कर्पोरेट

माथिल्लो अरुण हाइड्रोमा ऋण लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुँदै

काठमाडौँ, ३० भदौ । माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी जुटाउन ऋण लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । अर्धजलाशयुक्त प्रकृतिको सो परियोजनामा विश्व बैङ्कसमेतको लगानी रहने र आन्तरिकरुपमा ५३ अर्ब बराबरको स्रोत सुनिश्चित गर्नुपर्ने आवश्यकता छ । यसै अनुरुप सरकारी अप्पर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड र हाइड्रो इलेक्ट्रेसिटी डेभलपमेन्ट कम्पनी लिमिटेडको नेतृत्वमा अन्य सरकारी स्वामित्वका बैङ्क तथा वित्तीय संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर हुने भएको हो । पहिलो चरणमा एचआइडिएसिएलको नेतृत्वमा सहवित्तीयकरणसम्बन्धी प्रारम्भिक सम्झौता हुनलागेको हो । त्यसमा नेपाल बैङ्क, राष्ट्रिय… पुरा पढौ

वर्ल्डलिंकले ल्यायो चाडपर्वलक्षित ‘वर्ल्डलिंक फेस्टिभिटी’ अफर

काठमाडौं, ३० भदौ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले चाडपर्वलक्षित 'वर्ल्डलिंक फेस्टिभिटी' अफर सञ्चालनमा ल्याएको छ । अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक फरक आकर्षक डिलहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीको पहिलो प्याकेजको फास्ट अफर रहेको छ जस अन्तर्गत प्रति महिना १ हजार ५० प्रति महिनाको वार्षिक सदस्यता लिँदा डुअल ब्यान्ड राउटर र २ सय एमबीपीएस क्षमताको इन्टरनेट सेवा प्राप्त गर्न सकिनेछ । अर्को '२ राउटर्स' प्याकेज अन्तर्गत प्रतिमहिना १ हजार ५० रुपैयाँको वार्षिक सदस्यता लिँदा… पुरा पढौ

बरुण हाइड्रोको हकप्रदमा आवेदन दिने म्याद २ दिन बाँकी

काठमाडौं, ३० भदौ । बरुण हाइड्रोपावर लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने म्याद आज र भोलि गरी दुई दिन बाँकी रहेको छ । कम्पनीले गत भदौ ६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद भदौ २६ बाट बढाएर ३१ गतेसम्म पुर्याएको थियो । कम्पनीले १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा निष्कासन गरेको यो हकप्रदका लागि आज बिहान १० बजेर ११ मिनेट जाँदासम्म २४ हजार ३१ आवेदकले १८ लाख ७ हजार ९४२ कित्ताका लागि आवेदन… पुरा पढौ

आईएमईआई दर्ता नभएका मोबाइल भोलिदेखि नचल्न‍े

काठमाडौं, २९ भदौ । भोलि भदौ ३० गतेदेखि आईएमईआई दर्ता नगरिएका अवैध मोबाइल फोन नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम अर्थात एमडीएमएसको सफट् लन्च तोकिएकै मितिमा गर्ने भएपछि अवैध मोबाइलले काम नगर्ने भएको हो । प्राधिकरणका अनुसार यो प्रणाली कार्यान्वयनमा आएपछि नेपाल भित्रने मोबाइल अनिवार्य दर्ता हुनुपर्नेछ । विदेशबाट ल्याइएका मोबाइल पनि दर्ता गराएर मात्रै चलाउन पाइनेछ । तर भदौअघि नै भित्रिसकेका मोबाइलको भने दर्ता गर्नु नपर्ने प्राधिकरणले जनाएको छ । भोलि तोकिएको मितिमा सफ्ट… पुरा पढौ

