शिक्षा

शैक्षिकसत्र खेर जादैन :शिक्षामन्त्री पोखरेल

काठमाडौं, १७ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले कुनैपनि तहको शैक्षिकसत्र खेर नजाने दावी गरेका छन् । उनले कार्यतालिका बनाएर पढाईको काम गरिने भएकोले शैक्षिक सत्रलाई खेर जान नदिने बताएका हुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले आज आयोजना गरेको भर्चुअल छलफल कार्यक्रममा मन्त्री पोखरेलले कोरोनाको कारण पढाइ नभएको भएपनि पाठ्यभारलाई घटाएर पूर्वनिर्धारित समयमै शैक्षिकसत्र पूरा गर्ने लक्ष्य रहेको बताए । वैकल्पिक सिकाइको लागि सहजिकरण निर्देशिका परिमार्जन गर्दै सरकारअन्तर्गत छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने तयारी गरिएको जानकारी… पुरा पढौ

गण्डकी बहुप्राविधिक शिक्षालय यसै वर्षदेखि संचालन हुने

पोखरा, १७ भदौ । पोखरा महानगरपालिकाले स्थापना गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा यस वर्षदेखि २ विषयमा पठनपाठन संचालन हुने भएको छ । साथै आगामी वर्षदेखि स्वास्थ्य, कृषि र इञ्जिनियरीङतर्फ प्राविधिक अन्य विषयमा पनि पठनपाठन गर्दै जाने महानगरको लक्ष्य छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमलाई प्रवद्र्धन गर्दै स्थानीयस्तरमै निम्न मध्यमस्तरीय प्राविधिक दक्ष जनशक्ति उत्पादन गरी सक्षम आत्मनिर्भर तथा स्वावलम्बी जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ मन्त्रिपरिषद्को गत पुसको निर्णयअनुरुप पोखरा महानगरले पनि सो शिक्षा स्थापना गरी पठनपाठन तयारी थालेको हो । महानगर… पुरा पढौ

नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेज: एनटीएचएमसी

पाेखरा, १५ भदाै । आजभन्दा दुई दशकअघि पोखराका होटल तथा रेष्टुरेन्टमा धमाधम लगानी थपिँदै थियाे। त्यो बेला पोखरामा तारेहोटलहरु समेत थपिन थाले । होटल, रेष्टुरेन्ट त खुले तर दक्ष जनशक्ति पाउनै मुस्किल पर्न थाल्यो । नेपालमा कहीँ कतै यससम्बन्धी पठनपाठन हुँदैनथ्यो । होटल म्यानेजमेन्ट पढ्न विदेश जानुपर्ने बाध्यता थियो । भारत, स्वीट्जरल्याण्ड, चीन, अष्टेलियामा समेत महँगाे शुल्क तिरेर विद्यार्थीहरु जानेक्रम बढ्दो थियो । त्यो समय पोखराका केही शिक्षासेवी तथा उद्योगी व्यवसायीहरुको एउटा समूहले पोखरामै एउटा राम्रो होटल म्यानेजमेन्ट पढाउने कलेज… पुरा पढौ

पोखरा विश्वविद्यालयको सम्बन्धनमा होटल मेनेजमेन्ट कलेजमा हल्ट प्राइज हुने

पाेखरा, भदाै १२ । नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज पोखरामा हल्ट प्राइज हुने भएको छ। “फुड फर गुड” भन्ने नाराका साथमा पोखरामा डिसेम्बरको दोश्रो हप्ता आयोजना गर्ने गरी हल्ट प्राइजको तयारी सुरु भएको बताइएको छ । बिश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रुपमा आयोजना गर्दछन् । यो प्रतिस्पर्धा विद्यार्थीहरूका लागि नोबेल पुरस्कार भनेर चिनिने अमेरिकी १ मिलियन डलरको ग्लोबल स्टार्टअप पुरस्कार यसको मुख्य आकर्षणको रूपमा… पुरा पढौ

पुर्वाञ्चल विश्वविद्यालय, नोभेल एकेडेमी पोखरामा हल्ट प्राइज २०२०-२१ को तयारी सुरु

