शिक्षा

विद्यालय पुग्न बास बस्नुपर्ने समस्या

गलकोट, २८ कात्तिक । बागलुङकाे गलकोट नगरपालिकाभित्रै विद्यालय पुग्न बास बस्नु पर्ने समस्या रहेकाे छ । अधिकांश विद्यालयमा कक्षा १० सम्मको अध्ययनका लागि धेरै टाढा धाउनु पर्दैन तर गलकोट नगरपालिका–१० पाण्डवखानीको रमुवाका विद्यार्थीहरुकाे लागि कक्षा १० सम्मको शिक्षा लिन बास बस्नुपर्ने अवस्था रहेकाे हाे । पाण्डवखानीको रमुवा गाउँमा आधारभूत विद्यालय भए पनि कक्षा ९ र १० अध्ययनका लागि बास बसेरै अध्ययन गर्नुपर्ने बाध्यता रहेको स्थानीयले जानकारी गराएका छन्। कक्षा १० सम्म अध्ययनका लागि घर छाड्नु दुर्गमका विद्यार्थीको नियति नै बनेको… पुरा पढौ

डा पोखरेलद्वारा राजीनामा

पाेखरा, २८ कात्तिक । गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका सदस्य डा जगदीशचन्द्र पोखरेलले शुक्रबार पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा शहरी विकास विज्ञ ट्रस्टीका सदस्य डा पोखरेलले राजीनामा दिइएको विज्ञप्तिमा उल्लेख छ । डा पोखरेलले बोर्डको सल्लाहअनुसार काम हुन नसक्नु, बोर्डको गरिमाको ख्याल नहुनुजस्ता घटनाले साक्षी मात्र बस्न पदमा रहन उपयुक्त नदेखिएको स्पष्ट पारेका छन् । डा पोखरेलले विश्वविद्यालयका कुलपति डा गणेशमान गुरुङलाई पत्र लेख्दै सो पदबाट राजीनामा दिइए पनि आफूले प्रदेश तथा विश्वविद्यालयको विकासमा सहयोग… पुरा पढौ

विज्ञान क्षेत्र नाजुक, युवा वैज्ञानिकको क्षमता बढाउन आग्रह

ललितपुर, २५ कात्तिक । दक्षिण एसियाली मुलुकमा विज्ञान क्षेत्रको अवस्था नाजुक रहेकाले युवा वैज्ञानिकको क्षमता बढाउन आग्रह गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले आज विश्व विज्ञान दिवस–२०२० का अवसरमा आयाेजना गरीएकाे कार्यक्रममा यस्ताे बताइएकाे हाे । डिजिटल प्रविधिमार्फत आयोजना गरेको ‘समाजका लागि विज्ञान र विज्ञानसँग समाज’ कार्यक्रममा विज्ञानलाई मुलुकमा थप बढवा दिन विज्ञान कूटनीति, स्याटेलाइटमा आधारित सूचना र प्रविधि, विज्ञान पत्रकारिता, विज्ञान क्षेत्रमा महिलाको सहभागिता, विज्ञान शिक्षा र राष्ट्रिय नवप्रवर्तन डिजिटल नेटवर्कको भूमिकामा जोड दिनुपर्ने… पुरा पढौ

पूर्व विद्यार्थीद्वारा पोशाक तथा छात्रवृत्ति वितरण

पाेखरा, २५ कात्तिक । कास्कीको अन्नपूर्ण गाँउपालिका वडा नं. ६ चन्द्रकोट स्थित संगम माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई खेलकूद पोशाक (ट्रयाकसुट र टिसर्ट) वितरण गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथि एवम् अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले निजी विद्यालयको तुलनामा सरकारी विद्यालयहरुमा प्रति विद्यार्थी राज्यको लगानी दशौं गुणा बढी रहेको भएपनि सो अनुरुप ग्रामिण भेकका अधिकांश विद्यालयहरुले गुणस्तरीय शिक्षा दिन नसकेको असन्तुष्टि व्यक्त गरे । उनले त्यसतर्फ शिक्षक, विद्यार्थी, विद्यालय प्रशासन, अविभावक लगायत सम्पूर्ण सरोकारवाला पक्षहरु गम्भीर हुनुपर्ने धारणा व्यक्त गरेका थिए… पुरा पढौ