रसुवागढी हाइड्रोको आईपीओ बाँडफाँट

काठमाडौं, २९ भदौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि बिक्री गरेको सेयर गत भदौ २८ गते मंगलबार बाँडफाँट गरेको हो । कम्पनीले गत असार १३ गतेदेखि साउन ३१ गतेसम्म म्याद तोकेर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको १० प्रतिशतले हुन आउने ६८ लाख ४२ हजार १ सय कित्ता साधारण शेयर निष्कासन गरेको हो । उक्त सेयरमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड-१ थुमन र वडा-२ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका… पुरा पढौ

नाडा ईभी एक्सपो २०२२ को टिकटिङ्ग पार्टनर खल्ती: २५% क्यास ब्याक पाइने

काठमाडौं, २९ भदौ । नाडा ईभी एक्सपो २०२२ को एक मात्र टिकटिङ्ग पार्टनरको रुपमा ‘खल्ती’ रहने भएको छ । खल्तीले हालै नाडा ईभी एक्सपो २०२२ को एक मात्र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको हो । यो साझेदारीपछि अब खल्ती प्रयोगकर्ताले नाडा ईभी एक्सपो २०२२ को  टिकट खल्ती मार्फत किन्न पाउनेछन् । खल्तीकी डिजिटल मिडिया कोअर्डिनेटर आकृति शर्माका अनुसार असोज ६ देखि असोज ९ सम्म हुन गइरहेको एक्स्पोमा  विद्यार्थीहरुले १५० र अरुले २०० रुपैयाँ तिर्नुपर्ने टिकट शुल्क खल्ती मार्फत् जानेले २५%… पुरा पढौ

सिक्लेस हाइड्रोपावरको सेयर खुल्याे, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं, २९ भदाै । सिक्लेस हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि ११ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेकाे छ । आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन गरेपछि यसपटक सर्वसाधारणका लागि सेयर निष्काशन तथा बिक्रीमा ल्याइएकाे हो। प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता सेयरमा ३४ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि रहेकाे छ । ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुकाे लागि रहेकाे छ । बाँकी रहेकाे १० लाख ५८ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन… पुरा पढौ

इष्टर्न हाइड्रोकाे आईपीओमा मागको ९६ प्रतिशत मात्रै आवेदन

काठमाडौं, २० भदौ । इष्टर्न हाइड्रोपावरले खुलाएको आईपीओका लागि मंगलबार साँझ ५ बजेसम्म मागभन्दा कम आवेदन परेको छ । कम्पनीले गत भदौ ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्कासन तथा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता रु १०० अंकित दरको ६ लाख २० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयरमा आयोजना प्रभावित भोजपुर जिल्लाका जनताले आवेदन दिने पाउने व्यवस्था गरिएको छ । उक्त आईपीओमा आवेदन दिने म्याद आज भदौ २८ गते मंगलबारसम्म तोकिएकोमा आज साँझ ५… पुरा पढौ

नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ सम्पन्न

काठमाडौं, २८ भदौ । दोस्रो नेपाल युवा उद्ममशीलता शिखर सम्मेलन २०२२ काठमाडौंमा सम्पन्न भएको छ । युवा उद्यमशीलता प्रवर्द्धनका लागि स्टार्टअप नीति ल्याउनुपर्ने र युवाहरुको नवप्रवर्तनीय सोचमा लगानी गर्न छुट्टै आइडिया बैंक स्थापना गर्नुपर्ने माग उक्त सम्मेलनको रहेको थियो । बागमती प्रदेश सरकार, नेपाल सरकारको राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको सयुक्त आयोजना सम्पन्न सम्मेलनले स्टार्टअप इकोसिस्टम निर्माणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने,  नेपाली उत्पादन र सोचलाई संघीय, प्रदेश र स्थानीय तिनवटै सरकारले प्राथमिकता दिनुपर्ने लगायतको निष्कर्ष निकालेको छ ।… पुरा पढौ

नेशनल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाडौं, २८ भदौ । नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । गत भदौ २७ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले जनाएको छ । प्रस्ताव गरिएको उक्त परिमाणको लाभांश बीमा समितिले स्वीकृति दिई  इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुको नाममा आउने बताइएको छ… पुरा पढौ