पाेखरा, भदाै ११ । पुर्वाञ्चल विश्वविद्यालय, नोभेल एकेडेमी पोखरामा हुन गइरहेकाे हल्ट प्राइज २०२०/२१ को तयारी सुरु भएकाे छ । "फुड फर गुड" भन्ने नाराका साथमा पुर्बान्चल विश्वविद्यालय, नोभेल एकेडेमी पोखरामा डिसेम्बर पहिलाे हप्ता आयोजना हुने याे हल्ट प्राइजकाे तयारी सुरु भएकाे हाे । बिश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रुपमा आयोजना गर्दछन् । यो प्रतिस्पर्धा विद्यार्थीहरूका लागि नोबेल पुरस्कार भनेर चिनिने अमेरिकी १ मिलियन डलरको… पुरा पढौ

एसइई नतिजा : बाल मनोविज्ञानमाथिको ‘मजाक’

माध्यमिक शिक्षा परिषद् (एसइर्ई)को परीक्षाफल प्रकाशितपछि  विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् । कोरोनाको कारण एसइर्ईको परीक्षा नएपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशित गरिएको थियो । सामाजिक सञ्जाल र चिया गफमा समेत एसइईको मापदण्ड खस्किएको, विद्यालयले ‘सित्तैमा प्रमाणपत्र दिएकोलगायतका टिप्पणीले बालबालिकामाथिको हिंसा भएको शिक्षा क्षेत्रका सरोकारवालाले बताएका छन् । परीक्षाको पूर्ण तयारीपछि एसइई स्थगित भएको थियो । परीक्षाको अघिल्लो दिन परीक्षा स्थगित भएपछि कतिपय विद्यार्थी त परीक्षा लेख्न नपाएकामा खिन्न भए । यतिबेला परीक्षाफल प्रकाशित भएपछि भने विद्यार्थीको ‘मनोविज्ञान’ नै… पुरा पढौ

एसइई नतिजा सार्वजनिक, तर भदौ १५ सम्म विद्यार्थी भर्ना गर्न नपाइने

भक्तपुर, १ भदौ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ । परीक्षाका लागि ४ लाख ८२ हजार ९ सय ८६ विद्यार्थीले फारम भरेपनि ४ लाख ७२ हजार ७८ विद्यार्थीको नतिजा सार्वजनिक गरेको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । परीक्षाका लागि फारम भरेकामध्ये १० हजार ९ सय ८ विद्यार्थीको नियमानुसार हाजिरी नपुगेको, फाराम भर्दा त्रुटि भएको र नियम पूरा नगरी अयोग्य भएकाले नतिजा नआएको उनले बताए । नतिजा सार्वजनिक… पुरा पढौ

एसईईको नतिजा प्रकाशित

काठमाडौं ,१ भदौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशित गरेको छ। आज सोमबार बसेको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । बोर्डका अनुसार अहिले ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो । नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिनेछ । चैत ६ गतेकाे लागि निर्धारित एसईईकाे परिक्षा कोराेनाका कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको बताइएकाे छ। विद्यालयहरूले… पुरा पढौ

त्रिभुवन विश्वविद्यालयको काम अब घरबाटै

काठमाडौं, १ भदौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले घरबाटै काम गर्नेगरी सबै क्याम्पसको नियमित सेवा बन्द गरेको छ । यसअघि कोभिड– १९ का कारणले गत चैत ११ गतेदेखि नै पढाइ र परीक्षा स्थगित गरेको त्रिविले पुनःसङ्क्रमण बढ्दै गएपछि केन्द्रीय कार्यालयसहित देशभरिका सबै क्याम्पसको नियमित सेवा आजदेखि भदौ १५ गतेसम्मका लागि बन्द गर्ने भएको हो । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले सूचना जारी गरी कोभिड– १९ को सङ्क्रमण बढ्दै गएपछि क्याम्पसलाई घरबाटै काम गर्न निर्देशन दिएको बताए ।… पुरा पढौ

तत्काल त्रिविका परीक्षा नहुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो । ‘हामीले स्थिति सहज भएपछि परीक्षाको तयारी गरेका थियौं,’ उनले भने, ‘तर अहिले फेरि सङ्क्रमण बढिरहेको छ । त्यसैले परीक्षा गर्ने तयारी गरे पनि पुनः स्थगन गरेका छौँ… पुरा पढौ