हिमपातअघि सकियो वार्षिक परीक्षा

जाजरकोट, २३ कात्तिक । चिसो मौसममा विद्यालय बन्द हुने उपल्लो डोल्पाका तीनमध्ये दुई स्थानीय तहका केही सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । डोल्पोबुद्धका छ विद्यालयमध्ये पाँच विद्यालयले नतिजासमेत सार्वजनिक गरिसकेका छन् । वडा नं २ र ४ का टसी गोमाङ बाल विकास केन्द्र, बाल विकास केन्द्र, सिद्धार्थकुला आधारभूत, र इन्द्रधनुष आधारभूत विद्यालयले वार्षिक परीक्षा सकेका हुन् । वडा नं ३ को क्रिष्टल माउन्टेन विद्यालयले परीक्षाको तयारी गरिरहेको छ । एक महिनाभित्रै परीक्षा गराएर यो वर्षको शैक्षिक सत्र सक्ने… पुरा पढौ

नयाँ पाठ्यक्रम कार्यान्वयनको अन्योल चिर्न आग्रह

काठमाडौँ, २२ कात्तिक । यसै शैक्षिक सत्रबाट अनिवार्य विषयका रूपमा लागू गरिएको ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’बारे उत्पन्न अन्योल चिरेर कार्यान्वयनका लागि शिक्षकलाई अभिमुखीकरण गराउन शिक्षाविज्ञले सुझाव दिएका छन् । ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ अन्तर्गत एकल पथीयरूपमा कक्षा ११ र १२ मा समावेश गरिएको सो नयाँ विषयको सान्दर्भिकता र कार्यान्वयनको अन्योलबारे आज शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ केन्द्रले आयोजना गरेको भर्चुअल बहसमा विज्ञहरूले सो सुझाव दिएका हुन् । तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य शिक्षाविज्ञ… पुरा पढौ

विद्यालय तहको नयाँ पाठ्यक्रम हाल कार्यान्वयन नगर्न सर्वाेच्चकाेआदेश

काठमाडौं, २१ कात्तिक । सर्वाेच्च अदालतले विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ हाललाई कार्यान्वयन नगरी यथास्थितिमा राख्न उत्प्रेषणको आदेश दिएको छ । यो आदेशसँगै यसै शैक्षिकसत्रदेखि कक्षा ११ मा ‘सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा’ लाई अनिवार्य विषय बनाउने नेपाल सरकारको निर्णय अन्योलमा परेको छ । अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले अन्तरिम आदेशको टुङ्गो नलागेसम्म उक्त प्रारुप कार्यान्वयन नगर्न आदेश दिएको हो । उक्त प्रारुप कार्यान्वयन नगराउन भागवता अर्यालसमेतले पाठ्यक्रम विकास केन्द्रसमेतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । नेपालको… पुरा पढौ

त्रिविद्वारा दीक्षान्त समारोहमा सहभागी हुन आह्वान

काठमाडौं, २० कात्तिक । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो । पुसमा महिनामा हुने समारोहमा सहभागी हुन २०७६ साल असार १ गतेदेखि २०७७ जेठ ३२ गतेसम्म सेमेष्टर र वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तह र एमफिल तह उतीर्ण गरी ट्रान्स्क्रीप्ट लिएका र सोही अवधिभित्र विद्यावारिधि पूरा गरेका विद्यार्थीले आवेदन दिन सक्ने त्रिविले जनाएको छ । आवेदन फाराम अनलाइनबाट आउँदो मङ्सिर… पुरा पढौ

विद्यार्थीले पायक पर्ने केन्द्रबाटै त्रिविको परीक्षा दिन पाउने

काठमाडौं, १९ कात्तिक । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायक परेकाे परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको बताएकाे छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायक पर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौं धाउनुपर्ने छैन । त्रिविका रजिष्ट्रार डा पेशल दाहालले कोभिड–१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताए । यसका लागि… पुरा पढौ

वैकल्पिक शिक्षाका लागि इन्टरनेट सेवा जडान

ओखलढुंगा, १२ कात्तिक । वैकल्पिक शिक्षा प्रणालीबाट विद्यार्थीहरुको सिकाइ सहजीकरण गर्ने उद्देश्यले ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले सबै विद्यालयमा इन्टरनेट सेवा जडान गरेको छ । विद्यार्थीहरुलाई प्रविधिमैत्री र वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइमा सहजता ल्याउनका लागि पहिलो चरणमा माध्यमिक तहका सबै विद्यालयमा इन्टरनेट सेवा जडान गरेको गाउँपालिकाले जनाएको छ । कोरोना महामारीबाट प्रभावित भएको शिक्षा क्षेत्रलाई वैकल्पिक विधिबाट पठनपाठन सुचारु गर्न गाउँपालिकाले पहिलो चारणमा ८, १० र १२ कक्षा सञ्चालनमा रहेका १५ वटा विद्यालयमा इन्टरनेट सेवा जडान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास… पुरा पढौ