स्वास्थ्य

स्वास्थ्य बीमामा जोडिने बिरामी प्रत्येक महिना हैरानी झेल्दै

काठमाडौं, २० असोज । प्रत्येक महिना अनिवार्यरुपमा अस्पताल पुगेर स्वास्थ्य जाँचपछि मात्र औषधि लिन पाउने प्रावधानले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिरामीलाई अप्ठेरो झेल्नुपरेको छ । यसअघि स्वास्थ्य कार्यक्रममा सहभागि बिरामीलाई चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि अस्पतालबाट तीन महिनाका लागि औषधि उपलब्ध गराइँदै आएको थियो । पछिल्लो समय दुर्गम भेगबाट आएका बिरामीसमेतलाई एक महिनाका लागि मात्र औषधि उपलब्ध गराइने नयाँ प्रावधानबाट कैयौँ बिरामीले हैरानी खेप्न परेको छ । स्वास्थ्य परीक्षणभन्दा पनि औषधि लिनकै लागि दूरदराजबाट प्रत्येक महिना अस्पताल धाउन पर्ने स्थितिले बिरामीलाई… पुरा पढौ

यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते

काठमाडौं, १७ असोज । सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०÷८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसै परेकाले कात्तिकको १७ र १८ गते सञ्चालन गर्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए। उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच… पुरा पढौ

सबै स्वास्थ्य संस्थामा सूचना बोर्ड राख्न मन्त्रालयको निर्देशन

काठमाडौं, १७ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पु¥याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै कम्तीमा छ फिट उचाई र चार फिट चौडा स्थायी सूचना पाटी राख्न आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार उक्त पाटीमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ को दफा (३)मा व्यवस्था भएअनुसार हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने व्यवस्थासँगै दफा १५… पुरा पढौ

मध्यविन्दु अस्पताल : ५० शय्यामा स्तरोन्नति हुँदै, ७२ शय्याको सेवा दिँदै

त्रिवेणी (नवलपरासी), १६ असोज । नवलपरासी (बर्दघाटा सुस्तापूर्व) नवलपुरमा रहेको मध्यविन्दु जिल्ला अस्पतालको हालको स्वीकृत शय्या १५ हो । जिल्ला अस्पताललाई ५० शय्याको अस्पतालका रूपमा रुपान्तरणको तयारी गरिएको छ । पन्ध्र शय्याको अस्पताल भए पनि हाल ७२ शय्या सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । जिल्ला अस्पतालमा १५ शय्याको दरबन्दी रहेको र सोही जनशक्तिबाट मुस्किलले सेवा दिनुपर्ने बाध्यता रहेको मध्यविन्दु जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कँडेलले बताए। अस्पतालमा बिरामीको चाप धेरै रहेकाले थोरै जनशक्तिबाट सेवा दिन निकै कठिन रहेको… पुरा पढौ

कार्यसम्पादन मूल्याङ्कन : स्वास्थ्य कार्यालय कास्की उत्कृष्ट

पाेखरा, १६ असोज । जिल्ला स्वास्थ्य कार्यालय कास्की गण्डकी प्रदेशको स्वास्थ्य कार्यालयहरूको मूल्याङ्कनमा प्रदेशकै उत्कृष्ट भएको छ । कार्यालयद्वारा विगत एक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको विभिन्न सूचकहरूका अनुसार प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा कास्की पहिलो बनेको हो । गत आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय दुईदिने समीक्षा कार्यक्रमको सोमबार समापन समारोहमा उत्कृष्ट जिल्लास्थित स्वास्थ्य कार्यालय, अस्पताल र स्थानीय तहलाई घोषणा गरी सम्मान गरिएको हो । प्रदेशका ११ वटा जिल्लास्थित स्वास्थ्य कार्यालयको कार्यसम्पादनमा पहिलो बनेको… पुरा पढौ

