्चस्तरीय आयोग बनाउन अध्यक्ष ढकालको माग

काठमाडौ, १३ पुस । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आयोग बनाएर डेडिकेटेड र ट्रङ्कलाइनमा देखिएको विवाद तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन् । आजदेखि दोलखाको चरिकोटमा सुरुभएको दोलखा महोत्सवको समुद्घाटन समारोहमा अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र समस्यामा रहेको अहिलेको समयमा डेडिकेटेड र ट्रङ्कलाइनको विवादले व्यवसायीहरुको मनोबल घट्ने र मुलुकमा लगानीको वातावरण थप बिग्रने बताउँदै उच्चस्तरीय आयोग बनाई यसको तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिएको महासङ्घले विज्ञप्तिमार्फत जनाएको छ । समस्यामा रहेको मुलुकको अर्थतन्त्र विस्तारै सहज हुने अपेक्षा रहेको… पुरा पढौ

यी ६ वटा कम्पनीकाे सेयरमूल्य नेप्सेमा समायाेजन

काठमाडौं, १३ पुस । आज नेपाल स्टक एक्सचेञ्जमा ६ कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ। नेप्सेका अनुसार हिमालयन डिष्टिलरी, साना किसान विकास लघुवित्त, घोराही सिमेन्ट्स, सपोर्ट लघुवित्त, आत्मनिर्भर लघुवित्त तथा राधी विद्युतको सेयरमूल्य समायोजन गरिएको हो। यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेकाेले नेप्सेमा उनीहरुकाे सेयरमूल्य समायोजन गरेर नयाँ सेयरमूल्य कायम गरिएकाे हो। हिमालयन डिष्टिलरीको १० प्रतिशत, साना किसान विकास लघुवित्तको १४.२५ प्रतिशत, घोराही सिमेन्ट्सको १५ प्रतिशत, सपोर्ट लघुवित्तको १३ प्रतिशत सेयरमूल्य समायाेजन भएकाे छ । यस्तै… पुरा पढौ

६१ उद्योगले २२ अर्ब २४ करोड विद्युत बक्यौता तिरेनन्

काठमाडाैं, १३ पुस । नेपाल विद्युत प्राधिकरणले २०८० साल मंसिर महिनाकाे अन्यसम्म ६१ वटा उद्योगहरुले विद्युत बक्याैता रकम नतिरेकाे जनाएकाे छ । उनीहरूकाे २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको जानकारी गराएकाे छ । डेडिकेटेड तथा ट्रंक लाइनकाे विद्युत् प्रयाेग गरेर विद्युत बक्याैता नतिरेका ९ वटा ठूला उद्योगहरूको लाइन प्राधिकरणले काटेकाे छ । रकम तिर्न अटेर गरिरहेका बाँकी उद्योगहरूको लाइन पनि क्रमशः काट्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । कोशीकाे विराटनगरमा विभिन्न ७ वटा ठूला उद्योगले डेडिकेटेड तथा ट्रंक… पुरा पढौ

बिजुलीको बक्यौता तिर्नैपर्छ, छुट हुँदैन : प्राधिकरण

काठमाडौं, १२ पुस । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका र हाल लाइन काटिएका ग्राहकलाई पुनरावेदन प्रक्रियामा आउन आग्रह गरेको छ । महसुल उठाउनैपर्ने र राजस्वमा छुट दिन नसकिने भएकाले पुनरावलोकन प्रक्रियामा आउन वा किस्ताबन्दीमा तिर्नका लागि अवसर दिन सकिने स्पष्ट पारेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज आयोजित पत्रकार सम्मेलनमा डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत् लिएकाको लाइन काटेर बक्यौता उठाउन निर्देशन दिइसकेको सन्दर्भमा छुट दिन नसकिने बताए। पछिल्लो पटक प्रधानमन्त्री… पुरा पढौ