स्वास्थ्य

कुरिनटारमा १५ शय्याको अस्पताल सञ्चालन

मुग्लिन (चितवन), ४ कात्तिक । चितवनको इच्छाकामना गाउँपालिकाले इच्छाकामना आधारभूत अस्पताल सञ्चालन ल्याएको छ । इच्छाकामना–४ कुरिनटारमा १५ शय्याको अस्पतालले शुक्रबारबाट सेवा प्रारम्भ गरेको हो । अस्पतालको बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले आधारभूत अस्पताललाई ट्रमा सेन्टरको रूपमा विस्तार गर्न आवश्यक रहेको बताए। अस्पताल राजधानी जोड्ने राजमार्गसँगै जोडिएकाले यसलाई ट्रमा सेन्टरका रूपमा विस्तार गर्न सकिने उनको भनाइ थियो । अस्पतालको सेवाबाट इच्छाकामनासँगै तनहुँ, गोरखा र धादिङका जनता लाभान्वित हुने जनाइएको छ । इच्छाकामनास्थित दारेचोक स्वास्थ्यचौकीलाई आधारभूत अस्पतालका रूपमा नामकरण गरी सेवा… पुरा पढौ

बेनी अस्पतालमा बिदाको दिन पनि बहिरङ्ग सेवा

म्याग्दी, ३ कात्तिक । बेनी अस्पतालको बहिरङ्ग विभागमा बिहीबार बिहान ८ बजे आएका म्याग्दीको बेनी नगरपालिका–६ का खड्गबहादुर विकले तत्कालै स्वास्थ्य परीक्षण गराएर घर फर्किए। “दिनभरि लाइन बस्नुपर्छ भनेर टिकट लिन बिहानै आएको थिए”, उनले भने, “ओपिडिमा बिहानै डाक्टरले स्वास्थ्य परीक्षण गरेर सिफारिस गरेको औषधि लिएर एकै घण्टामा घर फर्किन पाए ।” बेनीमा व्यवसाय गर्दै आएका जलजला गाउँपालिका–३ का जीवनबहादुर भण्डारी पनि बिहानको समयमा अस्पतालमा पुगेर स्वास्थ्य परीक्षण गराउन पाउँदा दङ्ग परे। “सरकारी अस्पतालको बहिरङ्ग विभागको सेवा अतिरिक्त समयमा पाएपछि… पुरा पढौ

आईएनएफ नेपाल पुरस्कृत

काठमाडौं २ कार्तिक । विक्रम संवत २००९ सालदेखि नेपालमा कार्यरत आईएनएफ नेपाल यस वर्षको एल्स क्रोनेर फ्रेसेनियस अवार्ड फर डेभलप्मेण्ट कोअपरेसन इन मेडिसिन २०२३ (Else Kroner Fresenius Award for Development Cooperation in Medicine 2023) प्राप्त गर्न सफल भएको छ । जर्मनीमा अवस्थित इ.के.एफ.एस. नामक संस्थाले विश्वभरीका ३५ भन्दा बढी संघ संस्था मध्येबाट आईएनएफ नेपाललाई स्वास्थ्य क्षेत्रमा त्यसमा पनि विशेषगरेर कुष्ठरोगको उपचार तथा निराकरणमा विगत ७० वर्षभन्दा बढी समयदेखि अनवरत रुपमा पुर्याउँदै आएको योगदानको उच्च मूल्याङ्गन गर्दै सो प्रदान गरेको हो… पुरा पढौ

काभ्रेमा डेङ्गुको सङ्क्रमण बढ्यो, सरसफाइमा ध्यान दिन जिल्ला स्वास्थ्य कार्यालयकाे अपिल

काभ्रे, २८ असोज । काभ्रेपलाञ्चोकमा पुनःडेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेङ्गु सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार अघिल्लो हप्ता करिब ५० को सङ्ख्यामा रहेको डेङ्गु सङ्क्रमित बढेर हाल एक सय तीन पुगेको हो । सबैभन्दा बढी बनेपा नगरपालिकामा ४१ सङ्क्रमित रहेको जनाइएको छ । यसमध्ये २० महिला र २१ पुरुष सङ्क्रमित हुन् । यस्तै धुलिखेल नगरमा २१ जना, नमोबुद्ध नगरमा १२ जना डेङ्गु सङ्क्रमित रहेका छन् ।… पुरा पढौ

‘मलेसिया र खाडीका नेपालीमा मिर्गौलाको समस्या धेरै’

