कर्पोरेट

७ करोडकाे आईपिओ जारी गर्दै हिमालयन टाइम्स

काठमाडाैं, १ माघ । यतिखेर नेपालका मिडियाहरू पनि आईपीओ निष्काशनकाे पाइपलाइनमा देखिन थालेका छन् । पछिल्लाे पटक सेयर निष्काशनकाे लाइनमा हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेड देखिएकाे हाे । एचटिएमइटिएलले सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्काशन गर्ने भएकाे हाे । कम्पनीकाे सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । सेयर खुल्ला गर्न हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेड र मुक्तिनाथ क्यापिटलबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेकाे छ । कम्पनीले रुपैयाँ ७ करोड बराबरको ७ लाख कित्ता सेयर सर्वसाधारणका… पुरा पढौ

कर्जाको ब्याजदर एकल अङ्कमा कायम गर्न उद्योगी व्यवसायीको आग्रह

काठमाडौं, २९ पुस । उद्योगी तथा व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर एकल अङ्कमा कायम गर्न सरकारलाई आग्रह गरेका छन् । नेपाल जुत्ताचप्पल उद्योग व्यवसायी सङ्घको ‘दशौँ वार्षिक साधारणसभा एवं पाँचौँ महाधिवेशन’मा नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष कुमार कार्कीले साना तथा मझौला व्यवसायीलाई व्यवसायको वातावरण बनाउन सरकारलाई आग्रह गरे । “बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण कतिपय उद्योगी व्यवसायी आफ्नो व्यापार व्यवसायबाट पलायन हुनुपर्ने अवस्था छ, बैंक तथा वित्तीय संस्थाको ब्याजदर एकल अङ्कमा कायम गर्नुपर्छ”, उनले… पुरा पढौ

त्रिभुवन अन्तरराष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

काठमाडौं, २८ पुस । मुलुकको पुरानो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन् । सन् २०२२ मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाईयात्रा गरेका थिए । जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो । कूल यात्रु आवागमन (आन्तरिक र अन्तरराष्ट्रिय) पनि बढेको विमानस्थल कार्यालयले जनाएको छ । कोभिडअघि सन् २०१८… पुरा पढौ

सुपर मादी हाइड्रोपावरले सम्पन्न गर्याे तेर्हाै र चौधौं साधारण सभा

काठमाण्डाैं,२८ पुष ।  सुपर मादी हाइड्रोपावर लिमिटेडको तेर्हौ र चौधौं संयुक्त साधारण पौष २८ गते शनिबार काठमाण्डाैंमा सम्पन्न् भएकाे छ । शेयरधनीहरुको उत्साहजनक उपस्थितिका बीच सम्पन्न उक्त सभा कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगाना को अध्यक्षतामा सम्पन्न भएकाे हाे । सो साधारण सभाले आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/८० को बार्षिक प्रतिबेदन पारित गरेको छ I कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगानाले कास्की जिल्लाको मादी नदिमा निर्माण भएको ४४ मे. वा.को सुपर मादी जलबिधुत आयोजना निर्माणको अबधिमा आएका विषम परिस्थितिहरुको सामना गर्दै आयोजनालाइ… पुरा पढौ

अपि पावर लिमिटेडले अर्को वर्ष १० प्रतिशत भन्दा बढि लाभांश दिने   

काठमाडाैं, २८ पुस । अपि पावर कम्पनी लिमिटेडले आफ्नो २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष संतिश न्यौपानेको अध्यक्षतामा आज साधारणसभा सम्पन्न भएको हो।  साधारणसभाले अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९ /०८०को वार्षिक प्रतिवेदनलाई छलफल गर्दै पारित गरेको छ।  लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०७९ / ०८०को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल गर्दै पारित भएको छ। सभाले आर्थिक वर्ष २०८० /०८१का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण पनि गरिएको छ।  कम्पनीले नयाँ… पुरा पढौ

