कर्पोरेट

इन्टरनेटको निर्वाध उपयोग गराउने व्यवस्था मिलाउन अनुरोध

काठमाडौं, १७ असोज । नेपाल दूसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने, गराउने व्यवस्था मिलाउन अनुरोध गरेको छ । प्राधिकरणले राज्यका विभिन्न स्थानमा जथाभावी ढङ्गले अप्टिकल फाइवर काटी दिँदा राज्यका धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको जनाउँदै इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने, गराउने व्यवस्था मिलाउन अनुरोध गरेको हो । प्राधिकरणले आज एक विज्ञप्ति जारी गरी इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल र नेपाल विद्युत् प्राधिकरणबीच पोल भाडा दर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण… पुरा पढौ

कोरोना बिमा भुक्तानीका विषयमा छलफल, नयाँ विकल्प खोज्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, १३ असोज। कोरोना बिमा भुक्तानीमा देखिएको समस्याको विषयमा अर्थमन्त्री जनार्दन शर्माले विकल्प खोज्न बिमा समितिलाई निर्देशन दिएका छन् । अर्थमन्त्री शर्माले बिमा समितिका अध्यक्ष सूर्यप्रसा सिलवाललाई मन्त्रालय बोलाएर केकसरी भुक्तानी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न भनेका छन् । कोरोना बिमा भुक्तानीका लागि सरकारले समेत दायित्व वहन गर्ने तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सहमति गरेको थियो । दायित्व बहन गर्दा ११ अर्ब रकम भुक्तानी दिनु पर्ने भन्दै अहिलेको सरकारले दायित्व बहन नगर्ने अडान लिएको छ ।… पुरा पढौ

रिज लाईन ईनर्जीको शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं, १२ असोज । रिज लाईन ईनर्जीले सर्वसाधारणका लागी शेयर निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता आज असोज १२ गते मंगलबार सम्पन्न भएको छ । सम्झौतामा रिज लाईन ईनर्जीका तर्फबाट वसन्त गिरी तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन । कम्पनीले गोरखा जिल्लाको अजिरकोट २ मा अवस्थित चेपे नदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीले… पुरा पढौ

जहाज थपेर नयाँ गन्तव्य विस्तार गर्दै यती एयरलाइन्स

काठमाडौं, ५ असोज । आफ्नो स्थापनाको २३ वर्ष पूरा गरेको ठूलो हवाई सञ्जाल भएको प्रतिस्पर्धी वायुसेवा कम्पनी यती एयरलाइन्सले जहाज थपेर नयाँ गन्तव्य विस्तार गर्ने रणनीतिका साथ अघि बढेको छ । सन् १९९८ सेप्टेम्बर २१ बाट पहिलो उडान सुरु गरेको यतीले सोही दिनलाई वार्षिक उत्सवको रुपमा मनाउने गरेको छ । २४ वर्ष प्रवेशसँगै यतीले जेट स्ट्रिम युगको पूर्णरुपले अन्त्य गरी एटिआर युगमा प्रवेश गरेको छ । हालै यतीले आफूसँग रहेको पाँच वटा विमान बिक्री गरेको छ । नेपालका दुर्गम क्षेत्रका… पुरा पढौ

उर्लाबारी उवासंघको अध्यक्षमा भण्डारी

दमक, २ असोज । मोरङको उर्लावारीस्थित उर्लाबारी उद्योग वाणिज्य संघको अध्यक्षमा शेरबहादुर भण्डारी निर्वाचत भएका छन्। उनले सात सय ८९ मत ल्याएकोमा प्रतिद्वन्द्वी तारामान सेरेङले ६ सय ३० मत प्राप्त गरे । सङ्घको १३ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा यमलाल रसाइली, उद्योग उपाध्यक्षमा जङ्गबहादुर कार्की, वाणिज्य उपाध्यक्षमा निर्मला चौहान, महासचिवमा हेमराज गुरुङ, उद्योग सचिवमा डिल्लीराम खतिवडा, वाणिज्य सचिवमा सात सय ३८ मतका साथ भेषबन्दु निरौला र कोषाध्यक्षमा राजन दाहाल विजयी भएका छन् । कार्यसमितिका चार सदस्यमा गोपाल भण्डारी, नित्तम चौहान, नुतन राई… पुरा पढौ

