कर्पोरेट

१६औं योजनाका लागि प्रदेशगत छलफलमा योजना आयोग

काठमाडौं, २० कात्तिक । राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि प्रदेशगत रुपमा छलफल सुरु गरेका छ । सातै प्रदेशमा जाने योजना अनुरुप योजना आयोगले छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि पठाएको हो । आयोगले आज सोमबार मधेश प्रदेशसहितका ठाउँहरुमा छलफल गर्दैछ । मधेश प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरकारका मूख्यमन्त्रीसहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधिहरु समेत सहभागी छन् । आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार १६औँ योजनाको मस्यौदाका बारेमा सबै प्रदेशमा आयोगका सदस्यको नेतृत्वमा टोली परिचालन गरिएको छ । कर्णाली… पुरा पढौ

जाजरकाेटका भूकम्प प्रभावित परिवारलाई चेम्बर अफ कमर्शले अत्यावश्यक सामाग्री सहयोग गर्ने

काठमाडौं, १९ कार्तिक । नेपाल चेम्बर अफ कमर्शले जाजरकोटमा गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई अत्यावश्यक खाध्यान्न, त्रिपाल, लत्ताकपडा लगायत सिरक डसना र म्याट्रेस सहयोग गर्ने भएको छ । चेम्बरको विपद् व्यवस्थापन कोष अन्तरगत भूकम्प प्रभावितलाई अत्यावश्यक सामाग्री सहयोग गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए । चेम्बरले आवश्यक सम्पुर्ण सामाग्री कर्णाली प्रदेश चेम्बर अफ कमर्स मार्फत सरकारको एकद्धारा प्रणालीमा सहयोग गर्नेछ । भूकम्पबाट अति प्रभावित जाजरकोट, रुकुम पश्चिम, लगायतका जिल्लाका पीडितलाई खाद्यन्ह, त्रिपाल, लत्ताकपडा लगायत सिरक डसना र म्याटे«स बितरण… पुरा पढौ

गण्डकीमा वैकल्पिक विद्युत् प्रसारण लाइन बनाउन शुरू

म्याग्दी, १९ कात्तिक गण्डकी प्रदेशमा विद्युत् आपूर्तिको गुणस्तर सुधार गर्ने र धौलागिरि क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गराउने वैकल्पिक प्रसारण लाइन बनाउन थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण सुुरु गरेको कुुश्मा–तल्लोमोदी–नयाँमोदी १३२ केभी प्रसारण लाइन सम्पन्न भएपछि गण्डकी प्रदेशमा विद्युत् प्रसारण लाइनको चक्र बन्ने र कालीगण्डकी करिडोरको वैकल्पिक हुने जनाएको छ । आयोजना प्रमुख रोशन अग्रवालले म्याग्दी, बागलुुङ, पर्वत र मुुस्ताङमा निर्माण भएका तथा निर्माणका क्रममा रहेका विद्युत् आयोजनालाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन र यस क्षेत्रमा विद्युत्… पुरा पढौ

काभ्रे कुशादेवीमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरू

काभ्रे, १९ कात्तिक । काभ्रे जिल्लाकाे कुशादेवीमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरू भएकाे छ । पनौती नगरपालिका–२ कुशादेवीमा रहेको फुल्चोकी एड्भेन्चर प्रालिद्वारा सञ्चालित प्याराग्लाइडिङको व्यावसायिक उडानको शनिबार नागीडाँडामा शुभारम्भ गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन नेपालीपनकै हुनुपर्ने बताएका थिए । उनले प्याराग्लाइडिङबाट रोजगार सिर्जना हुने प्रशस्त सम्भावना रहेको बताए । नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको छ , यसलाई स्थानीय स्वाद, स्वामित्व र स्थानीयपनसहित व्यवसाय सञ्चालन गर्नुपर्नेमा मन्त्री किरातीले जाेड दिए । पर्यटनको क्षेत्रमा एड्भेन्चर, कल्चर र नेचर… पुरा पढौ

