कला / शैली

‘कुरा बुझ्न पर्च’ गीतले रच्याे कीर्तिमान

काठमाडाै, ६ भदाै । प्रकाश सपुतकाे ‘कुरा बुझ्न पर्च’ गीतले कीर्तिमान रचेकाे छ । गायिकाद्वय अस्मिता अधिकारी र शान्ति श्रीले गाएको यो गीत एकपछि अर्को कीर्तिमान रच्दै अघि बढेको छ । सार्वजनिक भएको १३ घन्टामा ट्रेन्डिङ १ मा पर्न सफल यस गीतले २४ घन्टामा १० लाख भ्यूज कटाएको थियो । १५ दिनको छोटो समयमा गीतले एक करोड भ्यूज कटाएको छ । अहिले पनि यो गीत नेपालमा युट्यूवको १ नम्बर ट्रेन्डिङबाट तल ओर्लेको छैन । १५ दिनसम्म एउटै भिडियोले एक नम्बर… पुरा पढौ

आज चौथो विश्व संस्कृत दिवस मनाइँदै

काठमाडौं, ६ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषितर्पणी) को दिन पारेर मनाउन थालिएको विश्व संस्कृत दिवसको चौथो संस्करण आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो । चौथो विश्व संस्कृत दिवसको आयोजना नेपाल, अमेरिका र बेलायतका विभिन्न संस्थाले संयुक्त रुपमा गरेका छन् । नेपालबाट नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्व विद्यालयको संस्कृत केन्द्रीय विभाग र सोही विश्व विद्यालयअन्तर्गत त्रिचन्द्र महाविद्यालयस्थित दर्शनशास्त्र तथा मनोविज्ञान विभाग, जयतु… पुरा पढौ

प्रदेश प्रमुख गुरुङ र मुख्यमन्त्री पोखरेलद्वारा जनै पूर्णिमाको शुभकामना

पाेखरा, ६ साउन । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले रक्षाबन्धन, ऋषितर्पणी एवं जनै पूर्णिमाका अवसरमा सम्पूर्ण प्रदेशवासीलाई शुभकामना व्यक्त गरेका छन् । आज जारी गरेकाे शुभकामना सन्देशमा उनले हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वले सम्पूर्ण प्रदेशवासी सबै दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । विभिन्न समुदायले खुशीयालीस्वरुप उत्साह र उमङ्गका साथ मनाउने रक्षा बन्धनले मौलिक परम्परा र सांस्कृतिक महत्व बोकेको जनाउँदै प्रदेश प्रमुख गुरुङले यो पर्व तागाधारी समुदायले मात्रै नभई विभिन्न… पुरा पढौ

कलाकार शम्भुराज थापाको कोरोना संक्रमणले निधन

काठमाडौं, ५ भदौ । कलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट निधन भएको छ । तीन दशकदेखि कलाकारितामा सक्रिय ५५ वर्षीय थापाको पाटन अस्पतालमा शनिबार बिहान निधन भएको हाे । थापालाई ३ साता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको हो । पुरा पढौ

“परेलीमा आइबस्छ तिम्रो रुप घरिघरि…”

एल्बमबाट / तस्वीर - पैंतीस... प्रकाश गुरुङ ! हो, नेपाली आधुनिक संगीत परम्परामा फरक शैली भित्र्याउने मात्र होइन, त्यसलाई स्थापित गर्ने संगीतकार । २०२९ सालमा दार्जिलिङबाट काठमाडौं घुम्न आएका प्रकाशको यहाँ नेपाली गीतका शिखर पुरुषहरु नारायण गोपाल र गोपाल योञ्जनसंग भेट भयो। भेट हुनु के थियो उहाँहरुले प्रकाश गुरुङलाई "लालुपाते कल्चर हाउस" मा लैजानु भयो र वाद्यवादकको जिम्मेवारी सुम्पनु भयो। नारायण गोपाल र गोपाल योञ्जनका अतिरिक्त गीतकार नगेन्द्र थापा र विख्यात नृत्य निर्देशक चतुर्भुज आशावादी समेत आबद्ध रहेको त्यो संस्था… पुरा पढौ