विकास हाइड्रोको शेयर बिक्री प्रवन्धकमा प्रभु क्यापिटल

काठमाडाैं, ३१ भाद्र । विकास हाइड्रोपावरले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता बिहीबार सम्पन्न भयो । सम्झौतामा विकास हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेको बताइएको छ । कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थित माछा खोलामा अपर माछा खोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । ४.५५ मेगावाट क्षमताको आयोजना निर्माण गरेको… पुरा पढौ

लायन्स नमुना उद्यमी गाउँ लमजुङको समुद्घाटन, १३ लाख बराबरको सहयाेग हस्तान्तरण

पोखरा, ३१ भदौ । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ वि १ नेपालको यो वर्षको मुख्य कार्यक्रम लायन्स नमुना उद्यमी गाउँ बनाउने अभियान अन्तरगत भदौ ३० गते बुधबार लमजुङको मध्यनेपाल नगरपालिका ७ को पैराबन गाउँलाई लायन्स नमुना उद्यमी गाउँका रुपमा शुभारम्भ गरिएको छ । गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारीको प्रमुख आतिथ्यतामा उक्त पैराबन गाँउलाई लायन्स उद्यमी नमुना गाँउ घोषणा गर्दै उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले सामाजिक संस्था लायन्सले गरेका सेवा कार्यहरुको… पुरा पढौ

भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गाे रेल

काठमाडौं, ३० भदौ । भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलो पटक बुधबार नेपाल आइपुगेको छ । नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि पहिलोपटक आज बिहान भारतीय निजी क्षेत्रको सो रेल वीरगञ्ज आइपुगेको हो । हिम्ड टर्मिनल प्रालिको एक ¥याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हल्दियाबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको जानकारी दिए ।… पुरा पढौ

नेपाल टेलिकमले आजदेखि नमस्ते पे संचालन गर्दै

काठमाडौं, २९ भदौ । नेपाल टेलिकमले आजदेखि विद्युतीय भुक्तानी सेवालाई संचालन गर्न लागेको छ । टेलिकमले व्यावसायीक रुपमा नमस्ते पे संचालनमा ल्याउन लागेको हो । सरकारी स्वामित्वमा रहेको दूरसंचार प्रदायक संस्था टेलिकमले ल्याएको नमस्ते पेसंगै टेलिकम औपचारीक रुपमा डिजिटल पेमेन्टको सेवामा प्रवेश गरेको हो । टेलिकमले कोरोना भाइरसको संक्रमणको जोखिम अवश्थालाई मध्यनजर गरेर विद्युतीय भुक्तानीको कार्यक्रम संचालनको अवधिलाई पछि सारेको थियो । अहिले मुलुकभर कोरोना विरुद्धको खोप संचालन भईरहेको र निषेधाज्ञा खुकुलो बनाएको समयमा यो सेवा संचलनमा ल्याएको हो ।… पुरा पढौ

‘विद्युतीय सवारी साधनको महत्व बढिरहेको छ’

काठमाडौं, २३ भदौ । सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, यातायात व्यवसायी, वातावरणका क्षेत्रमा कार्यरतलगायतले नेपालमा विद्युतीय सवारी साधनको महत्व बढ्दै गएको बताएका छन् । नेपालमा पहिलोपटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायात प्रालिको तेस्रो वार्षिकोत्सवका अवसरमा उनीहरुले नेपालमा विद्युत् उत्पादन बढिरहेकाले र वायु प्रदूषण बढेर त्यो कम गर्न विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिएका हुन । वातावरण विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले कोरोनाका कारणले भन्दा पनि वायु प्रदूषणका कारणले लाग्ने रोगले मृत्यु बढिरहेको बताए । उनले भने, “वातावरण प्रदूषण कम… पुरा पढौ