कर्पोरेट

झापा इनर्जीले शुरू गर्याे १० मेगावाटकाे सौर्य ऊर्जा उत्पादन

झापा, ८ माघ । कोशी प्रदेशमा पहिलो पटक शिवसताक्षी नगरपालिका–४ सालमारामा झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाले १० मेगावाटको विद्युत् उत्पादन सुरु गरेको छ । सोलार प्यानलमार्फत फुलफेजमा उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेसनमा जोडिएको छ । यहाँबाट उत्पादित बिजुलीको नमूना परीक्षण सकिएर निरन्तर उत्पादन सुरु भइसकेको झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले बताए । निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको विद्युत् उत्पादन गर्न सक्नु कोशी प्रदेशका लागि गौरवको विषय भएको उनको भनाइ छ । चार वर्षअघि सुरु भएको… पुरा पढौ

विद्युत् रोयल्टी बापत सरकारले उठायो ३ अर्ब १५ करोड

काठमाडौं, ७ माघ । सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट ३ अर्ब १५ करोड ५१ लाख ८८ हजार बराबरको रोयल्टी सङ्कलन गरेको छ । सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट निश्चित रकम रोयल्टीबापत सङ्कलन गर्ने गर्छ। विगतमा आयोजनाका प्रवर्द्धकले आफ्नो अनुकूलतामा रोयल्टी बुझाउने गरेका थिए । पछिल्ला केही वर्षदेखि भने नेपाल विद्युत् प्राधिकरणले बिल भुक्तानी गर्ने समयमा नै रोयल्टी कटाएर राख्ने गरेको छ । सोही कारण नियमितरूपमा रोयल्टी सङ्कलन हुने गरेको छ । विद्युत् विकास विभागले नियमितरूपमा रोयल्टी उपलब्ध गराउन आयोजनाका… पुरा पढौ

रोशी भिमखोरी-३६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान

धुलिखेल (काभ्रेपलाञ्चोक), ६ माघ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ भिमखोरीको तीन सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको छ । प्रसारण लाइन जडान कार्य सम्पन्न भएपछि शुक्रबार रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले विद्युतीकरणको शुभारम्भ गरेका हुन्। प्रसारण लाइनको शुभारम्भ गरेसँगै वडा नं ११ का छहरे, भैँसे, पौवा, भदौरे, मानेगाउँ र अमलबासका गरी तीन सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेको छ । विद्युतीकरणको सुविधा पाएपछि यहाँका नागरिकको जीनस्तरमा थप सुधार हुने अपेक्षा गरिएको अध्यक्ष लामाले बताए। पालिकाका नागरिकलाई आवश्यक… पुरा पढौ

१२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन सम्भव हुने निष्कर्ष

काठमाडौं, ६ माघ । सरकारले अघि सारेको १२ वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन, खपत र व्यापारको लक्ष्य सम्भव हुने यस क्षेत्रमा कार्यरत सरोकार भएका निकाय तथा संस्थाका प्रतिनिधिले बताएका छन् । मुलुकको आवश्यकतालाई ख्याल गर्दै सो लक्ष्य प्राप्तिका लागि आवश्यक कानुनी, संरचनागत सुधार एवं लगानीको विस्तार गर्नुपर्ने उनीहरूको जोड छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को स्थापना दिवसका अवसरमा आयोजित अन्तरसंवाद कार्यक्रममा राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर पनि ऊर्जा उत्पादनमा जोड दिइएको उनीहरूको भनाइ छ । ऊर्जा,… पुरा पढौ

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

काठमाडौं, ५ माघ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्वोसले भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबार स्थित आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग कन्ट्री डाइरेक्टर हदादले भेटवार्ता गरेका हुन् । भेटवार्तामा विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्क (सिपिएफ) र नेपालको १६औँ विकास योजनाबीच कसरी तादम्यता मिलाउने भन्ने विषयमा छलफल भएको छ । आयोगका उपाध्यक्ष श्रेष्ठले अब बन्ने १६औँ योजना पूर्वाधार, सामाजिक क्षेत्र लगायत खासगरी उत्पादन र राजगारीमा केन्द्रीत हुने बताए… पुरा पढौ

