तस्बिर बोल्छ

जुम्ला नुन लिन आउनेको भीड

जुम्ला, १२ असोज । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा नुन लिनेको स्थानीयवासीको भीड । चाडपर्व नजिकिँदै गर्दा उपभोग्य वस्तुको किनमेलमा स्थानीयवासीको भीडभाड हुने गरेको छ । तस्बिर : विजय रावत-रासस पुरा पढौ

बझाङको सदरमुकाम चैनपुर बजार

बझाङ, ११ असोज । बाहुलीगाड र सेती नदीको बीचमा रहेको बझाङको सदरमुकाम चैनपुर बजार । तस्बिर: भूमिराज पिठातोली-रासस पुरा पढौ

गोरखाको गोरखानाथ मन्दिरमा राखिएको जमरा

गोरखा, १० असोज । घटस्थापनाका दिन सोमबार बिहान १०ः२३ मिनेटको शुभसाइतमा गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखानाथ मन्दिरको गुफामा राखिएको एक पाथी जौको जमरा । तस्विर: दीपक श्रेष्ठ-रासस पुरा पढौ

पर्वत र बागलुङ जिल्लाको मनोरम दृश्य

कुश्मा, ७ असोज । अविरल बग्ने कालीगण्डकी नदीले छुट्ट्याएको वारी पर्वत र पारी बागलुङ जिल्लाको मनोरम दृश्यसँगै सदरमुकाम कुश्मा बजार, बन्जी पुल, देखिएको बलेवा एयरपोर्ट र बेलावा गाउँ । तस्बिरः सुमनजङ्ग थापा-रासस पुरा पढौ

सामाजिक सेवा दिवस समारोहमा प्रम देउवा

काठमाडौं, ६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा समाज कल्याण परिषदद्वारा भृकुटीमण्डपमा बिहीबार आयोजित ४३औँ सामाजिक सेवा दिवस समारोहलाई सम्बोधन गर्दै । तस्बिरः प्रदीपराज वन्त-रासस पुरा पढौ

जेब्रा क्रस बनाउँदै विद्यार्थी

मोरङ, ५ असोज । मोरङको डाँगीहाटस्थित एक निजी विद्यालयका विद्यार्थीले आफ्नो विद्यालय अगाडि सडकमा जेब्रा क्रस बनाउँदै । सडक पार गर्दा दुर्घटनाको जोखिम बढेपछि सडक पार गर्न जेब्रा क्रस बनाएको एक विद्यार्थी बताउँछन् । तस्बिर ः विवेक मिश्र÷रासस पुरा पढौ

विद्यार्थीलाई परीक्षा दिन लैजाँदै प्रधानाध्यापक

हेटौंडा, २ असोज । बकैयास्थित कालाभैरव प्राथमिक विद्यालय धेत्रे दमारमा रहेको प्राथमिक विद्यालयका विद्यार्थीलाई परीक्षा दिन लैजाँदै प्रधानाध्यापक चेतबहादुर घले । तस्बिर : अञ्जली थापा, रासस पुरा पढौ

बुढानीलकण्ठमा भासिएको सडक

काठमाडौं, ३१ भदौ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं ४ को भसनथलीस्थित भासिएको सडक । सडक भासिएपछि यहाँ कुनै दुघर्टना नहोस् भन्नका लागि बाँस, त्रिपाल र प्लाष्टिक राखिएको छ । तस्बिरः हरिराम भेटुवाल-रासस पुरा पढौ

धानको बाला कोदोको कपनी…

हुम्ला, ३१ भदौ । हुम्लाको खार्पुनाथ गाउँपालिका–४, लेखमजा गाउँस्थित बारीमा पाक्दै गरेको कोदोे बाली । तस्बिरः दाने बोहरा-रासस पुरा पढौ

एक सिङ्गे गैंडा

चितवन, ३० भदौ । चितवनको रत्ननगर नगरपालिका–७ चितवन राष्ट्रिय निकुञ्जमा खोप्सार जङ्गलबाट निस्केको जङ्गली गैंडा । गैंडाको तस्बिर खिच्दै पर्यटक । सन् २०२१ को निकुञ्जको तथ्याङ्कअनुसार नेपालमा सात सय ५२ एक सिङ्गे गैंडा छन् । तस्बिर: नवीन लामिछाने-रासस पुरा पढौ