नेपाल राष्ट्र बैंक र महासंघबीच रिसर्च तथा नीति निर्माणमा सहकार्य गर्ने समझदारी

काठमाडौँ, १८ कात्तिक । नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच अध्ययन अनुसन्धान र नीति निर्माणमा सहकार्य गर्ने समझदारी भएकाे छ । वृहत् आर्थिक नीति निर्माण र औद्योगिक एवं व्यवसायिक वातावरण सुदृढ बनाउन राष्ट्र बैंक र महासङ्घबीच समझदारी भएको हाे । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत पदाधिकारीको उपस्थितिमा राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठ र महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार राष्ट्र बैंक र महासङ्घले विविध विषयमा… पुरा पढौ

गौतमबुद्ध र पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलको विजनेस बढाउन उच्चस्तरीय छलफल

काठमाडौँ, १८ कात्तिक । भैरहवाकाे गौतमबुद्ध र पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलको विजनेस बढाउने र सञ्चालन ढाँचाबारे उच्च सरकारी अधिकारीबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छलफल भएको छ। पर्यटनमन्त्री सुदन किरातीको पहलमा भएकाे बैठकमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको ढाँचा र विभिन्न विकल्पबारे छलफल भएको मन्त्रालयले जनाएको छ । बैठकमा मुख्यसचिव डा बैकुण्ठ अर्याल, अर्थसचिव कृष्णहरि पुष्कर, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा सहभागी रहेका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी… पुरा पढौ

नेपाल-जर्मन आर्थिक सहयोगमा निर्माण गरिएका दुई विद्युत् सवस्टेसन उद्घाटन

काठमाडौं, १७ कात्तिक । नेपाल-जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३/११ केभी क्षमताका दुईवटा विद्युत् वितरण सवस्टेसनको उद्घाटन गरिएको छ । जर्मन सरकारद्वारा केएफडब्लु विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको कालिका गाउँपालिकास्थित कालिकास्थानमा निर्माण गरिएका विद्युत् वितरण सवस्टेसनको उद्घाटन गरिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र केएफडब्लुका नेपाल तथा बङ्गलादेश क्षेत्रीय कार्यालयका निर्देशक माइकल समशेर हेलिस्टनले संयुक्तरुपमा रातामाटे सवस्टेसन उद्घाटन गरे। यसैगरी, प्राधिकरणका कार्र्यकारी निर्देशक घिसिङ र केएफडब्लुका… पुरा पढौ

वैकल्पिक चिकित्सा एबं आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच सहकार्य गर्न बिज्ञहरूकाे जाेड

काठमाडौँ, १७ कात्तिक । नेपालस्थित भारतीय राजदूतावासले आठौँ आयुर्वेद दिवसका अवसरमा परम्परागत चिकित्सा विशेषगरी आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्य सम्भावनाबारे एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले आयुर्वेद नेपालको स्वास्थ्य सेवाको मान्यताप्राप्त प्रणाली भएको उल्लेख गरेका थिए। साथै उहाँले नेपाल सरकारले आयुर्वेदको प्रवर्द्धनका लागि लिएको पहलबारे प्रकाश पारेका थिए । दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले आयुर्वेदलगायत परम्परागत चिकित्सा क्षेत्रमा भारत र नेपालबीच रहेको सहकार्यबारे चर्चा… पुरा पढौ

न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन सम्पन्न

काठमाडाैं, १६ कात्तिक । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा “नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ । यस सामुहिक शोरुमको उद्घाटन प्रतिनिधि सभा सदस्य माननिय लाल प्रसाद सावा लिम्बुले उद्घाटन गरे । शोरुम सफलताकाे लागि शुभकामना दिनुहुदै उनले नेपाली उत्पादनको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने र नितिगत रुपमा सिङ्गो उत्पादन क्षेत्रलाई अगाडी बढाउनका लागि महत्वपूर्ण भुमिका निभाउने बताए। साथै उद्योगमार्फत रोजगारी सिर्जना गरी आर्थिक रुपमा योगदान… पुरा पढौ

नेपाल लाइफको एक दिवसीय बिजनेस रिभ्यु मिट सम्पन्न

काठमाडाैं, १६ कात्तिक। नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय बिजनेस रिभ्यु मिट सम्पन्न भएको छ । “पराक्रमी गति आक्रामक निती” नाराका साथ काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैयमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८०/८१ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो । यस कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेशनल सेल्स हेड उमापति… पुरा पढौ