जनकपुरधाम, २५ असोज । धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने देखाएको छ । बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको एक अध्ययनले नेपालमै बसोबास गर्नेभन्दा खाडी मुलुक र मलेसियामा काम गरेर फर्किएका आप्रवासी नेपालीमा मिर्गौला समस्या बढी हुनसक्ने देखाएको हो । अध्ययनका क्रममा दुई वर्ष खाडीका छ मुलुक (कतार, साउदी अरब, कुवेत, ओमान, युएई, बहराइन) र मलेसियामा काम गरी फर्किएका तर नेपाल फर्किएको एक… पुरा पढौ

हालसम्म ३८ हजार ५९ जना डेङ्गुबाट सङ्क्रमित

काठमाडौं, २४ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ६९ जना पुगेको जनाएको छ । मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेङगुबाट सङ्क्रमित रहेको र २० जनाले ज्यान गुमाएका छन् । महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेङ्गुको सङ्क्रमण कायमै रहेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभएको छ । हालसम्म कूल सङ्क्रमित सङ्ख्यामा प्रदेशअनुसार सबैभन्दा धेरै कोशी… पुरा पढौ

गोर्खा वेलफेयर ट्रष्टद्वारा दमौली अस्पताललाई डेंगू रोकथामका स्वास्थ्य सामाग्री हस्तान्तरण

पाेखरा, २४ असाेज। गोर्खा वेलफेयर ट्रष्ट नेपाल, उत्थानशील खानेपानी सरसफाइ तथा आपतकालिन तयारी कार्यक्रमको प्रधान कार्यालय पोखराले दमौली अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ । तनहूँ जिल्लामा फैलिएको डेङ्गू संक्रमणलाई दृष्टिगत गरी उक्त स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको प्रोग्राम डाइरेक्टर दिपक कुमार श्रेष्ठले बताए । हस्तान्तरित स्वास्थ्य सामाग्रीहरुमा डेंगू रोकथामका लागि अति आवश्यक १ हजार ८ वटा अडोमस क्रिम, २ हजार वटा पारासिटामोल ट्याब्लेट, ६ सय भाइल पारासिटामोल इन्जेक्सन, ६ सय बोटल नर्मल सलाइन र ६ सय बोटल रिन्जर्स ल्याक्टेट… पुरा पढौ

माछापुच्छ्रे बैंक र मणिपाल शिक्षण अस्पतालबीच कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा सम्झौता

पाेखरा, २४ असोज । पोखराको मणिपाल शिक्षण अस्पताल पोखरा र माछापुच्छ्रे बैंकबीच सम्झौता भएको छ । कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना अन्तर्गत दुई संस्थाबीच सम्झौता भएको हो । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘व्यावसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र बैंकबीच सहमति भएको हो । मणिपाल शिक्षण अस्पताल पोखराका अस्पताल प्रमुख अनिल ओड्विल र माछापुच्छ्रे बैंक लिमिटेडका गण्डकी प्रदेश प्रमुख निलम गौतमले सहमतीपत्रमा हस्ताक्षर गरेका छन । हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ्ग सेवा… पुरा पढौ

किन समयमै बन्न सकेन भण्डारा नगर अस्पताल ?

चितवन, २३ असोज । राप्ती नगरपालिकाले निर्माण गर्न लागेको भण्डारा नगर अस्पताल ठेक्का सम्झौताको समयावधि सकिँदा ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । विसं २०७८ असार २२ गते दुई वर्षमै निर्माण गर्न सम्झौता भएर सुरु गरिएको सो अस्पताल ठेक्का सम्झौताको समय सकिँदा पनि काममा प्रगति नभएको हो । नगरपालिकासँगै जोडिएको यस अस्पताल निर्माणका लागि बुद्धअत्रेय बस्नेत जेभी काठमाडौँले रु १० करोड ४२ लाख ४३ हजार चार सय ९० मा ठेक्का सम्झौता गरे पनि काम भने प्रभावकारी रुपमा हुन नसकेको… पुरा पढौ

आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

काठमाडौं, २३ असोज । विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी मनाइँदै छ । त्रिविवि शिक्षण अस्पतालका मानसिक रोग विभागको प्रमुखमा डा सरोज ओझाले यो दिवसले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवर्द्धन एवं संरक्षण गराउने कार्य गर्न प्ररित गर्ने बताउछन्। मानसिक स्वास्थ्यबारे उनले भने,… पुरा पढौ