एनआईबिएल स्टेबल फण्डको इकाईमा अब माघ १६ गतेसम्म आवेदन दिन सकिने

काठमाडाैं, ५ माघ । एनआईएमबि एस क्यापिटल लिमिटेडले माघ २ गतेदेखि निष्काशन गरेको एनआईबिएल स्टेबल फण्डको इकाईका लागि आवेदन दिने म्याद थप गरिएकाे छ। अब सो फण्डको इकाईमा आवेदन दिने अवधि माघ १६ गतेसम्म रहेकाे छ। एनआईएमबि एस क्यापिटले माघ २ गतेदेखि रूपैयाँ १ अर्ब रुपैयाँ बराबरको नयाँ म्युचुअल फण्ड एनआईबिएल स्टेबल फण्ड निष्काशन गरेकाे हो। क्यापिटलका अनुसार प्रतिइकाई रूपैयाँ १० अंकित दर रहेकाे रूपैयाँ १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएकाे यो एक बन्दमुखी योजना हो। कुल… पुरा पढौ

बन्दीपुर केबलकारकाे परीक्षण शुरु, वैशाखदेखि सञ्चालनमा ल्याउने तयारी

तनहुँ, ४ माघ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ । बन्दीपुर गाउँपालिका–४ मा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले परीक्षण थालेको हो । हाल आठ क्याबिन राखेर परीक्षण भइरहेको लिमिटेडका निर्देशक तारानाथ उपाध्यायले जानकारी दिए। केही दिनमा २० क्याबिन राखेर परीक्षण गरिने उनले बताए। उनले भने, “यसअगाडि लट्ठाको परीक्षण गरिएकाेमा केही प्राविधिक समस्या देखिएपछि त्यसलाई निराकरण गरेर हाल डब्बा राखेर परीक्षणको काम भइरहेको छ ।” आगामी वैशाख १ गतेदेखि केबलकार सञ्चालन गर्ने तयारी… पुरा पढौ

सीपीआरलाई प्राप्त हुने विदेशी अनुदानमा प्रतिबन्ध

नयाँदिल्ली, ३ माघ । भारतले एक प्रमुख थिङ्क ट्याङ्क (प्रवुद्ध) समूह, सेन्टर फर पोलिसी रिसर्च (सीपीआर)लाई प्राप्त हुने विदेशी अनुदान रोक्न लगाएको छ । सीपीआर अनुदान रोक्का हुने केही विदेशी परोपकारी संस्था, अधिकार समूह र अन्य नागरिक समाज समूहमध्ये सबैभन्दा पछिल्लो हो । सीपीआर भारतको सार्वजनिक नीतिबारे छलफल हुने प्रसिद्ध मञ्चमध्ये एक हो । यसका कर्मचारीहरू भारतीय सञ्चारमाध्यममा प्रमुख वक्ता र स्तम्भकारका रूपमा स्थान पाएका प्रबुद्ध व्यक्तित्वहरू हुन् । उनीहरूले खासगरी काश्मीरको अशान्त क्षेत्रमा राष्ट्रिय सुरक्षा नीति र शासनलगायत संवेदनशील राजनीतिक… पुरा पढौ

‘वाइड बडी’ जहाजमा प्राविधिक समस्या भएपछि ‘ग्राउण्डेड’

काठमाडौं, २ माघ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ । जहाज ग्राण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन् । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको हो । ग्राउण्डेड जहाजको अहिले प्राविधिक मर्मत भइरहेको छ । रोकिएका यात्रुलाई आज साँझ वैकल्पिक उडानमार्फत गन्तव्यमा पठाइने उनले जानकारी दिए। “हिजो राति दोहा उडानका यात्रु जहाजमा प्राविधिक समस्याका कारण रोकिएका… पुरा पढौ

सन सेक्युरिटिजकाे शेयर बजार सम्बन्धी तालिम

काठमाडाैं, २ माघ। सन सेक्युरिटिज प्रा.लि.ले लगानीकर्ताहरुलाई शेयरबजार सम्बन्धी निःशुल्क सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ । शेयरबजार सम्बन्धी आधारभूत र प्राविधिक विश्लेषण अन्तरगतको क्याण्डल प्याटर्न सम्बन्धी २ वटा तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । तालिम कार्यक्रममा १ सय ५० जना लगानीकर्ताहरुको सहभागिता रहेको थियो । विहान ११ बजेदेखि १ बजेसम्म शेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा शेयर बजारको वर्तमान अवस्था, शेयरबजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, शेयर बजारमा लगानी गर्ने समय र तरिका… पुरा पढौ