अन्तरिक्ष चित्रकलाका विजयीलाई टेलिस्कोपसहित पुरस्कार

काठमाडौं, ३० साउन । विश्व अन्तरिक्ष सप्ताहका अवसरमा आयोजना गरिएको राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीलाई टेलिस्कोपसहित पुरस्कार प्रदान गरिएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सन् २०१९ मा आयोजना गरेको ‘चन्द्रमा ताराहरुको द्वार’ विषयक चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल क्याम्पियन स्कुल लगनखेलकी सुएन भट्टराईले टेलिस्कोप प्राप्त गरेकी छिन् । प्रतियोगितामा द्वितीय द सेलिब्रेसन कोएड स्कुल, जोरपाटीका अमन बस्नेतले प्रमाणपत्र एवं पदक तथा पञ्चकन्या माध्यमिक विद्यालय छाउनीकी सरिता रम्तेलले प्रमाणपत्र एवं उपहार प्राप्त गरेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी… पुरा पढौ

नेपाली ट्रक यात्राका कथामा अमेरिकामा बन्यो फिल्म “टयाटुड ट्रक्स अफ नेपाल-हर्न प्लिज”

वाशिङ्गटन डिसी, २६ साउन । नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकले पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथालाई एक अमेरिकीले फिल्म (डकुमेन्ट्री) मा समेटेका छन् । “टयाटुड ट्रक्स अफ नेपाल- हर्न प्लिज” नाम दिइएको उक्त फिल्ममा नेपालको पारवाहन क्षेत्रको एक महत्वपूणर् साधन मानिएको ट्रक र ५७ वर्षअघिको नेपालको सडकको कथा छ । साथै नेपालमा भन्ने गरिएको ट्रक साहित्य र ट्रक सजाउन प्रयोग भएका कला र आकृतिलाई पनि नेपालको संस्कृतिसँग तुलना गरिएको छ ।… पुरा पढौ

किरण गजमेर भ्वाइस अफ नेपालको विजेता

काठमाडौं, २४ साउन । भ्वाइस अफ नेपाल सिजन–३ को विजेता किरण गजमेर बनेका छन् । ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट ल्याएको आधारमा किरण गजमेर भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बन्न सफल भएका हुन् । विजेताले किरणले २५ लाख नगद पुरस्कार प्राप्त गरेका छन् भने विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । उनी भ्वाइसमा सहभागी हुनका लागि अमेरिकाबाट आएका थिए । झापाको शरणार्थी शिविरमा हुर्किएका किरण भुटानी शरणार्थी हुन् भने पछिल्लो समय अमेरिकामा बस्दै आएका थिए । यससँगै तारा… पुरा पढौ

चलचित्र क्षेत्रका पुरस्कार वितरण

काठमाडौं, १७ साउन । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा ८ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आइतबार ‘चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) पुरस्कार वितरण’ कार्यक्रमको आयोजना गरी विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार वितरण गरेको हो । प्रतिष्ठानले यो वर्षको ‘उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म’ अवार्ड ‘डिक्सनरी’ भारतलाई प्रदान गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले उत्कृष्ट राष्ट्रिय फिचर फिल्मितर्फ दोन्डुप टेसरिङले निर्देशन गरेको ‘आमा कान्दो’ नामक चललित्रलाई प्रदान गरे। त्यसैगरी उत्कृष्ट निर्देशन पनि ‘आमा कान्दो’… पुरा पढौ

मोतिराज खनाल र चुमान काउछाको तिज गीत ‘जम्काभेट’ विमोचन

काठमाडौं, १७ साउन । मोतिराज खनाल र चुमान काउछाको तीज गीत ‘जम्काभेट’को विमोचन गरिएको छ । जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले गीत विमोचन गर्दै मौलिक गीतले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए। उनले पछिल्लो सयम विकृतिजन्य गीत बजारमा आइरहेकाले ती गीतलाई सरकारले नियमन गर्नुपर्नेमा जोड दिए । महासङ्घका महासचिव प्रेमनाथ अधिकारीले भाषा, कला संस्कृतिको विकास, सम्वद्र्धन र उत्थानमा महासङ्घले निरन्तर काम गरिरहेको जनाउँदै स्रष्टाको वृत्तिविकास र सम्मानमा कुनै कमि नराखिने बताए । नेकपा (एमाले) अर्घाखाँची–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष विशाल मिश्रले… पुरा पढौ