डब्ल्युएचओ दक्षिणपूर्वी एसिया निर्देशकमा नेपालको उम्मेदवारी

काठमाडौं, १४ असोज । सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को दक्षिणपूर्वी एसिया निर्देशकमा नेपालका वरिष्ठ जनस्वास्थ्यविज्ञ डा शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ । यही अक्टोबर ३१ (कात्तिक १४) मा हुने निर्वाचनमा बङ्गलादेशका उम्मेदवारसँग नेपालले प्रतिस्पर्धा गर्ने डा आचार्यले आज अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै बताए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मतदाता मुलुकलाई नेपालको पक्षमा मतदान गर्न ‘अनुरोधपत्र’ सम्प्रेषणका निम्ति आग्रह गर्दै आफूलाई देशको प्रतिनिधित्व गर्ने प्रतिस्पर्धामा चयन गरेकामा प्रधानमन्त्रीप्रति हार्दिक आभार व्यक्त गरे। डा आचार्यले परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र मन्त्रालय, जेनेभा… पुरा पढौ

काठमाडौंका बिभिन्न क्षेत्रमा डेङ्गी संक्रमणका बिरामी बढे

काठमाडौं, १३ असाेज । काठमाडौं महानगर क्षेत्रमा डेङ्गी संक्रमणका बिरामी झन झन बढ्न थालेका छन्। विगत १ हप्तादेखि महानगरको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेकाे काठमाडाै महानगरपालिकाकाे स्वास्थ्य विभागले जानकारी दिएको छ। स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अुसार विगतका वर्षको तुलनामा याे वर्ष असोजको पहिलो सातासम्म डेङ्गीका बिरामी नगन्य मात्रामा भएपनि अहिले विस्तारै बिरामी बढिरहेका छन।  काठमाडौं महानगर डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि बायो लार्भीसाइड औषधि सबै वडाहरूमा छर्केर नियन्त्रण गर्ने प्रयास गरेपनि पछिल्लो समय डेङ्गी सङ्क्रमणका बिरामी बढिरहेको प्रमुख पौडेलले… पुरा पढौ

परिवार नियोजन संघमा समुदायका अगुवासँग सुरक्षित गर्भपतन बारे अन्तरक्रिया

पोखरा, १२ असोज । नवौ राष्ट्रिय सुरक्षा गर्भपतन सेवा दिवसको सन्दर्भमा नेपाल परिवार नियोजन संघ कास्कीले समुदायका अगुवाहरुसँग अन्तरक्रिया गरेको छ । समुदायमा सुरक्षित गर्भपतनको सेवा बारे जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको नेपाल परिवार नियोजन संघ कास्की शाखाका सभापति नवीन सिग्देलले जानकारी दिए। उनले समुदासँग समन्वय गरी संघलाई अघि बढाउने उल्लेख गरे । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १२ भित्र रहेका टोल विकास संस्था र आमा समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संघका शाखा प्रवन्धक नवराज तिवारीले सुरक्षित गर्भपतनका… पुरा पढौ

विश्व मुटु दिवस: ‘मन लगाऔं मुटु बचाऔं’-डा. अवनिभूषण उपाध्यायकाे विचार

काठमाडौं । विश्वमा हरेक वर्ष २ करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो । कुनै पनि महामारी, कुनै दुर्घटना, कुनै एड्स या कुनै अरू सरुवा रोगबाट भन्दा यो बढी हो । यो एउटा महामारीको रूपमा देखापरेको छ । यो रोगबाट बच्न र बचाउन सबैजना लागिनपर्ने हो भने कल्पना पनि गर्न नसकिने अवस्थाको सिर्जना हुने देखिन्छ । हामीले मुटु रोग भन्दै गर्दा हृदयघात बुझ्नु पर्दछ । यो रोग ठूलो भएपछि लाग्ने… पुरा पढौ

बेनी अस्पताल : ‘बेड’ थपियो, थपिएन जनशक्ति

म्याग्दी, ११ असोज । म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ । क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो । छ वर्षदेखि अस्थायी टहरामा सञ्चालन भएको अस्पतालमा विभिन्न तहका ५९ जनाको दरबन्दी रहेकामा हाल १७ जना मात्र कार्यरत रहेका अस्पतालका प्रमुख चिकित्सक डा अञ्जु थापाले बताए। “विसं २०७२ मा १५ बाट ५० श्ययामा क्षमता विस्तार भएको अस्पतालले अहिले १५ श्ययाकै दरबन्दीबाट ७८ शय्या बराबरको सेवा सञ्चालन गर्नुपरेको छ”,… पुरा पढौ