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘डिसेन्डर’ निर्माण सुरु

म्याग्दी, २७ पुस । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘डिसेन्डर’ (बालुुवा थिग्राउने पोखरी) निर्माण सुरु भएको छ । राहुघाटको प्रवद्र्धक प्राधिकरणको शतप्रतिशत लगानीमा स्थापित रघुगङ्गा हाइड्रोपावर लिमिटेड रहेकाे छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा एक सय १९ दशमलव सात मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्डर बनाउन थालिएको हो । झिँतर्फको भूगोलमा निर्माण भएको एक सय १२ मिटर लामो, एक सय १९ दशमलव सात… पुरा पढौ

लाभांश पारित गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्याे साधारण सभा

काठमाडाैं, २७ पुस । हिमालयन एभरेष्ट इन्स्योरेन्स लाभांश वितरणकाे प्रस्ताव पारित गर्नका लागि साधारण सभा बाेलाएकाे छ । सभामा कम्पनीले सेयरधनीहरुलाई दिने गत आर्थिक वर्षको मुनाफाबाट १४.९७ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन हुनेछ । इन्स्योरेन्सले माघ २५ गते, बिहीबार, बानेश्वर ब्याङ्कवेट, थापागाउँ, काठमाडौँमा तीसौँ साधारण सभा बाेलाएकाे छ । साधारण सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ। सभाबाट ८.६३ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ६.३७ प्रतिशत नगद लाभांश वितरणकाे विशेष प्रस्ताव पारित हुनेछ। प्रबन्धपत्र तथा नियमावली संशोधनकाे अख्तियारी सञ्चालक समितिलाई… पुरा पढौ

११ कम्पनीहरूकाे साधारण सभा आज, ५ वटाले मात्रै लाभांश दिने

काठमाडौं, २६ पुस । आज पुस २६ गते बिभिन्न ११ वटा कम्पनीहरुकाे साधारण सभा बस्दैछ । उनीहरु मध्ये ५ वटा कम्पनीले मात्रै लाभांश प्रस्तावकाे एजेण्डा राखेका छन । यसरी लाभांश प्रस्ताव गर्नेहरुमा लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक, सोल्टी होटल, विन्ध्यवासिनी हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट नेपाल रहेका छन्। अन्य ६ वटा कम्पनीहरुकाे लाभांश वितरणकाे प्रस्ताव नभएकाेले यसपालि लगानीकर्ताको हात खाली हुने भएकाे छ । लाभांश नदिने कंपनीहरुमा एनएमबि बैंक, चन्द्रागिरी हिल्स, कालिन्चोक दर्शन, सानिमा मिडिल तमोर हाइड्रोपावर, अरुण काबेली पावर… पुरा पढौ

लिवर्टी इनर्जी कम्पनीको चौधौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं, २५ पौष । लिवर्टी इनर्जी कम्पनीको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । लिवर्टी इनर्जीका अध्यक्ष डा. आत्माराम घिमिरेको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०७९-०८० को वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण पारित गर्ने, अन्य कम्पनीलाई प्राप्ति तथा मर्जरको प्रकृया अघि बढाउन अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गरेको छ । लिवर्टी इनर्जी कम्पनीको कुल जारी पूँजी रु.१,५०,००,००,००० मध्ये रु.१,१२,५०,००,००० बराबरको संस्थापक शेयर र बाँकी रु.३७,५०,००,००० बराबरको आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारण समेतलाई साधारण शेयर जारी भई… पुरा पढौ

सञ्चयकर्ताका दम्पतीले सामाजिक सुरक्षा सुविधा पाउने

काठमाडौं, २५ पुस । कर्मचारी सञ्चय कोषले आगामी फागुन १ गतेदेखि सञ्चकर्ता दम्पतीलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने भएको छ । कोषले आज सूचना जारी गर्दै साविकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराइँदै आएको सो सुविधा सञ्चयकर्ता दम्पतीले समेत प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । कोषले २०७६ सालदेखि सञ्चयकर्ताले अस्पतालमा भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा रु एक लाख र १२ घातक रोगको हकमा सेवा अवधिभरमा रु १० लाखसम्मको स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ ।… पुरा पढौ